
१नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
२फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
५स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
६कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
कानुनको धज्जी उडाउने र राजश्व ठग्ने हरिप्रसाद पौडेल नै पोखरा महानगरपालिकाको विज्ञ समूहका सदस्य !?
पोखरा, २८ चैत । राजश्व ठग्ने र कानुन मिच्ने पोखराको सबैभन्दा अटेरी समूह भनेर चिनिने बाराही ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेलले पोखरा महानगरपालिकालाई बिना अनुमति डाँडा कटान गरी माटो बेचबिखन गरेको भन्दैं २६ लाख रुपैयाँ जरिवाना तिराएको छ । यता, डाँडा कटानमा प्रयोग भएका मेशिन र डोजरका सम्बन्धमा तिर्नु पर्ने थप राजश्वका विषयमा पनि छानबिन चलिरहेको छ ।

पर्यटकीय नगरी लेकसाईडबाट देखिएको फेवाताल नजिकैंको डाँडा कटान गरी सेदी डाँडामा जबरजस्ती बनाइएका भौतिक संरचनाहरुको केही भाग ।
पोखरा महानगरपालिका वडा नं. १८ स्थित सेदी डाँडामा बाराही सेदी प्रा.लि.ले निर्माण गरिरहेको पाँचतारे होटल सेदी लक्जरी निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत नगरी गुन्डागर्दी शैंलीमा धमाधम डोजर तथा मेशिन प्रयोग गरी डाँडा कटान गर्ने र त्यहाँबाट निस्किएको माटोले धमाधम फेवातालको सिमसार क्षेत्र पुर्ने काममा विभिन्न व्यक्तिलाई माटो बेच्ने काम गर्दै आईरहेका थिए ।
पाँच तारे होटलमा अपराधिक पृष्ठभूमि र सहकारी ठगीमा संलग्न महेन्द्र भोटे लगायतको लगानी भएपछि सर्वसाधारणहरु झनै सशंकित बन्न पुगेका छन् ।
बाराही सेदी लिमिटेड पोखरा–६ का नाममा हरिप्रसादले २०८० माघ १२ गते २६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ पोखरा महानगरपालिकालाई जरिवाना बुझाएका हुन् । त्यसो त एक सामान्य नागरिकलाई अनुमति लिएर नियमानुसार घर बनाउन जगको माटो झिकेर आफ्नैं अर्को जमिनमा लैजान समेत नदिने महानगरपालिकाका कर्मचारीले यो ग्रुपलाई वातावरणीय प्रभाव मूल्यांकन समेत नगरी भवन निर्माणका लागि अस्थायी ईजाजतपत्र दिएका थिए ।
भवन निर्माणको लागि अस्थायी स्वीकृति प्राप्त भएपश्चात् मात्र जमिन कटानको लागि १ दिनसम्मको जग खन्ने प्रावधानको लागि राजश्व दाखिला विना नैं मेशिनको प्रयोग गर्न अनुमति दिने प्रचलन भएपनि विगत ४/५ वर्षदेखि २ वटा मेशिनले निरन्तर डाँडा कटान गर्दै आईरहेका थिए ।
फेवातालको नजिक रहेको डाँडामा डोजर प्रयोग गर्दा त्यहाँको माटो बगाएर तालमा मिसिनेमात्र नभई हरिप्रसाद समूहको लगानीमा सञ्चालित पोखराको लोकल पत्रिका समाधान दैनिकमा विज्ञापन नै राखेर सेदी डाँडाभन्दा पश्चिमपट्टि फेवातालको मुहानमा रहेका सिमसार क्षेत्र पुर्नका लागि माटो लैजाने सूचना सार्वजनिक रुपमा नै प्रकाशित गरिएको थियो । यसरी ठाडैं राज्य र सरोकार निकायलाई चूनौंती दिदैं आईरहेका हरिप्रसादको समूह र यसको मतियार पोखरा महानगरपालिका समेतलाई विभिन्न व्यक्ति र संघसंस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा समेत कारवाहीको लागि उजुरी दिएका थिए ।

दैनिक जसो २ वटा मेसिन प्रयोग गरी यसरी डाँडा कटान गरिएको थियो ।
चौतफी दवाव भएपछि डाँडा कटान कार्य झण्डैं अन्तिम चरणमा पुगेको अवस्थामा पोखरा महानगरपालिकाले ईञ्जिनियर नेत्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा सवईञ्जिनियर अनिलप्रसाद आचार्य र अमिन दिवाकर सुवेदीसहित तीनजनाको छानबिन समिति बनाई सेदी डाँडा कटान र मेशिन प्रयोगका सम्बन्धमा प्रतिवेदन नै तयार पारेको थियो ।
प्रतिवेदनमा २०७८ सालदेखि नैं जमिन कटान गर्ने काम भईरहेकोमा हाल आएर नापजाँच र स्थलगत परिक्षणले मात्र वास्तविक कटान भएको र निकासी भएको माटोको परिणामको आँकलन गर्न सहज नभएको उल्लेख गरेको छ । प्रतिवेदनमा निर्माणास्थलमा भएको माटो मध्ये ५० प्रतिशत सोही स्थानमा उपयोग गरिएको र ५० प्रतिशत निकासी भएको अनुमान गरिएको छ । जम्मा कटान हुने माटोको परिणाममा ३६ हजार ७ सय ७५ घनमिटर र हालसम्म ३० हजार १ सय ४७ घनमिटर माटो कटान भएको उल्लेख गरिएको छ ।

राजश्व ठग्ने र कानुन मिच्ने हरिप्रसाद पौडेल पोखरा महानगरपालिकाको विज्ञ समूहका सदस्य !?!
राजनैतिक पहुँच, मिडिया र गुन्दागर्दीको भरमा टिकेको बाराही ग्रुपले ६ अर्बको लगानीमा बनाउँदैं गरेको उक्त पाँचतारे होटल सेदी लक्जरीलाई पब्लिक लिमिटेडमा लगेर प्राथमिक शेयर निष्कासन (आईपिओ)का लागि एनएमबी क्यापिटल लिमिटेडसँग सम्झौंता समेत गरिसकेको छ । सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्न सम्झौंता गरेको यो कम्पनी आफैंमा शंकास्पद र कानुन विपरितका गतिविधिका कारण विवादमा फस्दैं गईरहेको छ ।

राजनैतिक पहुँच, मिडिया र गुन्दागर्दीको भरमा टिकेको बाराही ग्रुपले पाँचतारे होटल सेदी लक्जरीलाई पब्लिक लिमिटेडमा लगेर विवादैं विवादका बिच प्राथमिक शेयर (आईपिओ) निष्कासन समेत गरिसकेको छ ।
सहकारी ठगीमा केही महिनाअघि कास्की कारागारमा पुगेका गुन्डा नाईके शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सोही ग्रुपको लगानीमा सञ्चालित समाधान दैनिकका सम्पादक रामकृष्ण ज्ञवालीको टोली हङकङ र मलेसियामा पुगेर पाँचतारे होटल सेदी लक्जरीको आईपिओका लागि अनेकन् कार्यक्रम र गोष्ठी समेत सञ्चालन गर्दै आईरहेका थिए । पाँच तारे होटलमा अपराधिक पृष्ठभूमि र सहकारी ठगीमा संलग्न महेन्द्र भोटे लगायतको लगानी भएपछि सर्वसाधारणहरु झनै सशंकित बन्न पुगेका छन् ।

खुलेआम चूनौंती: विप्लव पौडेल र स्वर्गीय रवीन्द्र अधिकारी समेतको लगानीमा पोखरामा खोलिएको लोकल पत्रिका समाधान दैनिकमा सेदी डाँडा कटान र उत्खनन् गरेपछि निकालिएको माटो लेकसाईड भन्दा पश्चिम पट्टिमात्र लैजाने पाईने भन्दैं खुलेआम फेवातालको सिमसार क्षेत्र पुर्ने काम भईरहेको छ ।
वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नगरी सेदी लक्जरी होटलले भौतिक संरचनाहरु निर्माण तथा डाँडा कटान गर्ने कार्य गरेको हुँदा २०८० वैशाख २४ गते १५ लाख रुपैयाँ जरिवाना गराएको थियो । बाराही सेदी प्रालिको परामर्शदाता नेपाल इन्भाइरोमेन्ट डेभलपमेन्ट कन्सल्ट्यान्ट प्रा.लि.ले पेश गरेको वातावरणीय प्रभाव मूल्यांकनमा समेत चलाखीपूर्ण ढंगले निर्माणका क्रममा उत्खनन् हुने माटो र त्यसको उचित व्यवस्थापनको विषयमा कहीं कतै केही पनि उल्लेख गरिएको छैन ।

‘काम सकिएपछि बल्ल ईआईए’: डाँडा कटान तथा भवन निर्माण कार्य शुरु गर्नु अघि गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) होटलका सम्पूर्ण भौतिक संरचनाहरुको निर्माणको ५० प्रतिशत भन्दा बढि काम सम्पन्न गरेको ३/४ वर्षपछि बल्ल गरिएको छ ।
पोखराबाट चितवन, काठमाडौं हुँदैं विभिन्न ठाउँहरुमा अर्बौं लगानीमा होटल विस्तार गर्दै आईरहेको यो समूहले भ्रष्ट नेता तथा तस्करको कालोधन प्रयोग गर्दै आईरहेको आरोप लाग्ने गरेको छ । साथै यस समूहमा आवद्ध व्यक्तिहरुको पृष्ठभूमि शंकास्पद र अपराधिक पृष्ठभूमिको समेत देखिन्छ ।
महानगरपालिकाका मेयर धनराज आचार्यका सल्लाहकार परिषद् (विज्ञ समूह)का सदस्य समेत रहेका हरिप्रसाद राजश्व ठग्ने र कानुन मिच्ने गिरोहका नाईकेका रुपमा पोखरामा चिनिन्छन् । यो समूहमा उनका छोरा विप्लव पौडेल र उनको लगानीमा सञ्चालित पोखराको लोकल पत्रिका समाधान दैनिकका सम्पादक रामकृष्ण ज्ञवाली र सहकारी ठगीमा यतिबेला कास्की कारागारमा रहेका अपराधिक पृष्ठभूमिका शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ लगायतका पात्रहरु व्यवसायिक साझेदार रहेका छन् ।
गुल्मीबाट आएर पोखरामा पत्रिका वितरकका रुपमा (गगन दैनिक पत्रिकामा) कार्यरत ज्ञवाली र पोखराको न्यूरोड, नयाँबजारमा मोविल संकलन गर्दै भारतीयलाई बेच्ने टोले गुन्डा महेन्द्र भोटेको आर्थिक अवस्था यहीं गिरोहसँगको संलग्नतामा हुने गरेका अनेकन् धन्दा र अपराधिक कार्यबाट नै भएको विगतका घटनाहरुले नै प्रष्ट पारिसकेको छ । त्यसो त ज्ञवालीका सहकर्मी महेन्द्र भोटे सहकारीको करोडौं रुपैयाँ ठगी गरेको आरोपमा यतिबेला कास्की कारागारमा थुनामा रहेका छन् ।

विदेशमा रहेका युवाहरुलाई फसाउने धन्दा: विदेशमा रहेका नेपालीहरुलाई पोखरा १८ मा अवैध ढंगले बन्दैं गरेको पाँच तारे होटलको शेयर बिक्री गराउने उद्देश्यले आयोजित कार्यक्रममा होटलका बारेमा जानकारी गराईदैं । पछिल्लो क्रममा यो गिरोहको बारेमा धमाधम पर्दाफासहरु हुँदैं गईरहेका छन् ।

सहकारी ठगीमा यतिबेला कास्की कारागारमा रहेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सेदी लक्जरी होटलको आईपिओ बेचबिखनका लागि हङकङ र मलेशियामा प्रचारप्रसार गर्दै । फाईल तस्विर
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा