
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
काठमाडौं, २३ माघ । ललितपुरको थेचो र मोरङको धनपालथानमा शव भेटिएका तीन व्यापारीको हत्या ३१ वर्षीय युवकको महत्वाकांक्षाले भएको खुलेको छ । रातारात धनी बन्ने महत्वाकांक्षाका कारण सिराहा नगरपालिका– ११ का अनिलकुमार मण्डलले आफ्नै योजनाअनुसार तीनजनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
अनिलको समूहले २८ मंसिरमा हत्या गरेको तेह्रथुम संक्रान्ति गाउँपालिका– २ का मोहन लिम्बूको शव बिहीबार ललितपुरको थेचोमा भेटिएको थियो । त्यस्तै, ५ र ७ पुसमा हत्या गरिएका सुनसरी धरान उपमहानगरपालिका– ३ का राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका– ४ का शम्भु चौधरीको शव १२ र १३ माघमा मोरङको धनपालथानस्थित उखुबारीमा भेटिएको थियो । क्रमशः ६३, ४८ र ३२ वर्षका उनीहरू तीनैजना घरजग्गालगायत विभिन्न व्यापारमा साझेदार थिए ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार अनिल पुल्चोक इन्जिनियरिङ क्याम्पसका ‘ड्रप आउट’ विद्यार्थी हुन् । फुर्मासी स्वभावका उनमा जसरी पनि धन आर्जन गर्ने महत्वाकांक्षा थियो । बल्खुमा फ्ल्याट लिएर युवतीसँग लिभिङ टुगेदरमा बस्थे । पैसा कमाउने लोभमा दौडिएका उनलाई ललितपुरको हरिसिद्धिस्थित करिब २५ रोपनी जग्गाले अपराधतिर डोहो¥यायो ।
उक्त जग्गा बैंकले लिलाम गर्न खोजेको थियो । लिलामबाट जोगाउन जग्गाधनीलाई ३५ करोड आवश्यक थियो । यहीबीचमा जग्गाधनी र अनिलबीच चिनजान भयो । अनिलले लिलाम हुनबाट रोकिदिने र ब्याजमा पैसा पनि मिलाइदिने आश्वासन दिए । अनिलको सम्बन्ध मोहनसँग पहिल्यै थियो । उनले जग्गाको विषय मोहनसँग राखे । मोहनले आफ्ना साझेदार राजेन्द्र र शम्भुसम्म यो कुरा पु¥याए । शम्भु जग्गाधनीलाई ३५ करोड दिन तयार भए, तर जग्गा आफ्नो नाममा पास गर्ने सर्तमा । छलफलका क्रममा अनिलले प्रश्न गरे– त्यसो भए मलाईचाहिँ के फाइदा त ? उनलाई तीन प्रतिशत कमिसन दिने सहमति भयो । तर, उनले उक्त जग्गाको बैंकले ५५ करोड मूल्यांकन गर्ने बताए । जग्गाधनीलाई ३५ करोड मात्रै आवश्यक थियो । बीचको २० करोडको पनि कमिसन खाने अनिलको दाउ थियो । अनिलको दाउ थाहा पाएपछि शम्भुले सीधै जग्गाधनीसँग सम्पर्क गर्न थाले । यो थाहा पाएपछि अनिललाई चित्त बुझेन । यहीँबाट निम्तिएको समस्याले परिस्थितिलाई हत्यासम्म पु¥यायो ।
‘एउटै व्यक्तिको योजनामा तीनजनाको हत्या भएको छ । यो विरलै हुने घटनामा पर्छ । यसका पछाडि व्यक्ति हुर्किएको सामाजिक र आर्थिक वातावरण बुझ्नुपर्ने हुन्छ,’ महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवर भन्छन्, ‘अनिलकुमार बोर्डर क्षेत्रको वातावरणमा हुर्किएको देखिन्छ । बोर्डर स्वाभाविक रूपले धेरै अपराध हुने क्षेत्रमा पर्छ । त्यस्तै, आर्थिक गतिविधि पनि त्यही क्षेत्रमा धेरै हुने गर्छ । छोटो अवधिमा मालामाल हुने व्यक्ति कतिपय युवाका रोलमोडल बन्ने गर्छन् । व्यक्तिको मनोविज्ञान यस्तै फ्रेमभित्र तयार हुने हुन् । जसले व्यक्तिलाई महत्वाकांक्षी बनाउँछ । महत्वाकांक्षा पूरा गर्न मानिस जस्तोसुकै कदम चाल्न पछि पर्दैन । अनिलकुमार पनि आफूभित्र हुर्किएको सोही महत्वाकांक्षा पूरा गर्न यो हदमा उत्रिएको जस्तो देखिन्छ ।’
प्रहरीले हत्याका मुख्य योजनाकार अनिलकुमारसहित पाँचजनालाई पक्राउ गरेको छ । अनिलसहित मोरङ धनपालथान गाउँपालिका– ७ कमलपुरका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका– ४ सिसबनीका २९ वर्षीय अमित साह भनिने दीनानाथ सोनारलाई मोरङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ परेका अन्य दुईजनालाई भने सार्वजनिक गरेको छैन । अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, धनपालथान घटनास्थलबाट खाल्डो खन्न प्रयोग भएको कोदालो, शव छिटो गलाउन प्रयोग गर्न लगिएको ६ प्याकेट नुन पनि बरामद गरेको छ ।
उनीहरूको हत्याका लागि सुपारीस्वरूप १५ देखि २० लाखसम्म खर्च गरेको एसपी कुँवरले बताए । ‘हत्याको मुख्य कारण आर्थिक रहेकामा शंका रहेन । यसको विस्तृत अनुसन्धान जिप्रका मोरङले गरिरहेको छ । सुन्नमा आएअनुसार तीनजनाको हत्याका लागि यिनीहरूले १५ देखि २० लाख रुपैयाँ खर्च गरेजस्तो देखिन्छ । यद्यपि, अनुसन्धान जारी छ ।’
अनिलको बल्खुस्थित कोठामा बसेर हत्या योजना, भारतीयको समेत प्रयोग
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा भारतीय नागरिक पनि प्रयोग भएका थिए । यसका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ खर्च दिने भनिएको थियो । जसमध्ये प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले उनीहरूलाई अग्रिम भुक्तानी दिइसकेको थियो । रकम पाउने भएपछि भारतीय नागरिकसहितको टोली महिना दिनअघि नै काठमाडौं आएको थियो । प्रहरीका अनुसार उनीहरू बल्खुस्थित अनिलको कोठामा बसेको अनुसन्धानमा खुलेको छ । हत्याको योजना उनीहरूले सोही कोठामा बसेर बनाएका थिए । तर, अनिलकी गर्लफ्रेन्डलाई यसबारे पत्तो दिएका थिएनन् ।
मोहन, राजेन्द्रकुमार र शम्भुबीच व्यापारिक सम्बन्ध रहेकाले घटना लुकाउन बेग्लाबेग्लै ठाउँमा हत्या गर्ने योजना बनाए । एकै ठाउँमा हत्या गर्दा शव व्यवस्थापन गर्न समस्या हुने र पोल खुल्ने डर थियो । उनीहरूले ललितपुरको गोदावरी– १२ को थेचोस्थित प्रदीपकुमार थापामगरको घर प्रतिमहिना ३० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिए ।
प्रहरीका अनुसार अनिलले मोहनलाई त्यही घरमा २८ मंसिरमा बोलाए । मोहनलाई त्यहीँ छाडेर उनी सुटक्क घरबाट बाहिरिए । लगत्तै घरमा अन्य अपरिचित नासिर, दीनानाथसहितको टोली प्रवेश ग¥यो । मोहनकुमारलाई सबैले समाते । भुइँमा लडाए । अनि नाइलनको डोरीले घाँटी कसे । मोहनको ज्यान गएपछि शव व्यवस्थापनका लागि कोठाभित्रै खाल्डो खन्ने प्रयास भयो । तर, भुइँको प्लास्टर फोड्दा योजना असफल हुने देखिएपछि घरकै पछाडि सानो खाली जग्गामा खाल्डो खनेर हाले । शवलाई सिरक र डस्नाले गुटुमुटु पारेर हालेपछि माथिबाट सिमेन्टले प्लास्टर गरिदिएका थिए ।
मोहनको हत्यालगत्तै राजेन्द्र र शम्भुलाई छुट्टाछुट्टै मोरङ बोलाए । घटनामा संलग्न अनिलसहितको टोली गाडी रिजर्भ गरे मोरङ पुगेको थियो । एक रात विराटनगरस्थित रत्न होटेलमा बसेका उनीहरूले राजेन्द्र र शम्भुलाई सँगै भेटे । अनिलले मोहन र जग्गाधनी पनि सँगै आउने भनेका थिए । तर, मोहनलाई नदेखेपछि राजेन्द्र र शम्भुले खोजी गरे । अनिलले मोहन केही दिनमै आउने भन्दै राजेन्द्र र शम्भुलाई थमथमाएर हत्या गर्ने योजना बनाए । उनीहरूको हत्या गरेर शव व्यवस्थापन गर्ने ठाउँ मोरङको धनपालथान बोर्डिङ टोलस्थित उखुबारी पहिचान भएपछि ५ पुसमा राजेन्द्रलाई सुटुक्क उखुबारीआसपास बोलाए । घाँटीमा डोरीले कसे । अनि खाल्डो खनेर उखुबारीमा गाडे । त्यसको पर्सिपल्ट शम्भुलाई सोही ठाउँमा बोलाएर त्यसरी नै हत्या गरी शव व्यवस्थापन गरे । योजना सफल भएपछि सबै आ–आफ्नो बाटो लागेका थिए ।
घटनाको सम्बन्धमा महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला भन्छन्, ‘हत्याका लागि यिनीहरूले लामो तयारी गरेको देखिन्छ । ज–जसको हत्या भयो उनीहरू एक–आपसमा परिचित व्यक्तिहरू हुन् । तर, हत्या गर्न फरक–फरक मिति र ठाउँ प्रयोग भएको देखिन्छ ।’
अनिलकुमारले आफ्नो अपराधको पोल आफैँ खोले
मोरङमा राजेन्द्रकुमार र शम्भुको हत्यापछि अनिलकुमार सीधै काठमाडौं फर्किए । योजना सफल भएपछि आफ्नो नियमित काममा व्यस्त हुन थाले । उता १२ र १३ माघमा मोरङको धनपालथानस्थित उखुबारीमा राजेन्द्र र शम्भुको शव बरामद भयो । हत्यामा संलग्नबारे भेउ नपाउँदा प्रहरी रनभुल्लमा थियो ।
यही क्रममा अनिलकुमारले काठमाडौंबाटै जिप्रका मोरङमा ‘हत्या गरिएका राजेन्द्र र शम्भु’लाई चिनेको व्यहोरा लेखिएको कुरियर गरे । पत्र ठेगानामा पुग्यो । पत्र पढेपछि प्रहरीले अनिलमाथि नै शंका ग¥यो । अनुसन्धानका लागि काठमाडौं आइपुग्यो । महानगरीय अपराध महाशाखाको सहयोगमा अनिलको खोजी ग¥यो । अन्ततः अनिल पक्राउ परे । अनुसन्धानमा उनी नै मुख्य योजनाकार भएको पनि खुल्यो ।
हत्या योजना र योजनाकार पत्ता लागे पनि कारोबार भने अझै ‘हाइड’
प्रहरीले तीन व्यवसायीको हत्या गर्ने मुख्य योजनाकार र गिरोहका दुई सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका थप दुईजनाबारे अहिलेसम्म केही खुलाएको छैन । प्रहरीले तीन व्यापारीको कारोबारको विषय पनि ‘गोप्य’ नै राखेको छ ।
घरजग्गा, निर्माण, उद्योगदेखि हाइड्रोपावरसम्म लगानी गरेको भनिएका उनीहरूको कारोबार करोडौँमा रहेको प्रहरीको भनाइ छ । तर, उनीहरूको कारोबार वैध वा अवैध कस्तो प्रकारको थियो त्यो प्रहरीले खुलाउन चाहेको छैन ।
‘लगानीको प्रतिफल एकलौटी बनाउन साझेदारहरूको प्लान मर्डर भएको र उनीहरूको लगानी करोडौँमा रहेको प्रस्ट हुन्छ । तर, लगानी वैध–अवैध के–कस्तो हो त्यो हामीले पनि पत्तो लगाइसकेका छैनौँ, अनुसन्धान गर्दै छौँ,’ मोरङका एसपी जनार्दन जिसीले भने । उनका अनुसार पक्राउ परेका मुख्य योजनाकार अनिलकुमार पनि विभिन्न कम्पनीका सञ्चालक र सिइओ भएको खुलेको छ । -नयाँ पत्रिका
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन