
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पोखरा, २८ मंसिर । नेपाल हवाई खेलकुद संस्था पोखराले आफ्नो गेष्ट आफैं उडाउन र रेट (मूल्य) समेत आफ्नै हिसाबले तोक्न पाउने निर्णय सार्वजनिक गरे लगत्तै नेपाल प्याराग्लाईडिङ पाईलट क्लबमा आवद्ध पाईलटहरु आज बिहीबारदेखि आन्दोलित भएका छन् ।
प्याराग्लाईडिङको उडान समेत रोक्दैं पाईलटहरुले अहिलेको अवस्थामा एकद्वार प्रणाली (सिण्डिकेट) कायम हुनुपर्ने माग राखेका छन् । यता, नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल बहादुर भट्टराईले हिजो सम्पूर्ण प्याराग्लाईडिङ कम्पनी सञ्चालकहरुको नाममा पत्राचार गर्दै सम्पूर्ण बुकिङ सिस्टम खुल्ला गरिएको र भोलिबाट आफ्नो गेष्ट आफैं उडाउन र रेट समेत आफ्नो हिसाबले लिन अनुरोध गरेका थिए ।
सो पत्रमा नोटमा नेपाल नागरिक उडड्यन प्राधिकरणबाट लागू भएको विधिप्रविधि, पाहुनाको जानकारी र बोर्डिङ पास (रु.१००) बुझाएरमात्र उडान भर्नु हुन अनुरोध गर्दै अन्यथा कानुन अनुसार कारवाही गरिने चेतावनी समेत दिइएको छ ।
यसअघि मंसिर २७ गते नेपाल हवाई खेलकुद संस्थाका महासचिव खेमराज आचार्य र व्यवसायिक उपसमितिका संयोजक नारायण पराजुलीको कम्पनीसहित अन्य विभिन्न २१ वटा कम्पनीले मंसिर २५ गते बसेको संयुक्त भेलाको निर्णय हामीले नमान्ने र यदि सो निर्णय लागू गरेमा कानुनी उपचारमा समेत जान तयार रहेको भन्ने पत्र प्राप्त भएकोले आजैका मितिबाट सम्पूर्ण बुकिङ सिस्टम खुल्ला गरिएको पत्रमा उल्लेख छ ।

यता, नेपाल प्याराग्लाईडिङ पाईलटस् क्लब पोखराले सिण्डिकेटको विपक्षमा निर्णय भएको भन्दैं नेपाल हवाई खेलकुद संस्था पोखरालाई पत्र लेख्दैं उडान गर्न असमर्थ रहेको जानकारी गराएको छ । ‘विगतमा पनि यसरी नै खुल्ला सिस्टमले प्याराग्लाईडिङ सञ्चालन गर्दाका परिणामहरु हामीले पहिले नै देखिसकेको र यसले प्याराग्लाईडिङ बजार पूर्ण रुपमा अस्तव्यस्त रहने र सुरक्षा चुनौंती समेत रहने भएकोले अर्को निर्णय नभईन्जेलसम्मका लागि सम्पूर्ण पाईलटहरुले उडान गर्न असमर्थ रहेको’ पत्रमा उल्लेख छ ।
यस विषयमा आन्दोलतरत नेपाल प्याराग्लाईडिङ पाईलट क्लबका अध्यक्ष दीपक थापाले यो कम्पनी–कम्पनी बिचको द्वन्द्वका कारण हाम्रो भविष्य सुनिश्चित हुन नसकेको भन्दै यसरी अघि बढेमा पाईलटहरु बाँच्न नसक्ने र सुरक्षित नभएकोले छलफलका लागि भेला भएको बताए ।
अध्यक्ष थापाले भने–‘आज हामीले प्याराग्लाईडिङको उडान रोकेर वार्ताका लागि सबैलाई बोलाएका छौं । यदि आजको वार्ताबाट समस्याको टुङ्गो लागेन भने यो अनिश्चितकालका लागि उडान रोकिनेछ ।’
यता, पाईलट क्लबका निवर्तमान अध्यक्ष विमल पहारीले भने–‘यो आर्थिक संकटको बेलामा कम्पनी–कम्पनी बिचको विवादले गर्दा हामी पाईलटहरुको भविष्य पनि अलि अन्धकार जस्तो बनायो । विगत १६ महिनादेखि एकद्वार प्रणालीबाट उडान भदैं आईरहेका थियौं । अस्ति बैठक बसेर पनि ६ महिनाका लागि यसरी नै जाउँ भन्ने सल्लाह भएको थियो । तर आज साढेको जुधाई बाँच्छाको मिचाई भएको छ ।’
‘हामीले अन्तर्राष्ट्रियरस्तरमा मापदण्ड पुरा गरेको हेर्ने, ग्लाईडरदेखि सम्पूर्ण कुराको प्रत्येक वर्ष चेक जाँच हुन्छ । हाम्रो एउटा लाईनमात्र बिग्रियो भने पनि हामीले लाईन फेर्नु पर्छ ।’ निवर्तमान अध्यक्ष पहारीले भने–‘यता कम्पनीका गाडी पनि छैनन्, अफिस पनि छैन । कागजको भरमा जे पनि गर्न नपाईने ? यस्तो गर्न पाईन्छ ?’
बुकिङ सिस्टम खुल्ला गरेर आफ्नो गेष्ट आफैं उडाउने र रेट समेत आफ्नै हिसाबले तोक्दा अहिले ८ हजार रुपैयाँमा उडाईरहेकोमा ३ हजारमात्र झरेर लुछाचुँडी हुने भन्दैं यो निर्णय तत्कालै सच्याउनु पर्ने माग प्याराग्लाईडिङको उडान भर्ने पाईलटहरुले राखेका छन् ।
यस विषयमा जिज्ञासा राख्दा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने–‘कुनै पनि क्षेत्रमा सिण्डिकेट लाद्न पाईदैंन । सिण्डिकेट कानुन विपरितको कार्य हो । यस्तो गरिएको पाईएमा प्रशासनले तत्कालै कारवाही गर्न सक्दछ ।’
प्याराग्लाईडिङ उडानका लागि सिण्डिकेट लागू गर्ने वा नगर्ने विषयमा विवाद हुँदा उडान नै रोकिएको यो अवस्थामा सरोकार निकायहरु भने मौंन देखिएका छन् । राज्यको नीति र कानुन विपरित सिण्डिकेट कार्यान्वयन गराउन खुलेआम पाईलटहरुले उडान रद्द गरेर राज्यलाई नैं चूनौंती दिएका छन् । सम्बन्धित निकायहरुले यस्ता विषयहरुमा अनुगमन र कारवाही प्रक्रियालाई अघि बढाउन नसक्दा यसले पर्यटन क्षेत्रमा नकारात्मक असर परेको देखिन्छ । पोखरालाई पर्यटनको राजधानी बनाउने भन्दैं आवाज उठाई रहेको समयमा पर्यटकहरुलाई नै असर पर्ने गरी भईरहेका यस्ता गतिविधिहरुप्रति सम्बन्धित निकायले बेलैंमा सोच्नुपर्ने देखिन्छ ।

सिण्डिकेटको माग गर्दै प्याराग्लाईडिङ पाईलटहरु आन्दोलित । तस्विर ए.आई.
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति