
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१०मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
पोखरा, ४ साउन । १५ दिन भित्र सम्झौंता पुरा नगरे पोखरा महानगरपालिकालाई फोहोर फाल्न नदिने चेतावनी वडावासीले दिएका छन् । पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीय जनताहरुले मेयर धनराज आचार्यलाई सम्झौंता कार्यान्वयन गराउन पत्र बुझाउँदैं लिखित रुपमा सो चेतावनी दिएका हुन् ।
वडा नं. ३२ को राधाकृष्ण मन्दिर पछाडी र सेती नदीको बिचमा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आईरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका क्रममा नजिकैं बाच्छेबुढुवामा भएको ल्याण्डफिल्ड साईटमा फोहोर व्यवस्थापन गर्न नमिलेपछि वडा नं. ३२ का स्थानीयले अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सहमति दिएका थिए ।
विमानस्थल उद्घाटन नजिकै फोहर व्यवस्थापनको विषय जटिल बन्दै गईरहेको अवस्थामा ६ महिनाको लागि भनेर सम्झौंता गरिएको स्थानीय भुवानी प्रसाद पौडेलले बताए । उनले भने–‘जटिल अवस्थामा हामीले महानगरपालिकालाई साथ दिएका हौं । तर सम्झौंता अनुसार नगरपालिकाले काम गरेन । त्यसकारण बाध्य भएर १५ दिनको अल्टिमेटम दिनु परेको हो ।’
महानगरपालिका र वडावासी बिच दैनिक रुपमा त्यहाँ लगिने फोहोरलाई माटोले पुर्ने सहमति भएको थियो । अस्थायी रुपमा फोहोर मैला व्यवस्थापन गर्न सहमत भएका वडावासी यतिबेला नगरपालिकाले भने झैं फोहोर माटोले पुर्ने काम नगरेपछि विरोधमा उत्रिएका हुन् ।
फोहोर लगेर जथाभावी फाल्दिने, फोहोरलाई माटोले नपुर्ने गरिएपछि वरपरको वातावरण र पर्यावरणमा समेत यसले असर पारेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय मेघराज पौडेल, खेमबहादुर पुन, शरण कुमार प्रधान र कुलमणि खनाल लगायतले मेयर आचार्यलाई दिएको पत्रमा वरपरको वस्तीमा दुर्गन्ध फैलिएको र भाइरल ज्वरोको प्रकोप समेत बढेको उल्लेख छ ।
मेयर आचार्यलाई बुझाईएको पत्रमाा भनिएको छ, ‘६ महिनाको लागि फोहर मैला व्यवस्थापन भनेकोमा अब कहिलेसम्म ?, वातावरण पर्यावरण सम्बन्धि परिक्षण गरे नगरेको ?, जनतालाई यो दुर्गन्ध कहिलेसम्म ?, आम जनताको स्वास्थ्य माथि हेलचक्र्याई कहिलेसम्म ?, पवित्र गंगा नदीमा फोहरको रसायन कहिलेसम्म ? र धार्मिक स्थल वरपरि गिद्ध घुम्ने कहिलेसम्म ?’
स्थानीय भुवानी प्रसाद पौडेलले पत्र मेयर आचार्यलाई बुझाएपछि स्थानीयहरुले आफूलाई परेको मर्काका विषयमा जानकारी गराएका थिए । सोही क्रममा मेयर आचार्यले भने–‘तपाईहरुले जे लेख्नुभएको छ, त्यो अक्षरस लागू हुनुपर्छ । त्यो लागू भएन भने तपाईहरुले १५ दिनपछि रोक्छु भन्नुभएको छ, रोक्नुहोला ।’
‘फोहर मैला व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेकोमा अब छनौंटको क्रममा रहेको र छिट्टैं नै यो विषय टुङ्गिनेछ,’ मेयर आचार्यले भने–‘कति समय लाग्छ भनेर हामीले एक डेढ महिनापछि मात्र भन्न सक्छौं ।’
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ