
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
पोखरा, १८ साउन । दिनैपिच्छे छोटो अवधिमा पटक पटक विद्युत अबरुद्ध हुने समस्याले आजित भएका गण्डकीवासिको समस्यालाई मध्यनजर गर्दै होटल संघ पोखरा नेपालका पदाधिकारीहरुले बुधबार नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएका छन् ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको टोली प्राधिकरण पुगी प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीलाई विद्युत उपभोक्ताले भोग्दै आउनु परेको समस्याका बारे अवगत गराउँदै ध्यानाकर्षण पत्र दिएका थिए । दिनमा होस् या रातमा जुनसुकै बखत विना जानकारी घरिघरि विद्युत अबरुद्ध हुँदा होटल क्षेत्र र सिंगो उपभोक्ताजगत सबैभन्दा बढी मारमा परेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले दुःखेसो पोखे ।
विद्युत अबरुद्ध हुँदा देशविदेशका पाहुनालाई आबश्यक सेवा उपलब्ध गराउन कठिनाई हुँदै आएको र यसका कारण प्राधिकरणमा भन्दा बढी फोन संघको कार्यालयमा आउन थालेको जानकारी दिंदै अध्यक्ष सुवेदीले त्यही भएर पनि विद्युत अबरुद्ध हुनको कारणबारे जानकारी लिन आफूहरु प्राधिकरण पुगेको बताए ।
सो अवसरमा संघका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले विद्युत सुविधा सहज रुपमा पाउन नसक्नु प्राधिकरणको लापरवाही र गैरजिम्मेवारपना भएको बताए । ‘जुन पिक आवर हुन्छ सोही समयमा बढी बत्ती जाने गरेको छ,’ उनले भने, ‘पानी पर्न थालेपछि त झन् बत्ती गैहाल्छ ।’
घरिघरि विद्युत अबरुद्ध हुँदा यसमा इन्भर्टर वा सोलार उपकरणसँग सम्बन्धित गिरोहको हात त छैन भन्ने आशंका उपभोक्तामा उब्जिएको उनले बताए । बत्ती गएको बेला होटलको लिफ्टमा सेवा लिइरहेका पाहुना विचमै रोकिंदा आतंकित हुने गरेको र गुनासो गर्ने गरेको दुःखेसो पनि उनले सुनाए ।
संघकी सचिव पार्वता पाण्डेले राइस कुकरमा खाना बसालेको केही मिनटमा नै बत्ती जाँदा पुनः अर्को भाँडामा चामल खन्याएर ग्याँसमा खाना पकाउनु पर्ने समस्या उपभोक्ताले भोग्नुपरेको बताइन् । छलफलका क्रममा संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश), सदस्यहरु पम्फा देवकोटा पहारी, महदत्त भुसाल, सरोज अधिकारी र संघका कार्यालय प्रमुख रामप्रसाद खनालले पनि विद्युत अबरुद्ध हुँदा होटल क्षेत्रले ठूलो क्षति भोग्दै आउनु परेको गुनासो राखेका थिए । विद्युत बढी उतपादन हुने बर्खा याममा लोडसेडिङ जसरी विद्युत जान थालेपछि विद्युत सहज उपोभोगका लागि आउने हिउँद कुर्नुपर्ने अवस्था आएको व्यवसायीले बताए ।
संघका पदाधिकारीको जिज्ञासा र गुनासोपछि बोल्दै प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख जगदीशचन्द्र जोशीले खपत भन्दा धेरै विद्युत उत्पादन भएका कारण अहिलेको समस्या उत्पन्न भएको बताए । उत्पादन धेरै तर खपत कम हुँदा ट्रिप भएर विद्युत अवरुद्ध हुने गरेको दाबी उनले पेश गरे ।
विद्युत सर्किटको आन्तरिक सेन्सर बढी तात्ने र थप तात्न नदिन ब्रेकरले विद्युत अबरुद्ध गरिदिने प्रक्रियालाई ट्रिपिङ भनिन्छ । ‘तपाइँहरु अब सकेकसम्म धेरै भन्दा धेरै विद्युत खपत बढाउनुस्, यो समस्या आफैं समाधान भएर जान्छ’, जोशीले होटलकर्मीहरुसँग भनेका थिए । प्रदेशका ११ जिल्ला उक्त प्रादेशिक कार्यालय मातहत रहेको बताउँदै उनले गण्डकी प्रदेशमा अहिले सात सय मेगावाट विद्युत उत्पादन हुँदै आएको तर खपत भने जम्मा ८० मेगावाट हाराहारी मात्र रहेको जानकारी दिए । पोखरामा मात्र यस्तो खपत ४० मेगावाट रहेको तथ्यांक पनि उनले सुनाए ।
विद्युत ट्रिपिङको समस्या देशभरिकै समस्या भएको बताउँदै उनले यही समस्या भएर केन्द्रिय र प्रदेशिक तहहरुमा छानविन समिति बनेर काम पनि भइरहेको जानकारी गराए । समस्या समाधानका लागि प्राधिकरणका विभिन्न ग्रिडहरुसँग पनि समन्वय भइरहेको उनले सुनाए । विजुलीका ट्रान्सफरमर नपुगेर पनि अहिलेको समस्या नआएको बताउँदै उनले ट्रान्सफरमर राख्ने भन्दा पनि मेरो जग्गाबाट त्यसलाई हटाइदिनपर्यो भन्ने ब्यहोराका निवेदन बढी संख्यामा प्राधिकरणलाई प्राप्त हुने गरेको तथ्य उनले बताए । कार्यालय अन्तर्गत २०७८/०७९ सम्ममा चार लाख १८ हजार आठ सय ५१ विद्युत उपभोक्ता रहेको तथ्यांक प्राधिकरणको वेबसाइटमा छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन