
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०अफवाह नफैलाउन प्रहरीको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
प्राविधिक टोलीहरुका लागि भनेर ४ वर्ष अघि मात्र झण्डै ३२ लाख रुपैयाँ खर्चिएर बनाइएको त्यो ठाउँ पुनः भत्काएर मेयर आचार्यले ५६ लाख भन्दा बढि खर्चिदैं आफ्नो नयाँ र सुविधासम्पन्न कार्यकक्ष बनाएका हुन् । झण्डै १ करोड रुपैयाँ खर्चेर वास्तुशास्त्र अनुसार मिलाइएको कोठामा बसेका मेयर आचार्यले पोखरेलीहरुले महसुस गर्ने गरी छुट्टै काम र प्रभाव भने अहिलेसम्म देखाउन सकेका छैनन् ।
पोखरा, २८ भदौं । पोखरा महानगरपालिकाका मेयर तथा कम्युनिष्ट नेता धनराज आचार्य यतिबेला जनताको काम र सेवामा भन्दा पनि ‘वास्तुशास्त्र’को चक्करमा उल्झिई रहेका छन् । वास्तु मिलाउने नाममा उनले जनताले तिरेको झण्डैं १ करोड रुपैयाँ खर्चिदैं आफ्नो कार्यकक्षदेखि कार्यालय प्रवेश गर्ने मुख्यद्वारसम्म परिवर्तन गराई सकेका छन् ।
वास्तुशास्त्र अनुसारको कार्यकक्ष नभएको भन्दैं मेयर आचार्यले कार्यालयको सबैभन्दा माथिल्लो छतमा बसेका प्राविधिकहरुको टोलीलाई घर भाडामा लिई अन्यत्र सारेका थिए । त्यस ठाउँमा लाखौं खर्चेर पुनः संरचना निर्माण गर्दै मेयर आचार्यले आफ्नो सचिवालयसहितको टोली राखेका छन् । प्राविधिक टोलीहरुका लागि भनेर ४ वर्ष अघि मात्र झण्डै ३२ लाख रुपैयाँ खर्चिएर बनाइएको त्यो ठाउँ पुनः भत्काएर मेयर आचार्यले ५६ लाख भन्दा बढि खर्चिदैं आफ्नो नयाँ र सुविधासम्पन्न कार्यकक्ष बनाएका हुन् ।
मेयर आचार्यले आफ्ना र भतिजका लागि मात्र नभई जनताले तिरेको करको दुरुपयोग एमालेका नेता र कार्यकर्तालाई रिझाई राख्न पनि खर्चिएका छन् । महानगरपालिका कैं लेखा समितिका संयोजक पोखरा–२१ का वडासदस्य झपट रानाभाटलाई दिइएको सुविधा पनि यस्तै विवादमा आएको थियो । मेयर आचार्यले एउटा लेखा समितिको संयोजकलाई मोवाईल, ल्यापटप र स्कुटरसम्म सुविधा दिएका थिए ।
वास्तु अनुसार मिलाएर बनाइएको मेयर आचार्य बस्ने नयाँ कक्षबाट हटाइएका प्राविधिकहरुको टोलीका लागि महानगरपालिकाले मासिक बिजुली र पानीको खर्च बाहेक कोठा भाडामात्र मासिक ३५ हजार रुपैयाँ भन्दा बढि तिर्नु परेको छ । यसबाट पनि महानगरपालिकालाई बर्षेनी ५ लाख रुपैयाँमा थप आर्थिक भार थपिएको छ ।

बास्तुशास्त्र अनुसार कार्यकक्ष नमिलेको भन्दैं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको यसरी जनताले तिरेको रकम खर्चिएर नयाँ कक्ष निर्माण गरेका थिए । स्रोत : पोखरा महानगरपालिका
वास्तु शास्त्रको चक्करमा फसेका मेयरले आफ्नो कार्यकक्षमात्र परिवर्तन गराएनन् । उनले महानगपालिकाको मुख्य प्रवेशद्वार नै भत्काएर पर्खाल लगाउँदैं भवन अगाडिको बिच भागमा बनाउन लगाए । जसका लागि १० लाख रुपैयाँभन्दा बढि रकम खर्च भईसकेको छ । जनताले तिरेको करको रकम महानगरपालिकाका मेयर आचार्यले यसरी मनलाग्दी खर्च गरिरहेका छन् ।
मेयरका भतिज तथा तत्कालिन स्वकिय सचिव खेमराज आचार्यको नाममा २०७९ जेठमा ४९ हजारको, असारमा अर्को ए प्लस मोवाईल र कार्तिकमा एप्पलको २ लाख ५६ हजार पर्ने म्याकबुक समेत किनिएको थियो ।
मेयर आचार्यको नयाँ कार्यकक्षमाथि भने न्यूरोड र वरपरका छिमेकीको छतबाट हेर्दा पहेंलो निलो रङको त्रिपाल विछ्याइएको प्रष्टैंसँग देखिन्छ । ५६ लाख रुपैयाँ भन्दा बढि खर्चेर बनाईएको नयाँ कार्यकक्षमा पानी चुहिन थालेपछि त्रिपाल राख्न परेको कर्मचारीहरुले बताए । झण्डै १ करोड रुपैयाँ खर्चेर वास्तुशास्त्र अनुसार मिलाइएको कोठामा बसेका मेयर आचार्यले पोखरेलीहरुले महसुस गर्ने गरी छुट्टै काम र प्रभाव भने अहिलेसम्म देखाउन सकेका छैनन् ।
‘कम्युनिष्ट नेता भएर पनि मेयर आचार्यको चिन्तन शैली र विचार हेर्दा एकदमैं ढोंगी र पाखण्डपन देखिन्छ’, नगरपालिका कैं एक कर्मचारीले भने–‘मेयरले त सिस्टममा रहेर जनताका लागि काम गरेर देखाउने हो नि । लाहुरेले शहरमा घर बनाउन लागे झैं खर्चै मात्रै बढाउने अनि वास्तुशास्त्र मिलेन भन्दैं जनताले तिरेको करको यसरी दुरुपयोग गर्न हुन्छ र ? खुरु खुरु इमान्दारिताका साथ काम गरे सबै कुरा मिलिहाल्छ नि ।’

बास्तुशास्त्र अनुसार कार्यकक्ष नमिलेको भन्दैं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको यसरी जनताले तिरेको रकम खर्चिएर नयाँ कक्ष निर्माण गरेका थिए । स्रोत : पोखरा महानगरपालिका
यस सम्बन्धमा प्रश्न गर्दा मेयर आचार्यले वास्तुशास्त्र अनुसार न त कार्यकक्ष परिवर्तन गरेको स्वीकार गरे, न त कार्यालयको बिच भागमा सारिएको गेटको बारेमा नैं । मेयर आचार्यले भने–‘२ वटा कोठाको अभाव भयो । उपमेयरज्यूलाई मेलमिलाप कक्षदेखि नापी शाखाको कार्यकक्ष पनि भएन । कोठा नपुगेर थपेका हौं । अनि गेटमा गाडी निकाल्दा ठोकिने समस्या देखिए पछि बिच भागमा सारिएको मात्रैं हो । मैले नगरपालिकाको खर्च बढाउने र भार पार्ने कुनै त्यस्तो काम गरेको छैन ।’
मेयर आचार्यले कार्यभार सम्हालेर केही महिना बिताएको उक्त कार्यकक्षमा यतिबेला उमपेयर मञ्जु गुरुङको कार्यकक्ष बनाइएको छ । जहाँ यसअघिका प्रधानपञ्चहरुदेखि पूर्वमेयर कृष्ण थापा र मानबहादुर जिसीले आफ्नो कार्यकाल बिताएका थिए । त्यो कार्यकक्ष सुविधासम्पन्न र फराकिलो नै थियो ।
त्यसैगरी, जनतालाई सुविधा दिने भन्दैं मेयर आचार्यले बनाएको एकद्वार प्रणालीका लागि १८ लाख भन्दा बढि रकम खर्च भएको छ । यसमा भने जनताले केही राहत महसुस गरेका छन् । बाँकी भने मेयरको सौख पुरा गर्ने काम मात्र भएको पोखरेलीहरुको बुझाई छ ।
लायन्स र लियो क्लबको जस्तो देखावटी तामझाम, हल्का र एकले अर्कोलाई सम्मान गर्दै मख्ख हुने गतिविधिहरुमा बषौं संगत र आवद्ध भएका कारण पनि मेयर आचार्यका अधिकांश कार्यगत शैलीहरुमा यसैको प्रभाव झल्किरहेको महसुस पोखरेलीहरुले गर्न थालेका छन् ।
मेयर आचार्य र उनको सचिवालयका नाममा भईरहेको फजुल खर्चहरुको बढ्दो चाङ
मेयर धनराज आचार्यका नाममा पोखरा महानगरपालिकाको जिन्सी अभिलेखको रेकर्डमा दुईलाख ४० हजार रुपैयाँको मोवाईल लिइएको प्रष्टै देखिन्छ । मेयर आचार्यले मात्र होइन, उनका भतिज तथा तत्कालिन स्वकिय सचिव खेमराज आचार्यको नाममा २०७९ जेठमा ४९ हजारको, असारमा अर्को ए प्लस मोवाईल र कार्तिकमा एप्पलको २ लाख ५६ हजार पर्ने म्याकबुक समेत किनिएको थियो । आफ्ना भतिजलाई स्वकिय सचिव राखेका मेयर आचार्यले सुविधाका लागि भन्दैं महानगरपालिका कैं खर्चमा वेनेली मोटरसाईकल पनि किनिदिएका थिए ।
त्यसैगरी, मेयर आचार्यले आफ्ना र भतिजका लागि मात्र नभई जनताले तिरेको करको दुरुपयोग एमालेका नेता र कार्यकर्तालाई रिझाई राख्न पनि खर्चिएका छन् । महानगरपालिका कैं लेखा समितिका संयोजक पोखरा–२१ का वडासदस्य झपट रानाभाटलाई दिइएको सुविधा पनि यस्तै विवादमा आएको थियो । मेयर आचार्यले एउटा लेखा समितिको संयोजकलाई मोवाईल, ल्यापटप र स्कुटरसम्म सुविधा दिएका थिए ।

पोखरा महानगरपालिका धनराज आचार्यले वास्तु शास्त्र अनुसार मिलाएर बनाएको नयाँ कार्यकक्ष । तस्विर: डन न्यूज

पोखरा महानगरपालिका धनराज आचार्यको कार्यकक्ष । जहाँ दुई ठाउँमा मेयर धनराज आचार्यको नामसहित कुर्चीहरु राखिएका छन् ।



उपप्रमुख मञ्जु गुरुङको कार्यकक्ष: यो कार्यकक्षमा पहिला मेयर धनराज आचार्य बस्ने गर्दथे । वास्तु नमिलेको भन्दैं मेयरले नयाँ कार्यकक्ष बनाएपछि उपमेयरको कार्यकक्ष यता सारिएको हो । उता, उपमेयरको पुरानो कार्यकक्षमा भने यतिबेला ताला लगाएर राखिएको छ ।

वास्तुशास्त्र अनुसार मेयर आचार्यले पहिलाको मुख्य गेट सार्न लगाएपछि गेट भएको ठाउँमा पर्खाल लगाएर काम गर्दै मजदुरहरु ।

जति गरे पनि विजोग नैं: झण्डैं १ करोड रुपैयाँ खर्चिएर बनाइएको मेयर आचार्यको नयाँ कार्यकक्षमा पानी चुहिने भएपछि त्रिपालले छोपिएको अवस्था ।

ड्युटीमा खटिएका नगर प्रहरी: मेयरलाई भेट्ने निश्चित समय र ठाउँ तोकिएपछि मुख्यद्वारमा ड्युटी गर्दै नगर प्रहरी । मेयरको नयाँ कार्य कक्षमा सर्वसाधारणले चाहेको बेलामा यतिबेला सहजैं भेटघाट गर्न पाउने स्थिति भने देखिदैंन ।

जनतासँग मेयर: सर्वसाधारण जनताका लागि भेट्न भनेर बनाइएको छुट्टैं ठाउँ ।।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति