
१सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
३शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
६पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
७स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
८‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
९पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
पोखरा, ३ कार्तिक । पोखरा महानगरपालिकाले आज शुक्रबार महानगरभित्र सञ्चालित मासु र खाद्यान्न पसलमा अनुगमन गरेको छ । नेपालीहरुको ठूलो चाड दशैँमा महानगर धेरै मासु खपत हुने र त्यसले नागरिकको स्वास्थ्यमा असर गर्ने भएकाले मासु पसलमा धेरै समूह बनाएर अनुगमन गरेको हो ।
पोखरा महानगरपालिका उपप्रमुख एवम् बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समुह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुगमन गरेको छ । दुुई पासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना समेत गरेको छ ।
पोखराका वडा नम्वर १, २, ४, ५, ६, ७, १०, ११, १२, १३, २४, १५, ३० र ३१ नम्वर वडामा सञ्चालनमा रहेका मासु र खाद्यान्नका ६० वटा पसलमा अनुगमन गरेको हो । अनुगमनमा सम्वन्धि वडाका वडाअध्यक्ष, वडा सदस्यहरु सहित महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, महानगर सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव भरतराज पौडेल, पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, पशु स्वास्थ्य अधिकृत झलक कृष्ण भण्डारी, पशु स्वास्थ्य अधिकृत एकनारायण ढकाल, पशु सेवा अधिकृत राजेन्द्र लामिछानेको नेतृत्वमा खटिएको टोलीले १४ वटा वडामा अनुगमन गरेको हो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुन्दनराज पौडेल, गुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुनाथ पौडेल, महानगर पुस सेवा शाखाका पुष्पराज अधिकारीको सहभागीतामा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसल दर्ता÷नविकरण नगरेको, बहाल कर नतिरेको, सरसफाईमा ध्यान नदिएको फेला पारेको हो । अनुगमन टोलीले पोखरा–४ मा सञ्चालनमा रहेको मोहमद फ्रेस हाउस, पोखरा–४ कै जमाल फ्रेस हाउस, पोखरा–२ को सक्षम किराना स्टोर्सलाई ५÷५ हजार जरीवाना गरिएको छ । मोहमद फ्रेस हाउस र जमाल फ्रेस हाउसबाट बासीको बोसो दश केजी, बोकाको टाउको एक वटा र सक्षम किराना पसलबाट म्याद नाघेका बदम जुस दुुई बट्टा गरी १५ मुल्य बराबरको मासु र जुस नष्ट गरिएको महानगर बजार अनुगमन समितिले जनाएको छ ।
अनुगमनका क्रममा पसल फोहोर र अव्यवस्थित, व्यवसाय दर्ता नगरेको, कुखुरा, खसि, कालिज लगायत सबैको मासु एकै ठाँउमा राखेर बेचबिखन गरेको, बधशाला नभएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा (क), (ख), (ग) बमोजिम ५ हजार जरिवाना गरेको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए । अनुगमनका क्रममा दर्ता नभएका र मापदण्ड पुरा नगरेका पसललाई पोखरा महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय र सम्वन्धित वडा कार्यालयमा कात्तिक १२ र १३ गते भित्र उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।
पोखरा महानगरले गत वर्ष अनुगमन गरेपछि बजारमा सुधार देखिएको भएपनि जति हुुनुपर्ने हो त्यती नभएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । उनले पसल विना दर्ता सञ्चालन भएको पाइएकाले वडा कार्यालयहरुले अनुगमन गर्नुपर्ने र महानगरले पनि निरन्तरता दिने बताईन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई