
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
पोखरा, २२ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको झण्डैं २७ करोड रकम ठगीमा संलग्न रहेकाहरु फरार भएका छन् । प्रहरीले आइतबार जिल्ला अदालत कास्कीबाट ३० जनाको नाममा पक्राउ पुर्जी जारी गरेसँगैं ठगीमा संलग्न वडाध्यक्ष, पत्रकार, वकिल, ठेकेदार र सहकारीका सञ्चालकहरु सबै फरार भएका हुन् ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेको सूचना पाएसँगैं पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले वडासदस्य विमला केसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिदैं फरार भएका छन् । फरार भएका सबैले मोवाईल स्वीच अफ गरेका छन् ।
वडाध्यक्ष सुवेदीले स्वास्थ्यका कारण वडामा उपस्थित भई नियमित काम गर्न नसक्ने भएकोले मेरो अनुपस्थितिमा वडाबाट सञ्चालन हुने सम्पूर्ण कामकाज गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय र पोखरा महानगरपालिका वडा नं. २१ को कार्यालयलाई बोधार्थ लेख्दैं वडाध्यक्ष सुवेदी फरार भएका हुन् ।
यसैगरी, नेकपा एमाले कास्कीका जिल्ला सदस्य, एमालेका वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष एवम् ताण्डव न्यूज डटकमका प्रधान सम्पादक अर्जुन गिरी पनि शुक्रबारदेखि नैं फरार भएका छन् । त्यसैगरी, सहकारी सञ्चालक समिति र प्रेस युनियन कास्कीका उपाध्यक्ष एवम् ताण्डव न्यूजका संवाददाता विजय लम्साल पनि फरार भएका छन् ।
विवादित छवि भएका कानुनी व्यवसायी एवं सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली पक्राउ पुर्जी जारी भएको सूचना पाएसँगैं फरार छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेर पोखरा–२२ घर भई हाल लेकसाईडमा पसल गरी बस्ने राजु बराललाई मात्र पक्राउ गर्न सफल भएको छ । यस अघि चेक बाउन्स मुद्दामा पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारीलाई भने जिल्ला प्रहरी कार्यालय कास्कीले कारागार चलान गरेको छ ।
कास्की प्रहरीका प्रमुख एसपी मोहनकुमार थापाले सहकारी ठगीमा संलग्नहरुको व्यापक खोजी कार्य भईरहेको बताए । एसपी थापाले भने–‘सहकारी ठगीमा संलग्नहरुलाई पक्राउ पुर्जी जारी भएसँगैं खोजी कार्य व्यापक बनाईएको छ । आजसम्म ३ जना भन्दा बढि पक्राउ गर्न सकिएको छैन । तर कानुनको फन्दाबाट भागेर कहाँ जाने ? कहिलेसम्म भाग्ने ? फरार भएकाहरु छिट्टैं पक्राउ पर्नेछन् ।’
बचतकर्ताहरुले रकम नपाएपछि दिइएको निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिन गर्दा यो गिरोहको संलग्नतामा सहकारीको २६ करोड ८३ लाख रुपैयाँ भन्दा बढि रकम हिनामिना गरेको तथ्य भेटिएको थियो ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी