
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
काठमाडौँ, २५ मङ्सिर । नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवद्र्धन अघि बढाउन सके दुवै देशलाई फाइदा पुग्ने उनीहरुको धारणा छ । एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तर्राष्ट्रिय कन्भेन्सनमा बोल्ने वक्ताहरले सो कुरामा जोड दिएका हुन् ।
सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बौद्ध धर्मको दुई हजार ५६६ वर्ष र यसको सान्दर्भिकता विषयक छलफल पनि आयोजना गरिएको छ ।
सम्मेलनको उद्घाटन गर्दै भारत दिल्लीका महिला बालबालिका, अल्पसङ्ख्यक तथा समाज कल्याणमन्त्री राजेन्द्रपाल गौतमले नेपाल भारतबीच पर्यटनको अथाह सम्भावना रहेकाले यसलाई आपसी सहकार्यमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले बुद्धसँग सम्बन्धित विषयहरु नेपाल र भारत दुवै देशसँग जोडिएकाले पनि धार्मिक पर्यटनका लागि आपसी सहकार्य आवश्यक भएको र यसबाट दुवै देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने धारणा राख्नुभएको नेपाल पर्यटन बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेले बुद्धजन्मस्थल नेपालमा रहेको र त्यसपछिका स्थानहरु भारतमा रहेकाले सहकार्य गरेर काम गर्न सकेमा धार्मिक पर्यटनलाई अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा रहेकाले उक्त विमानस्थल सञ्चालमा आएपछि बुद्धसँग सम्बन्धित धार्मिक पर्यटन बढ्ने अपेक्षा गर्नुभयो ।
नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बुद्धसँग सम्बन्धित रहेर काम गर्ने गरी नेपालले समेत आउने मार्चमा लुम्बिनीमा बुद्धिष्ट टार्वल मार्ट आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले बुद्ध नेपालमा जन्मेको प्रमाण हुँदाहुँदै बुद्धजन्मस्थलबारे बेलाबेलामा हुने भ्रम चिर्न र पर्यटकलाई सही जानकारी दिन भारतीय टुर अपरेटर तथा सरोकारवालालाई आग्रह गर्नुभयो ।
यस्तै टे«किङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल टानका महासचिव सरिता लामाले नेपाल भारतबीच बुद्ध धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यसबाट दुई देशले फाइदा लिने गरी मिलेर काम गर्न आग्रह गर्नुभयो
होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सिपी श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनी र भारतमा रहेका बुद्धसाइटहरुलाई समेटेर बुद्ध सर्किट बनाएर विश्व समुदायमा यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कलकत्ता पर्यटनका एसिस्टेन्ट डाइरेक्टर बिबी मुखर्जी,बिर्गेडियर जनरल वीरेन्द्र सिंह, भारतीय रेलवेका रजिष्ट्रार अस्मिता सिंह लगायतले नेपाल भारत बीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिन सुझाउनुभयो । मङ्सिर २४ देखि २६ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नाका साथै बी टू बी सेसन पनि आयोजना गरिने अब्टोका महासचिव डा कौलेश कुमारले जानकारी दिनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की