
१रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
७घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
काठमाडौँ, २५ मङ्सिर । नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवद्र्धन अघि बढाउन सके दुवै देशलाई फाइदा पुग्ने उनीहरुको धारणा छ । एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तर्राष्ट्रिय कन्भेन्सनमा बोल्ने वक्ताहरले सो कुरामा जोड दिएका हुन् ।
सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बौद्ध धर्मको दुई हजार ५६६ वर्ष र यसको सान्दर्भिकता विषयक छलफल पनि आयोजना गरिएको छ ।
सम्मेलनको उद्घाटन गर्दै भारत दिल्लीका महिला बालबालिका, अल्पसङ्ख्यक तथा समाज कल्याणमन्त्री राजेन्द्रपाल गौतमले नेपाल भारतबीच पर्यटनको अथाह सम्भावना रहेकाले यसलाई आपसी सहकार्यमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले बुद्धसँग सम्बन्धित विषयहरु नेपाल र भारत दुवै देशसँग जोडिएकाले पनि धार्मिक पर्यटनका लागि आपसी सहकार्य आवश्यक भएको र यसबाट दुवै देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने धारणा राख्नुभएको नेपाल पर्यटन बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेले बुद्धजन्मस्थल नेपालमा रहेको र त्यसपछिका स्थानहरु भारतमा रहेकाले सहकार्य गरेर काम गर्न सकेमा धार्मिक पर्यटनलाई अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा रहेकाले उक्त विमानस्थल सञ्चालमा आएपछि बुद्धसँग सम्बन्धित धार्मिक पर्यटन बढ्ने अपेक्षा गर्नुभयो ।
नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बुद्धसँग सम्बन्धित रहेर काम गर्ने गरी नेपालले समेत आउने मार्चमा लुम्बिनीमा बुद्धिष्ट टार्वल मार्ट आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले बुद्ध नेपालमा जन्मेको प्रमाण हुँदाहुँदै बुद्धजन्मस्थलबारे बेलाबेलामा हुने भ्रम चिर्न र पर्यटकलाई सही जानकारी दिन भारतीय टुर अपरेटर तथा सरोकारवालालाई आग्रह गर्नुभयो ।
यस्तै टे«किङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल टानका महासचिव सरिता लामाले नेपाल भारतबीच बुद्ध धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यसबाट दुई देशले फाइदा लिने गरी मिलेर काम गर्न आग्रह गर्नुभयो
होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सिपी श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनी र भारतमा रहेका बुद्धसाइटहरुलाई समेटेर बुद्ध सर्किट बनाएर विश्व समुदायमा यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कलकत्ता पर्यटनका एसिस्टेन्ट डाइरेक्टर बिबी मुखर्जी,बिर्गेडियर जनरल वीरेन्द्र सिंह, भारतीय रेलवेका रजिष्ट्रार अस्मिता सिंह लगायतले नेपाल भारत बीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिन सुझाउनुभयो । मङ्सिर २४ देखि २६ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नाका साथै बी टू बी सेसन पनि आयोजना गरिने अब्टोका महासचिव डा कौलेश कुमारले जानकारी दिनुभयो ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन