News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल, रजिष्ट्रारमा पौडेल

पोखरा, २० पुस । न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । कास्की हाँडाीखोलामा जन्मिएका ढकाल न्याय परिषदमा सचिव थिए । उनी २०५२ मा शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका हुन् ।

यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त रहेका थिए ।