
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २७ भदौ । विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जनालाई बुधबार सम्मान गरेको छ ।
१११ औं विपी जयन्तीको अवसरमा पारी आयोजित एक समारोहका बीच नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले उनीहरूलाई सम्मान गरेका हुन् । उनीहरूलाई जनही २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा दुर्गादत्त पौडेल (नवलपुर), तीलबहादुर गुरुङ (गोरखा), सानुमाया गुरुङ (लम्जुङ), बिद्धकुमार बतास (तनहुँ), राज घले (मनाङ), भोजराज भण्डारी (कास्की), वेदप्रकाश पनेरु (स्याङ्जा), रुद्रलाल उपाध्याय (पर्वत), गोविन्द कँडेल (बाग्लुङ), भैरवबहादुर हुमेल (म्याग्दी) र कृष्णप्रसाद बरुवाल (मुस्ताङ) रहेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री कोइरालाले विपीको चिन्तलाई आत्मसात गर्न सकेमा काँग्रेस कहिल्यै पनि कमजोर बन्न नपर्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले नै पाउनुुपर्छ भन्ने विचारका साथ स्थापित नेपाली काँग्रेसले विपीको आदर्शलाई भुल्न नहुने धारणा व्यक्त गरे ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विपीले तत्कालीन समयमा अघि सार्नुुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेका कारण काँग्रेस कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरे । स्थापनाकालीन आदर्शलाई व्यवहारमा उतार्दै अघि बढेमा काँग्रेस कसैसँग पनि झुक्न नपर्ने र सधैं जनताको विश्वास जितिरहने नेता शर्माको भनाई थियो ।
कार्यक्रमका सभापति एवम् विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोल (मधु)ले पुस्तकालयका तर्फबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न तबरले योगदान गरेका व्यक्तिहरूलाई वर्षेनी सम्मान गरिदै आईरहेको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.रघुराज काफ्लेले विपी कोइरालाः प्रजातान्त्रिक समाजवाद र नेपाली काँग्रेसको आर्थिक कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली काँग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ एवं सम्मानित व्यक्तिहरूले विपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको चर्चा गरेका थिए । पुस्तकालयका सचिव सूर्य क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले पुस्तकालयका सम्बन्धमा प्रकाश पार्दै धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर