
१रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
३नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
४प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
५सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
६‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
७कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१०लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
११भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, २१ वैशाख । गण्डकी प्रदेश सरकारको विशेष सहयोगमा हुने पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही वैशाख २३ गते पोखरा सभागृहमा हुने अवार्ड वितरण कार्यक्रमको आवश्यक सम्पूर्ण तयारीका काम सकिएको मञ्चले आज पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।
यसैगरी अवार्डको ट्रफीसमेत सार्वजनिक गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्वअध्यक्षद्वय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले ट्रफी सार्वजनिक गर्नुभयो ।
मञ्चले वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबको अवार्ड कास्की जिल्ला ह्याण्डबल सङ्घलाई प्रदान गर्ने घोषणा गरेको छ । गत वर्ष पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ह्याण्डबल खेलतर्फ प्राप्त गरेको सफलताका आधारमा सो अवार्ड प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष बरालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदमा ह्याडबलतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन बन्यो । अधिकांश कास्कीका खेलाडीले सो उपलब्धि प्राप्त गर्दा सङ्घको ठूलो मेहनत रहेको छ । भौतिक पूर्वाधारतर्फ समेत ह्याडबल सङ्घ अब्बल रह्यो । सोही आधारमा अवार्ड दिने निर्णय गरेका हौँ ।”
उत्कृष्ट खेल सङ्घको अवार्ड विजेताले रु ३५ हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन हुनुभएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै ‘कीर्तिशेष’ सम्मान अर्पण गरिने मञ्चले जनाएको छ ।
निसिमको राष्ट्रिय खेलकुदमा भाग लिएकै बेला पोखराको सराङकोटमा प्याराग्लाइडिङ दुर्घटनामा निधन भएको थियो । स्पोर्ट्स अवार्डमा कुल सात विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक र वर्ष उदीयमान खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गङ्गाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा पर्नुभएको छ ।
वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहनुभएको छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् ।
उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी मनोनयनमा पर्नुभएको छ । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका नीरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार हुनुहुन्छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन्् ।
उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो । मञ्चले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा गरिसकेको छ । स्पोर्ट्स अवार्डका लागि रु ३२ लाख २५ हजार खर्च लाग्ने अनुमान मञ्चको छ । सरकारी तथा निजी क्षेत्रबाट सहयोग रकम जुटाएर कार्यक्रम सम्पन्न गरिने मञ्चका कोषाध्यक्ष कविता घर्तीमगरले बताउनुभयो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !