
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१०निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
११रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
पोखरा, १० वैशाख । पीडित बचतकर्तामाथि अन्याय भए न्यायालयको ढोका अगाडि आगो बल्न सक्ने चेतावनी सहकारी पीडित बचतकर्ताहरुले दिएका छन् । सोमबार कास्की सहकारी बचत पीडित संघर्ष समितिले जिल्ला अदालत कास्कीको मुख्य गेट अगाडि धर्ना दिदैं उक्त चेतावनी दिएका हुन् । सहकारी पीडित बचतकर्ताहरुले गृहमन्त्री रवि लामिछानेदेखि न्यायाधीशसम्मलाई सडकबाटै खबरदारी गरेका थिए ।
संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने–‘न्यायका लागि पीडितहरुले यसरी बोल्न नपर्ने हो । तर बिडम्बना हामी यस्तो देशमा छौं, जहाँ पैसा हुनेहरुले, सहकारी ठगहरुले, अर्काको पैसा अपचलन गर्नेहरुले न्याय मैं तलमाथि पार्ने किसिमका काम कुराहरु गर्छन् । त्यसकारणले आज हामी यहाँसम्म आउन बाध्य भएका छौं ।’
‘त्यहीं भएर यो शुरुवात हो । सबैंले बुझ्नुहोला । भोलि आगो बल्न सक्छ । यी मसालहरु भोलि यहीं न्यायालयको ढोका अगाडि बाल्नु पर्ने अवस्था नआओस्,’ संयोजक श्रेष्ठले भने–‘भोलि हामी पोखरामा यो भन्दा पनि बढि सशक्त कार्यक्रम गर्दैछौं । सबैलाई साथ दिनुहुन विनम्र अनुरोध गर्दछौं ।’
‘पीडितहरुलाई न्याय दे’, ‘पैसाको प्रलोभनमा न्याय बेच्न पाईदैंन’, ‘कालोकोटधारी न्याय बिक्रेताहरु मुर्दाबाद’, ‘पैसाको प्रलोभनमा गरिबलाई ऐन धनीलाई चैन गर्न पाईदैंन’, ‘न्यायाधिश तपाईको हामी पनि हिसाबकिताब राख्नेछौं’ लगायतका नाराहरु जिल्ला अदालत कास्कीको गेट अगाडि सहकारी पीडित बचतकर्ताहरुले लगाएका थिए ।
जिल्ला अदालत कास्कीमा एकै प्रकृतिको सहकारी ठगी मुद्दामा पनि कानुन व्यवसायीमार्फत् सेटिङ मिलाएर फरक–फरक खालको आदेश र कम धरौंटी माग गर्ने काम भएको भन्दैं सहकारी पीडित बचतकर्ताहरु रुष्ट भएका हुन् । न्यायालयको गलत फैसला र आदेशका कारण ठगहरुको मनोबल बढेको र थप सहकारी डुब्न सक्ने स्थिति देखा परेको भन्दैं पीडितहरु आक्रोशित हुन पुगेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघको अगाडि भेला भएका पीडित बचतकर्ताहरुले शुरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापालाई ज्ञापनपत्र बुझाएका थिए । सोही क्रममा पीडित बचतकर्ताहरुले सहकारी ठगीमा संलग्नहरुलाई प्रहरीले खुलेआम हिड्दा पनि पक्राउ नगरेकोमा आक्रोश व्यक्त गरेका थिए ।
जिप्रकाबाट महेन्द्रपुल, चिप्लेढुंगा हुँदै पोखरा महानगरपालिकाको कार्यालय अगाडि पुगेर दुईतर्फी सडक आगमन नैं ठप्प पार्दै धर्ना दिएका पीडितहरुले मेयर धनराज आचार्यलाई कार्यालयको गेटमा आएर ज्ञापनपत्र बुझ्न आग्रह गरेका थिए । झण्डैं डेढ घण्टासम्म आँलटाँल गरेको मेयर आचार्य अन्ततः पीडित बचतकर्ताहरुको आग्रहलाई स्वीकार्दै सडकमा नै आएर ज्ञापनपत्र बुझेका थिए । ज्ञापनपत्र बुझ्दै मेयर आचार्यले सहकारी पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
न्यूरोड हुँदैं सभागृहचोक, सिर्जनाचोक, रत्नचोक हुँदैं पीडित बचतकर्ताहरुको जुलुश जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर धर्ना दिएका थिए । प्रशासन कार्यालयको गेटमा नैं आएर प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले ज्ञापनपत्र बुझ्दैं सहकारी पीडितहरुको न्यायका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

ज्ञापनपत्र बुझ्दैं कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे ।
जिल्ला अदालत कास्की अगाडि आयोजित कोणसभामा बोल्दै इमेज सहकारीका पीडित हरिबहादुर खत्री, मित्रमिलन सहकारीका पीडित प्रकाश पौडेल, बलिदानी सहकारीका पीडित सुनिल चौलागाईं र कास्की सहकारी बचत पीडित संघर्ष समितिका सदस्य राजेन्द्र तिमिल्सिना लगायतले पीडितलाई न्याय दिलाउनभन्दा अभियुक्तलाई संरक्षण गर्नतर्फ सरकार लागेको आरोप लगाएका थिए । सहकारीको रकम अपचलन गरेका कतिपय अभियुक्तलाई अदालतले सामान्य धरौटीमा छाडेको भन्दै पीडितहरु आक्रोशित भएका थिए ।
आज भएको आन्दोलनमा पोखरामा स्थापना भएर सर्वसाधारणको रकम अपचलन भएका सूर्यदर्शन सहकारी, इमेज सहकारी, शिव शिखर सहकारी, मित्रमिलन सहकारी र बलिदानी सहकारीका पीडितहरू सहभागी थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापालाई ज्ञापन पत्र बुझाउँदैं कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र बुझाउँदैं कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ ।

१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ