
१रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
२नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
३फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
६स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
७कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१०कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
११लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
पोखरा, १५ चैत । मित्र मिलन सहकारी ठगी काण्डमा राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेलाई जिल्ला अदालत कास्कीले बिहीबार आज पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
महिनौंदेखि फरार रहेका प्रबन्धक घिमिरे बुधबार आफैं जिल्ला अदालतमा उपस्थित भएका थिए । बुधबार बयान लिने काम नसकिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको थुनामा रहेका घिमिरेलाई बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको एकल ईजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
पोखरा महानगरपालिका वडा नं. ९ मा प्रधान कार्यालय रहेको यस सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको थियो । वित्तीय अनुसन्धान र प्रहरी प्रतिवेदनका आधारमा ३१ करोड रुपैयाँ मागदावी गर्नुपर्ने ठाउँमा सरकारी वकिलको कार्यालय कास्कीले जम्मा २१ करोडको मात्र बिगो माग दावी गरेको भन्दैं पीडित बचतकर्ताहरुले कार्यालयमा सयौंको संख्यामा उपस्थित भएर धर्ना दिदैं ज्ञापनपत्र समेत बुझाएका थिए ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी, सहकारी सञ्चालक समितिका सदस्य गोपाल खनाल, सल्लाहकार÷शेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै रहेका छन् ।
यसअघि उच्च अदालत पोखराको आदेशले पुर्पक्षका लागि कारागारमा रहेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली र सहकारीका लेखा समितिका सदस्य जनकराज पौडेल धरौटीमा रिहा भईसकेका छन् । अदालतको आदेश अनुसार पूर्वरजिष्ट्रार पराजुलीले २० लाख रुपैयाँ र लेखा समितिका सदस्य पौडेललाई ७ लाख धरौटीमा छुटेका थिए ।
सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म १४ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, उपप्राध्यापक विष्णुप्रसाद भण्डारी, हरेराम भण्डारी, सुरेशकुमार श्रेष्ठ, कृष्णबहादुर राउत, जनकल्याण पराजुली, पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी धरौंटीमा रिहा भईसकेका छन् । बाँकी १९ जना भने हालसम्म पनि फरार नै छन् ।
राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरेमाथि लागेको आरोपः
मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले भरत भट्टराई अध्यक्ष हुँदाको बखत लिएको ४ करोड १३ लाख र सहकारीका अध्यक्ष रमण पौडेलले आफू अध्यक्ष हुँदाको बखत लिएको ४ करोड ३८ लाख ऋण लिए वापत राष्ट्रिय सहकारी बैंक लि.का तत्कालिन प्रबन्धक सन्तोष घिमिरेले करिब ४० लाख कमिसन वापत शान्ति केसीको नामको चेकबाट र कर्मचारी एकराज पराजुलीबाट लिएको बयान वित्तीय विश्लेषकको राय प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक लि.बाट २०७६ साउन १७ गते ऋण (लोन) पास भई कर्जा प्रवाह गर्दाको वखतमा २०७६ साउन १७ गते कैं दिन तत्कालिन प्रबन्धक घिमिरेले शान्ति कुमारी केसीको नाउँका एउटा ७ लाख ५० हजार को चेक १ थान र मिति २०७६ साउन २० गतेका दिन ९ लाख ९९ हजारको अर्को चेक काट्न लगाई उक्त दुवै चेकको रकम बैंकबाट सटही गरी लिएका थिए ।
उक्त बैंकले २०७७ फागुन २६ गतेका दिन ४ करोड ३८ लाख लोन पास गरी कर्जा प्रवाह गर्दाको बखत २०७७ चैत १ गते सहकारीका कर्मचारी एकराज पराजुलीको नाउँमा चेक लेखि भुक्तानी लिएको २० लाख रकम मध्येबाट ६ लाख ७६ हजार कर्मचारी मार्फत् सन्तोष घिमिरेलाई सोही दिन बुझाएका थिए ।
त्यसैगरी २०७७ चैत २ गतेका दिन तत्कालिन प्रबन्धक घिमिरे घिमिरेको नाउँमा चेक लेखी १४ लाख ८४ हजार उक्त बैंकमा रहेको सहकारीको बचत खाताबाट भुक्तानी लिएको राष्ट्रिय सहकारी बैंक लिको पत्रसाथ प्राप्त बैंक स्टेटमेण्ट विवरणबाट देखिएकोमा सो रकमको सम्बन्धमा सहकारीका अध्यक्ष पौडेलसँग थप बयान गर्दा राष्ट्रिय सहकारी बैंकबाट उल्लेखित मितिहरुमा सहकारीको नाउँमा कर्जा प्रवाह भएको थियो ।
उक्त बैंकका तत्कालिन प्रबन्धक घिमिरेले कमिसन वापत आफ्नै नाममा १४ लाख ८४ हजार, शान्ति कुमारी केसीको २ वटा चेकमार्फत् १७ लाख ४९ हजार तथा कर्मचारी एकराज पराजुलीले भुक्तानी लिएको रकम २५ लाख मध्येबाट ६ लाख ७६ हजार नगद गरी ४० लाख रुपैयाँ कमिसन भनी घुस वापत लिएको सप्रमाण पुष्टि हुन आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । तत्कालिन प्रबन्धक घिमिरेलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा दफा १२४ को उपदफा (१) को खण्ड (घ२) बमोजिम अधिकतम समाजको माग दावी गरिएको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा