
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
टोले गुन्डा महेन्द्र भोटेले ओजन डिस्को, ट्रेजर लाउञ्च एण्ड बार हुँदैं यतिबेला हिडन क्याम्प नामको रिसोर्ट चलाएका छन् । यो समूहले सहकारीको पैसा रात्रिकालिन व्यवसायमा मात्र होइन, जग्गामा समेत लगानी गरेको छ । जसको मूख्य आर्थिक स्रोत नैं जीबी समूहले देशभरिका विभिन्न सहकारीबाट लुटेका धन(रकम) नैं हो ।
पोखरा, १२ असोज । तस्कर र माफियाको कालोधनमाथि टोले गुन्डा शिव बहादुर गुरुङ उर्फ महेन्द्रे भोटेले रजाई नै गरेका छन् । दिन दुईगुना र रात चौगुना नवधनाढ्य बन्दैं गईरहेको देखिने अपराधिक पृष्ठभूमिबाट उदाएका टोले गुन्डा महेन्द्रे भोटेको वास्तविकता भने अर्कै छ । यिनले जुन जुन क्षेत्रमा लगानी गरेको भनिएको छ, त्यसमा सहकारीको अर्बौं ठगि फरार हुने जीबी राई समूहको मात्र लगानी नभई अन्य तस्कर, माफिया र भ्रष्ट गिरोहको लगानी रहेको छ ।
कास्कीको मादी गाउँपालिकाबाट पोखरामा आएर सामान्य टोले गुन्डागर्दीमा सक्रिय रहेका महेन्द्रे भोटेको एलजी समूहलाई पत्रकारिता र राजनीतिमा रहेका केही तस्करहरुको समूहले प्रयोग गर्दै आईरहेको थियो । आज भन्दा करिब ९ वर्ष अघिसम्म कांग्रेससँग आवद्ध लमजुङका ललित गुरुङ र महेन्द्र भोटे नेपाल प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका टोले गुन्डा थिए ।
त्यतिबेला नेकपा एमालेका गृहमन्त्री बामदेव गौतम, रवीन्द्र अधिकारी लगायतका नेताहरुले भोटेलाई छुटाउन दवाव दिएपनि एसपी पालले गृहमन्त्रीको दवावलाई वेवास्ता गर्दै कारवाही गरेका थिए ।
तर केही पत्रकार, केही नेता र केही प्रहरीको सहयोगमा टोले गुन्डालाई यसरी प्रयोग गरियो कि उनले पनि राजनीतिक आवरणमा आफ्ना गलत धन्दाहरुको सञ्जाललाई झनै फैलाउँदैं लगे । नेकपा एमालेका नेता राजीव पहारी र स्वर्गीय नेता रवीन्द्र अधिकारीको समूहले टोले गुन्डा महेन्द्रे भोटेलाई नेकपा एमाले प्रवेश मात्र गराएनन्, लेकसाईडमा व्यवसायिक रुपमा स्थापित गराउन अदालतको समेत प्रयोग गरे । अरुले ११ बजे सटर बन्द गर्ने बेलामा यो गिरोहले भने रातभरि ओजन डिस्को सञ्चालन गर्ने गर्दथे ।

जीबी राई समूहको सहकारीबाट लुटेको अर्बौं रकमबाट भित्री रुपमा लगानी गरी टोले गुन्डा महेन्द्र भोटेको नाममा सञ्चालनमा ल्याइएको द हिडन क्याम्प रिसोर्ट । महेन्द्र भोटे संलग्न रहेको अधिकांश धन्दाहरुमा जीबी राई समूहको लगानी रहेको छ ।
लेकसाईडमा ओजन डिस्को खोलेर व्यवसायमा हात हालेका टोले गुन्डा महेन्द्र भोटेको समूहले तत्कालिन एसपी हरि पालको कार्यकालमा प्रहरीलाई निर्घात कुटपिट गरे । तत्कालिन एसपी पालले भोटेसहितको ग्याङलाई २८ दिन थुनेर कारवाही गरेका थिए । त्यतिबेला नेकपा एमालेका गृहमन्त्री बामदेव गौतम, रवीन्द्र अधिकारी लगायतका नेताहरुले भोटेलाई छुटाउन दवाव दिएपनि एसपी पालले गृहमन्त्रीको दवावलाई वेवास्ता गर्दै कारवाही गरेका थिए ।
विस्तारै राजनीतिमा प्रवेश गरेका महेन्द्र भोटेले पोखरामा रहेका अन्य तस्कर र भ्रष्टहरुलाई प्रयोग गर्न थाले । राजनीतिक हिसाबले स्वर्गीय रवीन्द्र अधिकारी समूहको कालोधनबाट व्यापार विस्तार गर्दै लगिरहेका महेन्द्र भोटेले सहकारीमाथिको रकममा पनि गिद्दे नजर लगाउन पुगे । जीबी राई समूहले पनि ठगि धन्दामा टोले गुन्डाको प्रयोग गर्न पाएपछि दुवैको स्वार्थ मिल्न पुग्यो र ठगि धन्दा झनैं मौलाउँदैं जान थाल्यो ।
विश्व शान्ति स्तुपा नजिक र पोखराका धेरै ठाउँहरुमा टोले गुन्डा महेन्द्र भोटे र उनका धर्म दाइ भनेर चिनिने पत्रकार रामकृष्ण ज्ञवालीका नाममा घरघडेरी समेत किनिएको छ । जसको मूख्य आर्थिक स्रोत नैं जीबी समूहले देशभरिका विभिन्न सहकारीबाट लुटेको पैसा रहेको स्रोतले बतायो ।
पोखराको सभागृहमा सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रा.लि.को पहिलो कार्यालय खोलेर सहकारीको नाममा ठगि धन्दा सञ्चालन गरेका थिए जीबी राई समूहले । यहीं गिरोहसँग मिलेर महेन्द्रे भोटेले थप आर्थिक चलखेल शुरु गरेका थिए । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका गितेन्द्र राई (जीबी)सँग मिलेर महेन्द्र भोटेले सहकारीको रकमले डिस्कोबार, रेष्टुरेण्ट, जग्गा हुँदैं पाँच तारे होटलसम्म लगानी गरेका छन् । सहकारीबाट ठगिएको रकमबाट पोखरामा साहसिक खेलका नाममा केही पत्रकारको आवरणमा जीबी राईले लगानी गरेका छन् । जसको खोजी प्रहरीले चाँडो भन्दा चाँडो गर्ने हो भने सहकारी बचतकर्ताको केही रकम फिर्ता आउने सूर्यदर्शन सहकारी कैं कर्मचारीहरु बताउँछन् ।

टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्रे भोटे)लाई एलजी ग्रुपका दर्जनौं गुन्डाहरुसहित नेकपा एमालेमा प्रवेश गराउने मुख्यपात्रहरु मध्येका एक राजीव पहारीसँग अँकमाल गर्दै गर्दाको तस्विर ।
केही महिना अघि पोखराका केही पत्रकार, व्यवसायीसँगैं विदेशमा आफ्नो पाँच तारे होटल सेदी लक्जरी होटलको प्रचारप्रसारमा जुटेका महेन्द्र भोटेको यो भन्दा आम्दानीको अन्य स्रोत केहीं पनि छैन । पोखरामा गुन्डागर्दी, राजनीति र केही पत्रकारहरुसँगको साँठगाँठको कारण महेन्द्र भोटेको गतिविधिप्रति कसैले प्रश्न समेत उठाउन सकेनन् र सकेका छैनन् पनि । तर जीबी राई समूह फरार भएपछि आत्तिएका महेन्द्र भोटे र उनको समूह ढिलो चाँडो प्रहरीको अनुसन्धानको घेराभित्र पर्ने निश्चित छ ।
जीबी राई नैं फरार भएपछि टोले गुन्डा महेन्द्र भोटेले पछिल्लो समय नेपाल कैं सबैभन्दा ठूलो नाईट क्लब पोखरामा खोल्ने भन्दैं शुरु गरेको काम पनि रोकिएको छ ।
पछिल्लो समय, स्वर्गीय रवीन्द्र अधिकारी, सरकारी सुन तस्करीमा मुछिएका झलकराम अधिकारीदेखिको कालोधन महेन्द्र भोटेले यसरी प्रयोग गर्दै गए कि उनले १० वर्षको समयमा आफूलाई टोले गुन्डाबाट व्यवसायीहुँदैं गाउँपालिकाको अध्यक्षमा समेत प्रस्तुत गर्दै चुनावी मैदानमा होमिए । मादी गाउँपालिकाको अध्यक्षका रुपमा नेकपा एमालेबाट चुनाव लडेका शिव बहादुर गुरुङ (महेन्द्र भोटे)लाई स्थानीय जनताले पराजित मात्र गरेनन् कि गुन्डागर्दी र कालोधनको आडमा मौंलाईरहेको गलत गतिविधिलाई पनि अस्विकार गरिदिए ।

नेकपा एमालेकी नेतृ पद्या अर्यालसँग टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे) ।
१६ अर्बभन्दा बढी सहकारीको बचत रकम हिनामिना गरेका पोखराका जीबी राई समूहको सबैभन्दा नजिकका साझेदार रहेका महेन्द्र भोटेलाई प्रहरीले आजसम्म पनि राजनीतिक दवावका कारण पक्राउ गर्न सकिरहेको छैन । सूर्यदर्शन सहकारीका एक कर्मचारीले डन न्यूजलाई भने-‘सहकारीको आधाभन्दा बढि रकम महेन्द्र भोटेले अवैध रुपमा चलाई रहेका छन् । तर उनको गुन्डागर्दी पृष्ठभूमि र राजनीतिक पहुँचका कारण कोही बोल्न सकिरहेका छैनन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने हो भने सबै कुरा खुल्छ । कि प्रहरीलाई माथिबाट दवाव आएको हुनुपर्छ, कि त प्रहरीले पनि पैसा खाएको हुनुपर्छ ।’

अवैध धन्दामा पत्रकारसहित टोले गुन्डाको सहकार्य: पोखरा–१८, सेदी डाँडामा निर्माण भईरहेको पाँच तारे होटल सेदी लक्जरीको प्रचारप्रसारका लागि विदेशमा कार्यक्रम सञ्चालन गर्दै टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे) र साथमा यो समूहको साझा लगानीमा खोलिएको पोखराको लोकल समाधान दैनिकका सम्पादक रामकृष्ण ज्ञवालीसहितको टोली । जीबी राई समूहको धन्दामा यो टोलीको पनि संलग्नता रहेको छ ।
हो, यिनै टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे)ले ओजन डिस्को, ट्रेजर लाउञ्च एण्ड बार हुँदैं यतिबेला हिडन क्याम्प नामको रिसोर्ट चलाएका छन् । यो समूहले सहकारीको पैसा रात्रिकालिन व्यवसायमा मात्र होइन, जग्गामा समेत लगानी गरेको छ । विश्व शान्ति स्तुपा नजिक र पोखराका धेरै ठाउँहरुमा टोले गुन्डा महेन्द्र भोटे र उनका धर्म दाइ भनेर चिनिने पत्रकार रामकृष्ण ज्ञवालीका नाममा घरघडेरी समेत किनिएको छ । जसको मूख्य आर्थिक स्रोत नैं जीबी समूहले देशभरिका विभिन्न सहकारीबाट लुटेका धन नैं हो ।
सूर्यदर्शन सहकारीका एक वचतकर्ताले डन न्यूजसँग भने-‘जीबी राईको समूहले टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे) र पत्रकार रामकृष्ण ज्ञवाली लगायतका नाममा विश्व शान्ति स्तुपा नजिक पनि जग्गाहरु किनिदिएको हामीले पत्ता लगाएका छौं । प्रहरीले यस बारेमा चासो दिनुपर्यो । सम्बन्धित निकायहरुको ध्यानाकर्षण होस् । हाम्रो पैसा यसरी ठगेर खान पाईदैंन । जो सुकै होस्, कारवाहीको दायरामा ल्याउनै पर्छ ।’
उनले पछिल्लो समय नेपाल कैं सबैभन्दा ठूलो नाईट क्लब पोखरामा खोल्ने काम शुरु गरेका थिए । जीबी राई समूह फरार भएपछि यो काम भने रोकिएको छ । समय छँदैं नेपाल प्रहरीले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघमा सक्रिय रहेका शिव बहादुर (महेन्द्र भोटे)लाई पक्राउ गरी यस सम्बन्धमा अनुसन्धान गर्न आवश्यक देखिन्छ ।

जीबी राई समूहको भित्री लगानीमा पोखराको पर्यटकीय क्षेत्र लेकसाईडमा खोलिएको ट्रेजर लाउन्ज बार । यो रात्रिकालिन डिस्को पनि टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे}को नाममा सञ्चालनमा ल्याइएको हो ।
जीबी समूहले पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी सञ्चालनमा ल्याएका थिए । यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता पाएका छैनन् । यी सबै सहकारीमा बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम यो समूहले हिनामिना गरेको छ ।

अपराध र राजनीतिको संयोजन: नेकपा एमालेका नेता महेश बस्नेत र राजिव पाहारी टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे)को साथमा ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका गितेन्द्र राई (जीबी)को समूह विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले जीबी राई समूहका ७ जना विरुद्ध भदौं २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको थियो । यो समूहले ९ सय ७१ जना बचतकर्ताहरुको १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ रकम हिनामिना गरेका थिए । सो सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
पोखराबाट सहकारी शुरु गर्दै देशका विभिन्न शहरहरुमा पुगेको यो समूहले सहकारीसँगैं मिडिया क्षेत्र, नेटवर्किङ व्यवसाय हुँदैं स्थानीय टोले गुन्डाहरुसँग मिलेर रात्रिकालिन व्यवसाय हुँदै होटल सञ्चालनमा नाममा पनि लगानी गर्दै आईरहेको छ ।
सहकारी ठगि धन्दाका मुख्य नाईके जीबी राई ओखलढुंगा, सुनकोशी गाउँपालिका वडा नं १, साँदी गाउँका सामान्य किसान परिवारका सदस्य हुन् । २०६० सालसम्म यिनको परिवारको आम्दानीको कृषि वाहेक अर्को विकल्प थिएन । पछि पोखरामा टोले गुन्डा महेन्द्र भोटेसहितको पत्रकारको टोलीसँग मिलेर यो समूहले अर्बौं रुपैयाँ सहकारीको ठगि गरेको थियो । महेन्द्र भोटे लगायतको टिमको विषयमा नेपाल प्रहरीले तत्काल छानबिन गरी सहकारीको हिनामिना भएको रकमको सुरक्षा गर्नुपर्ने खाँचो टड्कारो देखिएको पोखरावासीहरु बताउँछन् ।

विदेशमा रहेका युवाहरुलाई फसाउने धन्दा: विदेशमा रहेका नेपालीहरुलाई पोखरा-१८, सेदी डाँडामा अवैध ढंगले कालोधनबाट बन्दैं गरेको पाँच तारे होटलको शेयर बिक्री गराउने उद्देश्यले आयोजित कार्यक्रममा होटलका बारेमा जानकारी गराउँदैं विप्लव पौडेल समूहका र समाधानका सम्पादक रामकृष्ण ज्ञवाली ।

जीबी राई समूहले खोलेको ग्यालेक्सी फोर के टेलिभिजनको उद्घाटनका क्रममा । जीबी राई समूहसँग रवी लामिछानेको संलग्नता देखिए पछि शुरुमा नै यस कुराको विरोध भएको थियो । जुन पछि आएर सत्य सावित भयो । र, अन्त्यमा रवी लामिछानेको टिमले टेलिभिजन छोड्न बाध्य भयो ।

ले हेर्नुस् जीबी राइसँगको सहकार्य: सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रममा नेकपा एमालेका नेता राजिव पहारी, टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे) र सहकारीका तत्कालिन अध्यक्ष जीबी राई सहितको सामूहिक तस्विर ।

जनताले विभिन्न सहकारीमा जम्मा गरेको झण्डैं १६ अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका सूर्यदर्शन सहकारी लगायत दर्जनौं सहकारीका सञ्चालक जीबी राई र सहकारीको पैसा भित्री रुपमा लगानी गर्ने शिव बहादुर गुरुङ उर्फ महेन्द्र भोटे ।

सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारीको कार्यक्रममा अगाडि मञ्चमाा क्रमशः शिव बहादुर गुरुङ (महेन्द्र भोटे), नेकपा एमालेका राजिव पहारी र सहकारीका तत्कालिन अध्यक्ष जीबी राईसहितको टोली ।

सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारीको साधारण सभामा प्रमुख अतिथिका रुपमा पुगेका नेकपा एमालेका नेता राजिव पहारी र सहकारीका अध्यक्ष जीबी राई ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ