
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, २० असोज । खेलकुदका माध्यमबाट नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पर्यटकीय राजधानी पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’को नारासहित हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलक चीनका खेलाडीले प्रतिस्पर्धा जनाउने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका दौडको आयोजक रहेका छन् । हिमालयन टुरिज्जम फोरमले कार्यान्वयन गर्ने प्रतियोगिता आगामी कात्तिक २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ भने उद्घाटन कात्तिक २४ गते बिहान हुनेछ । नेपालस्थित चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, सिल्क रोड सिटिज एलायन्सजस्ता संस्थाहरुले प्रतियोगितालाई सघाउने बताइन्छ ।
प्रतियोगिताका लागि चिनियाँ खेलाडी कात्तिक २२ गते कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानबाट आउने प्रतियोगिताका संयोजक एवं हिमालय टुरिज फोरमका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो । उहाँका अनुसार दौड, साइक्लिङ र बोटिङगरी ५० किलोमिटरको दूरी पार गर्नुपर्नेछ ।
प्रतियोगिहरूले टिम समूह, च्यालेञ्ज इन्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूह (जुनसुकै समूह) मा सहभागिता जनाउन सक्नेछन् । टिम समूहमा ३० वटा मिश्रित टिम रहने छन् । यसमा कम्तीमा एकविपरीत लिङ्गको सदस्य समेटिएको हुनुपर्ने आयोजकले जनाएको छ । टिम समूहमा ९० जना खेलाडीमध्ये १० चिनियाँ र २० नेपाली टोली हुनेछ । खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्ने हुन्छ ।
दौडका क्रममा खेलाडीले दुई हजार दुई सय ५८ मिटर उचाइ पार गर्नेछन् । टिम समूहमा प्रथमलाई रु चार लाख ५८ हजार पाँच सय, द्वितीयलाई रु तीन लाख ४३ हजार आठ सय, तृतीयलाई रु दुई लाख २९ हजार दुई, चौथोलाई रु एक लाख ५२ हजार आठ सय र पाँचौँ हुनेलाई रु ९५ हजार पाँच पुरस्कार प्रदान गरिने संयोजक पालिखेले जानकारी दिनुभयो ।
यसैगरी च्यालेञ्ज इन्डिभिजुअल समूहमा ८० जना चिनियाँ र एक सय २० नेपाली गरी दुई सय खेलाडी सहभागी हुनेछन् । यसमा ५० किलोमिटरको ट्रेलमा दुई हजार तीन सय ६६ मिटरको कूल उचाइ पार गर्नेछन् । च्यालेञ्ज समूहको शीर्ष १० पुरुष र महिला खेलाडीले नगद पुरस्कार, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यस विधामा प्रथम हुने पुरुष र महिलाले जनही रु एक लाख ५२ हजार आठ सय, द्वितीयले रु एक लाख १४ हजार छ सय र तृतीयलाई रु ७६ हजार चार सय नगद पुरस्कार पाउने छन् । विद्यार्थी दौडको पाँच किमी विजेताले महिला र पुरुषले जनही रु ३० हजार, द्वितीयले रु २५ हजार, तृतीयले रु २० हजार पुरस्कार पाउने छन् । विद्यार्थी दौडमा पाँच सय जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताले पोखरा र यस क्षेत्रको पर्यटन प्रवद्र्धन साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सहयोग पुग्ने प्रतियोगिता संयोजक पालिखेले बताउनुभयो । रासस
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान