
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
पोखरा, ३ फागुन । ठगी धन्दामा सक्रिय रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका कानुन व्यवसायी कमलप्रसाद अर्याललाई आज मंगलबार पक्राउ गरेको छ । मुद्दा हारेर पनि जितेको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्द्रुकका रामबहादुर दमैसँग कानुन व्यवसायी अर्यालले झुटो बोल्दै रकम असुलेका थिए ।
आफू ठगिएको थाहा पाएपछि पीडित दमैले सोमबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा वकिल अर्यालका विरुद्धमा ठगी मुद्दामा जाहेरी दिएका थिए । प्रहरीमा दिईएको जाहेरीमा वकिल अर्यालले ठगी गर्ने क्रममा फैसलाको छायाँ प्रति लिदाँ पनि दुईहजार भन्दा बढि रकम असुल्ने गरेको आरोप लागेको छ ।
कास्की प्रहरीले कानुन व्यवसायी अर्याललाई पक्राउका लागि कास्की जिल्ला अदालतबाट आदेश लिदैं आज मंगलबार साँझ पोखरा–१७ पार्दीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

नेकपा एमालेको राजनीतिक संरक्षण प्राप्त कानुन व्यवसायी कमलप्रसाद अर्याल यस्ता घटनाहरुमा पटक–पटक मुछिदैं र विवादित बन्दै आईरहेका पात्र हुन् ।
गत असोज ७ गते कास्की जिल्ला अदालतले भैंसी रामबहादुर दमैको नभएको फैसला गरेको थियो । दमैको तर्फबाट बहस गरेका अर्यालले बहस गर्नुभन्दा अघि ५ हजार र बहसपछि मुद्दा जितेको भन्दै थप ५ हजार रुपैयाँ मागेका थिए । मुद्दा जितेकोमा दमैलाई बधाई दिदैं ढाप मारेका वकिल अर्यालले फैसलाको छायाँकपि दिन पनि दमैका आफन्तसँग दुईहजार रुपैयाँ असुलेका थिए । तर अदालतको आदेश पढ्दै जाँदा आफूले मुद्दा हारेको र वकिल अर्यालबाट आफू ठगिएको थाहा पाएपछि दमैले प्रहरीमा उजुरी गरेका थिए ।
दमैका अनुसार त्यसबेला मुद्दा जितेको कागज माग्दा अर्यालले ३५ दिनपछि मात्रै पाइने भनेर झुलाएका थिए । त्यस अवधिपछि लकडाउनको हल्लाले दमैले अदालतको फैसला समेत हेर्न नै आएनन् । मंसिर अन्तिम साता फैसलाको कागज माग्दा अर्यालले ‘तपाइँ टाढाबाट किन दुख पाउनुहुन्छ, कोही आफन्त भए पठाइदिनू’ भनेका थिए ।
दमैले एकजना आफन्तलाई अर्यालसँग फैसलाको छायाँ प्रति लिन पठाउँदा २ हजार रुपैयाँ राजस्व लाग्ने भन्दै अर्यालले पैसा लिएका थिए । ‘बहस गर्नुभन्दा अघि ५ हजार र बहसपछि मुद्दा जितेको भन्दै थप ५ हजार मागेपछि दिएँ’ दमैले भने, ‘अदालतको आदेश पढ्दै जाँदा आफूले मुद्दा हारेको थाहा भयो। अनि ठगिएछु भनेर जाहेरी दिएको हुँ ।’
आफूले मुद्दा हारेको थाहा पाएपछि अर्यालसँग सम्पर्क गर्दा न्यायाधीशले टाउको हल्लाएकाले जितियो भनेर ठानेको र उच्च अदालतमा जान सकिने प्रतिक्रिया दिएको दमैले बताए । उनले अर्याललाई २३ हजार रुपैयाँ विभिन्न शुल्कवापत दिएको भए पनि जाहेरीमा भने २१ हजार मात्रै जनाएको बताए । अर्याललाई बुधबार जिल्ला अदालत कास्कीमा ठगी सम्बन्धी मुद्दामा म्याद थपको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
के थियो भैंसी धनी विवाद ?
रामबहादुर दमैले २०७६ जेठमा आफ्ना १–१ वर्षका दुईवटा पाडा मोक्यु लेकको गोठमा पु¥याई । दाइ सुकबहादुरले व्यवसायिक गाइभैंसीपालन गरेकोले उनकै गोठमा रामबहादुरले पाडा छोडेका थिए । घान्द्रुकका लेकमा चर्दाचर्दै सोही वर्षको फागुनमा दुवै पाडा हराए । २०७८ असारको अन्तिम साता उनले अन्नपूर्ण–८ दाङसिङको थमडाँडामा २ वटा नयाँ पाडा देखापरेको खबर पाए ।
बर्खा भएकोले उतिबेलै जान सकेनन् । साउन ६ मा उनी छोरालाई लिएर थमडाँडा पुग्दा थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपंछी फार्ममा २ पाडा भेटिए । उनले आफ्नो भैंसी भन्दै गोठालासँग दाम्लो मागेर भैंसी लिएर घर फर्के । त्यसको एक सातापछि फर्मका सञ्चालक रामप्रसाद ढुंगाना, दिनेश गुरुङलगायत रामबहादुरकहाँ पुगेर भैंसी आफ्नो भएकोले फिर्ता दिन भने ।
माघ १० मा दुई भैंसी लामखेतका सविन तिवारीसँग ५३ हजार रुपैयाँमा किनेको उनीहरूले बताएका थिए । घान्द्रुकस्थित प्रहरी चौकी र स्थानीय भद्रभलाद्मीसहित दुई पक्षबीच छलफल भयो । भैंसी कसको भन्ने टुंगो लागेन । ढुंगानासहितको टोली गाउँपालिकाकै वीरेठाँटी चौकीमा पुग्दा प्रहरीले वडा प्रहरी कार्यालय बगर पोखरा जान भन्यो । कोरोना कहरका कारण बगरमा छलफल हुन नसकेपछि गाउँमै मिलाउन भन्दै फर्काइयो । फर्म सञ्चालकले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ संयोजक रहेको न्यायिक समितिले भैसी ढुंगानाको रहेको निर्णय गरिदियो ।
न्यायिक समितिको निर्णय चित्त नबुझेपछि रामबहादुरले २०७७ असोज २१ मा उक्त निर्णय बदरको माग गर्दै कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए । तर अदालतले पनि न्यायिक समितिकै निर्णयलाई सदर गरिदिएको थियो । (कान्तिपुर दैनिकमा प्रकाशित समाचारको सहयोगमा)
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !