
१अंशमुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
२सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
६मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
७पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
८फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
९शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
१०नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
११लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
१२फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
काठमाडौँ, २१ असार। सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ ।
सामाजिक कुरीतिका बिरुद्ध रहेको मिटर ब्याजबाट आहात भएका नागरिकलाई राहत दिन सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ असफल बनाई प्रतिपक्षले पीडितको विरुद्ध उभिएको निष्कर्षसमेत बैठकले गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्ष नेकपा९एमाले० लगायतका दलले बुधबार सदनमा देखाएको व्यवहार असंसदीय रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा ‘फेस’ गर्ने निर्णय गरेको नेकपा९एकीकृत समाजवादी०का उपाध्यक्ष राजेन्द्र पोण्डेले जानकारी दिनुभयो ।
“प्रधानमन्त्रीले कुनै सन्दर्भमा बोलेको केही विषयमा कोही कसैलाई आपत्ति भए संसद्मा आवाज उठाउन पाइन्छ । तर, उहाँहरु ९प्रतिपक्षी० ले जे गर्नुभयो त्यो निर्णय असंसदीय छ”, उहाँले भन्नुभयो ।
यस्तै बैठकले कोशी प्रदेशको मुख्यमन्त्री पदमा आज साँझ ५ बजेसम्म नेपाली कांग्रेसका नेता उद्धव थापालाई प्रस्ताव गने निर्णय गरेको छ । यसअघि नै गठबन्धनले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको सन्दर्भमा आज नेकपा ९माओवादी केन्द्र०का कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा९एकीकृत समाजवादी०का संसदीय दलका नेता राजेन्द्र राईलाई समेत बोलाएर तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ ।
यसैगरी मिटरब्याजका सम्बन्धमा पनि आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको नेकपा ९माओवादी केन्द्र०का मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । “बुधबार एमालेलगायतका अवरोधका कारण पीडित जनतालाई राहत दिने अध्यादेश पारित हुन सकेन । अनावश्यक विषय उचालेर सदन अवरोध गरियो”, उहाँले भन्नुभयो, “त्यसलाई पनि शीघ्र अगाडि बढाउने र आवश्यक प्रक्रिया मिलाउने सहमति आजको बैठकमा भएको छ ।”
प्रमुख प्रतिपक्षलगायतका दलले के कति दिन सदन अवरोध गर्ने र किन गर्ने भन्ने विषयमा नेपाली जनतालाई पनि स्पष्ट जवाफ दिनुपर्ने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेको भनाइ छ । प्रतिपक्षीलगायतका दल जनताको शोषण गर्ने मिटरब्याजीको पक्षमा उभिएको स्पष्टै देखिएको उहाँको भनाइ छ ।
माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले प्रधानमन्त्रीको कुरा नै नसुनी एकोहोरोरुपमा राजीनामा माग्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राजीनामा दिने कल्पना पनि गर्न सकिँदैन । प्रधानमन्त्रीले सदनमा आफ्ना कुरा राख्नुहुन्छ ।”
मिटरब्याज पीडितलाई न्याय दिनका लागि सरकार लागिपरेको तथा सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढताका साथ अगाडि बढ्ने निर्णय आजको बैठकले गरेको पाण्डेले बताउनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका शीर्ष नेताको सहभागिता थियो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने