
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा, २२ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको झण्डैं २७ करोड रकम ठगीमा संलग्न रहेकाहरु फरार भएका छन् । प्रहरीले आइतबार जिल्ला अदालत कास्कीबाट ३० जनाको नाममा पक्राउ पुर्जी जारी गरेसँगैं ठगीमा संलग्न वडाध्यक्ष, पत्रकार, वकिल, ठेकेदार र सहकारीका सञ्चालकहरु सबै फरार भएका हुन् ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेको सूचना पाएसँगैं पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले वडासदस्य विमला केसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिदैं फरार भएका छन् । फरार भएका सबैले मोवाईल स्वीच अफ गरेका छन् ।
वडाध्यक्ष सुवेदीले स्वास्थ्यका कारण वडामा उपस्थित भई नियमित काम गर्न नसक्ने भएकोले मेरो अनुपस्थितिमा वडाबाट सञ्चालन हुने सम्पूर्ण कामकाज गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय र पोखरा महानगरपालिका वडा नं. २१ को कार्यालयलाई बोधार्थ लेख्दैं वडाध्यक्ष सुवेदी फरार भएका हुन् ।
यसैगरी, नेकपा एमाले कास्कीका जिल्ला सदस्य, एमालेका वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष एवम् ताण्डव न्यूज डटकमका प्रधान सम्पादक अर्जुन गिरी पनि शुक्रबारदेखि नैं फरार भएका छन् । त्यसैगरी, सहकारी सञ्चालक समिति र प्रेस युनियन कास्कीका उपाध्यक्ष एवम् ताण्डव न्यूजका संवाददाता विजय लम्साल पनि फरार भएका छन् ।
विवादित छवि भएका कानुनी व्यवसायी एवं सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली पक्राउ पुर्जी जारी भएको सूचना पाएसँगैं फरार छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेर पोखरा–२२ घर भई हाल लेकसाईडमा पसल गरी बस्ने राजु बराललाई मात्र पक्राउ गर्न सफल भएको छ । यस अघि चेक बाउन्स मुद्दामा पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारीलाई भने जिल्ला प्रहरी कार्यालय कास्कीले कारागार चलान गरेको छ ।
कास्की प्रहरीका प्रमुख एसपी मोहनकुमार थापाले सहकारी ठगीमा संलग्नहरुको व्यापक खोजी कार्य भईरहेको बताए । एसपी थापाले भने–‘सहकारी ठगीमा संलग्नहरुलाई पक्राउ पुर्जी जारी भएसँगैं खोजी कार्य व्यापक बनाईएको छ । आजसम्म ३ जना भन्दा बढि पक्राउ गर्न सकिएको छैन । तर कानुनको फन्दाबाट भागेर कहाँ जाने ? कहिलेसम्म भाग्ने ? फरार भएकाहरु छिट्टैं पक्राउ पर्नेछन् ।’
बचतकर्ताहरुले रकम नपाएपछि दिइएको निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिन गर्दा यो गिरोहको संलग्नतामा सहकारीको २६ करोड ८३ लाख रुपैयाँ भन्दा बढि रकम हिनामिना गरेको तथ्य भेटिएको थियो ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति