
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
तारानाथ आचार्य
बलेवा । बागलुङ नगरपालिका–१३ पैञ्युपाटास्थित पहरेलेक प्याराग्लाइडिङ गर्न उपयुक्त ठाउँको रुपमा छनोट भएको छ ।
यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाइडिङका लागि यो उपयुक्त ठाउँ भएको हो । स्थानीयवासीका अनुसार प्राकृतिक दृष्य पोखराको भन्दा कम छैन, हिमालको दृष्य पनि यहाँबाट सुन्दर देखिन्छ । त्यसैले प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी यहाँ पूर्वाधार निर्माण थालिएको छ ।
“पहरे प्राकृतिक थलो हो, यसको उपयोग गरेर प्याराग्लाइडिङ चलाउँदा बलेवाको पर्यटनमा फड्को मार्न सकिन्छ”, प्याराग्लाइडिङका लागि पूर्वाधार बनाउन बनेको उपभोक्ता समितिका सचिव भरत पौडेलले भन्नुभयो, “कालीगण्डकीको तिरदेखि भकुण्डेको शिरसम्मका प्रकृतिका उपहार उपयोग गर्दैछौँ ।”
हावाको बेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको सचिव पौडेलको भनाइ छ । बागलुङ नगरपालिका–६ स्थित एउटा पहाडमा घुम्न पुगेका युवाले बुद्धको आकृति देखेपछि प्रचार थाले ।
पछिल्लो समय बुद्ध हिलको नामले चर्चा पाएको पहाडमा पुग्ने आन्तरिक पर्यटक बढ्दै छन् । वडा कार्यालयले बुद्ध हिलमा पुग्ने पदमार्ग निर्माणमा चासो देखाएको छ । तस्बिर खिच्दा देखिने आकृतिले आन्तरिक पर्यटक मोहित भएको वडाध्यक्ष खेमराज सापकोटाले बताउनुभयो ।
काठेखोला गाउँपालिका–७ रेशमा स्थित माहुरी झरना पछिल्लो समय चर्चामा छ । रेश खोलामा पर्ने झरना हिजो पनि थियो तर प्रचार थिएन । पछिल्लो समय माहुरी झरनाको प्रचार शुरु भएको छ । स्थानीय युवाकै सक्रियतामा थालिएको प्रचारले मूर्तरुप मात्रै लिएको छैन, झरना पुग्न पदमार्गको निर्माणमा वडा कार्यालयले लगानी गरेको छ ।
स्थानीयवासीले उपभोक्ता समूह बनाएर पदमार्गका लागि श्रमदान गरेका छन् । झरनाको प्रचारप्रसार र यहाँ आउने पर्यटकका कारण रेशका स्थानीयवासीको आम्दानीसँग जोडिने वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । खहरेमा बगिरहेको पानीकोे सुन्दरताले रेशको पर्यटनमा प्रभाव पार्ने प्रचुर सम्भावना छ । व्यवसायी युवा राजु कार्की र उहाँको परिवारको सक्रियतामा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा बञ्जीजम्प शुरु भएको छ ।
कालीगण्डकीको खोँच र धौलागिरि हिम शृङ्खलाको उपयोग गर्दै बञ्जी चलाउने प्रयत्न भइरहेको छ । रु २० करोड लगानीमा रिसोर्टसहित बनेको बञ्जीले प्रकृतिको सौन्दर्यता, बलेवा तथा पर्वतको कुश्मा बजारमा आर्थिक क्रियाकलापमा टेवा पु¥याउने व्यवसायी कार्कीको भनाइ छ ।
बागलुङमा रहेको प्राकृतिक सम्पदाको उपयोग गरेर पर्यटनको विकास गर्ने होडबाजीनै चलेको छ । ढोरपाटन शिकार आरक्षको मनोरम दृष्यको प्रचार होस् अथवा घुम्टेको धुरी बागलुङमा प्रकृतिकरुपमै आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य छन् । “हामीले सम्भावनाको खोजी नगरेर मात्रै हो, प्रकृतिले दिएका उपहार धेरै छन्”, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले भन्नुभयो, “गाईघाटको झरना, डुडेलेक र घुम्टे पर्यटकका लागि हामीले विकास गर्न लागेका प्राकृतिक सम्पदा हुन् ।” ताराखोलाले वातारण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ तयार गरेर कार्यान्वयनमा ल्याएको छ ।
ती स्थानका अलवा बागलुङमा वडा, पालिका र जिल्ला तहमै प्राकृतिक सम्पदासँग जोडेर पर्यटनका काम भइरहेका छन् । ‘एक वडा एक पहिचानको कार्यक्रम बनाइएको छ’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो, “धार्मिक, प्राकृतिक सम्पदाको उपयोग गरेर पर्यटनको विकासका योजना छन् ।”
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ