
१अख्तियारको शंकास्पद भूमिका : फरार अभियुक्तलाई ‘सरकारी साक्षी’ बनाउँदैं गराइयो बकपत्र
२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा । दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने भएको छ ।
चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेका हुन् । मङ्गलबार माछापुच्छ्रे गाउँपालिका वडा नं ७, ८ र ९ का वडाध्यक्षहरु, पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकार भएकाहरुको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्र्ने निर्णय गरिएको माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिका सचिव कुलप्रसाद अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो-‘अन्यत्रका पदयात्रा बन्द भएपछि दशैँपछि मर्दी र माछापुच्छ्रेमा पदयात्री उल्लेख्य बढेका छन्, सङ्क्रमण बढी भएका जिल्लाबाट समेत मानिसहरु आएपछि जोखिम कम गर्न पिसीआर रिपोर्ट अनिवार्य गरेका हौँ ।’ विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुच्छ्रेमा आन्तरिक पर्यटकको भीड बढेको हो ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले भीडभाड बढेपछि अत्यधिक जनदवाब आएकाले स्थानीयवासी, पदयात्री तथा व्यवसायीलाई सुरक्षित राख्ने प्रयास गरिएको बताउनुभयो । मर्दी पदयात्रामा धम्पुस, घलेल, सिदिङ, कालिमाटीलगायतका बस्तीहरु पर्ने र स्थानीयवासीले असुरक्षित महसुस गरेपछि पिसीआर अनिवार्य गरिएको उहाँको भनाइ छ ।
वडाध्यक्ष दवाडीले भन्नुभयो-‘सीमा जोडिएका जिल्लादेखि अत्यधिक सङ्क्रमण भएका स्थानबाट समेत मानिस पदयात्रामा आएका छन्, जसले गर्दा कोही पनि सुरक्षित भएको महसुस भएन । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई सबैले पालना गर्न भनेका हौँ ।’ विभिन्न स्थानमा रहेका पर्यटन व्यवसायी समितिसँगै भिँडाबारी र धम्पुस प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत पदयात्रीको निगरानीमा परिचालन गर्ने योजना बनाइएको छ ।
मर्दी हिमाल पदयात्रा पछिल्ला वर्षहरुमा पर्यटकको गन्तव्य बनेको छ । मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङ तथा माछापुच्छ्रे कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ । माछापुच्छ्रे नमूना पैदलमार्ग माछापुच्छ्रे गाउँपालिका–९ को सिदिङबाट शुरु हुन्छ । सिदिङसहित रिभान, लाहाचोक, घाचोक तथा साविक माछापुच्छ्रे गाविसबाट समेत यस पदयात्रा गर्न सकिन्छ । रासस
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव