
१रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
४रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
५नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
६फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
७बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
८अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
९स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
पोखरा, २१ वैशाख । गण्डकी प्रदेश सरकारको विशेष सहयोगमा हुने पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही वैशाख २३ गते पोखरा सभागृहमा हुने अवार्ड वितरण कार्यक्रमको आवश्यक सम्पूर्ण तयारीका काम सकिएको मञ्चले आज पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।
यसैगरी अवार्डको ट्रफीसमेत सार्वजनिक गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्वअध्यक्षद्वय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले ट्रफी सार्वजनिक गर्नुभयो ।
मञ्चले वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबको अवार्ड कास्की जिल्ला ह्याण्डबल सङ्घलाई प्रदान गर्ने घोषणा गरेको छ । गत वर्ष पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ह्याण्डबल खेलतर्फ प्राप्त गरेको सफलताका आधारमा सो अवार्ड प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष बरालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदमा ह्याडबलतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन बन्यो । अधिकांश कास्कीका खेलाडीले सो उपलब्धि प्राप्त गर्दा सङ्घको ठूलो मेहनत रहेको छ । भौतिक पूर्वाधारतर्फ समेत ह्याडबल सङ्घ अब्बल रह्यो । सोही आधारमा अवार्ड दिने निर्णय गरेका हौँ ।”
उत्कृष्ट खेल सङ्घको अवार्ड विजेताले रु ३५ हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन हुनुभएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै ‘कीर्तिशेष’ सम्मान अर्पण गरिने मञ्चले जनाएको छ ।
निसिमको राष्ट्रिय खेलकुदमा भाग लिएकै बेला पोखराको सराङकोटमा प्याराग्लाइडिङ दुर्घटनामा निधन भएको थियो । स्पोर्ट्स अवार्डमा कुल सात विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक र वर्ष उदीयमान खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गङ्गाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा पर्नुभएको छ ।
वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहनुभएको छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् ।
उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी मनोनयनमा पर्नुभएको छ । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका नीरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार हुनुहुन्छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन्् ।
उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो । मञ्चले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा गरिसकेको छ । स्पोर्ट्स अवार्डका लागि रु ३२ लाख २५ हजार खर्च लाग्ने अनुमान मञ्चको छ । सरकारी तथा निजी क्षेत्रबाट सहयोग रकम जुटाएर कार्यक्रम सम्पन्न गरिने मञ्चका कोषाध्यक्ष कविता घर्तीमगरले बताउनुभयो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला