News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

टोपबहादुर रायमाझी निलम्बित

काठमाडौँ, २७ वैशाख । नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेकाे अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उहाँलाई पदबाट निलम्बन […]

तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाडाैँ, २७ वैशाख । तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा […]

‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’

काठमाडौँ, २७ वैशाख । सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भन्नुभयो, “म भ्रष्टाचार […]

‘सरकारले राम्रा काम मात्रै गर्छ’ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताउनुभएको छ । वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]

‘शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन’ : सांसद गगन थापा

काठमाडौँ, २७ वैशाख । सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको […]

‘भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो’ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि […]

गण्डकीमा कुन दललाई कति मन्त्रालय ?

पोखरा, २६ वैशाख । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा […]

‘एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन’ : अध्यक्ष ओली

काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई आज यहाँ सम्बोधन […]

शरणार्थी प्रकरण : गम्भीर छानबिन माग सांसदको माग

काठमाडौँ, २५ वैशाख । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राख्नुभएको छ । सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी […]

अमेरिकी राजदूतको चीनको नयाँ संशोधित प्रति-जासुसी कानूनको बारेमा चिन्ता

बेइजिङ, २४ वैशाख । चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले बेइजिङलाई नयाँ-संशोधित प्रतिजासुसी कानूनलाई स्पष्ट पार्न आग्रह गरेका छन् । संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई […]