
१अंशमुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
२सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
६मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
७पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
८फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
९शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
१०नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
११लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
१२फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
पर्वत, २२ असार । पर्वत जिल्लाको जनसङ्ख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ । पछिल्ला तीनपटक भएका जनगणनाको तथ्याङ्कमा जनसङ्ख्या घट्दै आइरहेको देखिएको हो । विसं २०५८ मा एक लाख ५७ हजार आठ सय २६ जनसङ्ख्या रहेकामा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो ।
विसं २०७८ को गणनामा भने झनै घटेर एक लाख ३० हजार आठ सय ८७ कायम भएको छ । वृद्धिदर हेर्दा २०५८ सालमा शून्य दशमलव ९५ प्रतिशत वृद्धिदर रहेकामा २०६८ मा शून्य दशमलव ७४ प्रतिशत रहेको रहेको थियो । जनसङ्ख्या कम भएसँगै जनघनत्व पनि घटेको छ । प्रति वर्गकिलोमिटरमा २०५८ मा तीन सय १९, २०६८ मा दुई सय ९७ र २०७८ मा दुई सय ६५ जना बसोबास गरेको देखिएको छ ।
राष्ट्रिय जनगणना, २०७८ मा जिल्लाको नतिजा बिहीबार सार्वजनिक गर्दै तथ्याङ्क सहायक सुरेन्द्रराज पौडेलले २०६८ को जनगणना र २०७८ को जनगणनाको १० वर्षे अवधिमा पर्वतमा माइनस एक दशमलव शून्य नौ प्रतिशत वृद्धिद्धर रहेको बताउनुभयो । सातवटा स्थानीय तह रहेको जिल्लामा ती सबै स्थानीय तहको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको छ । बिहादी गाउँपालिकामा सबैभन्दा धेरै माइनस दुई दशमलव शून्य पाँच तथा जलजला गाउँपालिकामा माइनस शून्य दशमलव १५, कुश्मा नगरपालिकामा माइनस शून्य दशमलव ३७, महाशिला गाउँपालिकामा माइनस एक दशलव ८७, मोदी गाउँपालिकामा माइनस एक दशमलव १९ र फलेवास नगरपालिकामा माइनस एक दशमलव ८० प्रतिशत रहेको छ ।
विसं २०७८ को तथ्याङ्कअनुसार बिहादीमा १० हजार आठ सय २८, जलजलामा २१ हजार एक सय १९, कुश्मामा ३८ हजार एक सय एक, महाशिलामा आठ हजार एक सय ३६, मोदीमा १८ हजार सात सय ९४, पैयुँमा १२ हजार सात सय ७५ र फलेवासमा २० हजार चार सय ६८ जनसङ्ख्या रहेको छ । होस्टल, इन्स्टिच्युट वा ब्यारेकमा बस्दै आएकाहरूलाई संस्थागत जनगणना भनी राखिएको छ । पर्वतमा त्यस्तो जनसङ्ख्या नौ सय २३ रहेको देखिएको छ ।
जिल्लामा पुरुषको कुल सङ्ख्या ६१ हजार छ सय ७८ र महिलाको सङ्ख्या ६९ हजार दुई सय नौ रहेको छ । तथ्याङ्क सहायक पौडेलका अनुसार जिल्लामा कुल परिवार सङ्ख्या ३६ हजार एक सय ३७ रहेको पाइएको छ भने परिवारको औसत आकार ९परिवारमा सदस्य सङ्ख्या० तीन दशमलव ६२ देखिएको छ तर २०६८ को गणनामा परिवारको औसत आकार शून्य दशमलव एक रहेको थियो । यो तथ्याङ्कले सन्तान कम जन्माउने वा संयुक्त परिवारभन्दा एकल परिवारमा बस्न रुचाउनेहरूको सङ्ख्या बढी भएको देखिएको छ ।
जिल्लाका ३६ हजार एक सय ३७ परिवारमध्ये ११ हजार सात सय ७२ वटा परिवारबाट कम्तीमा पनि एक जना विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । ती परिवारबाट दुई हजार तीन सय ३२ महिला र १४ हजार एक सय १४ पुरुष गरी कुल १६ हजार चार सय ४६ जना वैदेशिक रोजगारीमा रहेको देखिएको छ ।
यस्तै चार हजार दुई सय ५९ जनामा अपाङ्गता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्कअनुसार पाँच वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता प्रतिशत देशभरमा ७६ दशमलव दुई प्रतिशत रहेकामा पर्वतमा भने ८० दशमलव १२ प्रतिशत रहेको छ ।
यसपटक भएको जनसङ¬्ख्या देशको १२औँ जनगणना हो । यसपटकको गणना ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सञ्चालन गरिएको थियो । जनगणनाका लागि तथ्याङ्क सूचीकरणको काम २०७८ भदौ ३० देखि असोज १८ सम्म भएको थियो भने तथ्याङ्क सङ्कलनको काम २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।
जनगणनाबाट प्राप्त भएको तथ्यलाई सामाजिक तथा आर्थिक अवस्था थाहा पाउन, जनसङ्ख्याको प्रक्षेपण गर्न, कृषि गणना तथा अन्य सर्वेक्षणमा नमूना छनोट गर्न, विकासका लक्ष्य मापन गर्नलगायत क्षेत्रमा प्रयोग गर्ने गरिएको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने