News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पोखरामा एकै दिन १४ वडाका ६० पसलमा अनुगमन, १५ हजार जरिवाना

पोखरा, ३ कार्तिक । पोखरा महानगरपालिकाले आज शुक्रबार महानगरभित्र सञ्चालित मासु र खाद्यान्न पसलमा अनुगमन गरेको छ । नेपालीहरुको ठूलो चाड दशैँमा महानगर धेरै मासु खपत हुने र त्यसले नागरिकको स्वास्थ्यमा असर गर्ने भएकाले मासु पसलमा धेरै समूह बनाएर अनुगमन गरेको हो ।

पोखरा महानगरपालिका उपप्रमुख एवम् बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समुह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुगमन गरेको छ । दुुई पासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना समेत गरेको छ ।

पोखराका वडा नम्वर १, २, ४, ५, ६, ७, १०, ११, १२, १३, २४, १५, ३० र ३१ नम्वर वडामा सञ्चालनमा रहेका मासु र खाद्यान्नका ६० वटा पसलमा अनुगमन गरेको हो । अनुगमनमा सम्वन्धि वडाका वडाअध्यक्ष, वडा सदस्यहरु सहित महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, महानगर सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव भरतराज पौडेल, पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, पशु स्वास्थ्य अधिकृत झलक कृष्ण भण्डारी, पशु स्वास्थ्य अधिकृत एकनारायण ढकाल, पशु सेवा अधिकृत राजेन्द्र लामिछानेको नेतृत्वमा खटिएको टोलीले १४ वटा वडामा अनुगमन गरेको हो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुन्दनराज पौडेल, गुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुनाथ पौडेल, महानगर पुस सेवा शाखाका पुष्पराज अधिकारीको सहभागीतामा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पसल दर्ता÷नविकरण नगरेको, बहाल कर नतिरेको, सरसफाईमा ध्यान नदिएको फेला पारेको हो । अनुगमन टोलीले पोखरा–४ मा सञ्चालनमा रहेको मोहमद फ्रेस हाउस, पोखरा–४ कै जमाल फ्रेस हाउस, पोखरा–२ को सक्षम किराना स्टोर्सलाई ५÷५ हजार जरीवाना गरिएको छ । मोहमद फ्रेस हाउस र जमाल फ्रेस हाउसबाट बासीको बोसो दश केजी, बोकाको टाउको एक वटा र सक्षम किराना पसलबाट म्याद नाघेका बदम जुस दुुई बट्टा गरी १५ मुल्य बराबरको मासु र जुस नष्ट गरिएको महानगर बजार अनुगमन समितिले जनाएको छ ।

अनुगमनका क्रममा पसल फोहोर र अव्यवस्थित, व्यवसाय दर्ता नगरेको, कुखुरा, खसि, कालिज लगायत सबैको मासु एकै ठाँउमा राखेर बेचबिखन गरेको, बधशाला नभएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा (क), (ख), (ग) बमोजिम ५ हजार जरिवाना गरेको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए । अनुगमनका क्रममा दर्ता नभएका र मापदण्ड पुरा नगरेका पसललाई पोखरा महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय र सम्वन्धित वडा कार्यालयमा कात्तिक १२ र १३ गते भित्र उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।

पोखरा महानगरले गत वर्ष अनुगमन गरेपछि बजारमा सुधार देखिएको भएपनि जति हुुनुपर्ने हो त्यती नभएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । उनले पसल विना दर्ता सञ्चालन भएको पाइएकाले वडा कार्यालयहरुले अनुगमन गर्नुपर्ने र महानगरले पनि निरन्तरता दिने बताईन् ।