
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, १३ भदौं । प्राइम बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवम् ठगी गरेको आरोपमा प्रहरीले दिपा कोइरालालाई बिहीबार पक्राउ गरेको छ । पोखरा–४ गैह्रापाटन बस्ने ५६ वर्षीय कोइरालालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले कोइरालालाई पक्राउ गरी अदालतमा बुझाईएको जानकारी दिएका छन् ।
पोखराको गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी ठगीमा विज्ञको वित्तीय छानबिन प्रतिवेदन र प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ लाख ८ हजार एकसय ४२ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो ।
प्राइमको ठगी प्रकरणमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारी कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारीसमेत संलग्न छन् । गत असार पहिलो साता अदालतले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने २ जना धरौटीमा रिहा भएका थिए ।
न्यायाधीश रामचन्द्र शर्माको इजलासले उक्त मुद्दाका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यस्तै, सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगरलाई पनि थुना पठाउने आदेश दिएको थियो । सोही दिन, सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरे १ लाख धरौटीमा रिहा भएका थिए । अझै ५० जनाभन्दा बढी फरार छन् ।
१ हजार ८ सय ६२ बचतकर्ता रहेको यस सहकारीमा ९ सय ९२ जनाले उजुरी दिएका थिए । २०६६ सालमा खुलेको यो सहकारीको कास्की, तनहुँ र गोरखा जिल्लामा कार्यक्षेत्र बिस्तार थियो ।
६६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता
सरकारी वकिलको कार्यालय कास्कीले इन्दिरा हेका ध्वजू (पोखरा–८), निरा श्रेष्ठ (पोखरा–१४), जसुदा पौडेल (पोखरा–१७), ईश्वर श्रेष्ठ (मोरङ, बिराटनगर महानगरपालिका वडा नं.–१), विनोद भण्डारी (पोखरा–३०), सन्जिव तिमिल्सिना (पोखरा–१४), ओम प्रकाश उपाध्याय (पोखरा–८), गुञ्जा थापा भण्डारी (पोखरा–३०), धनकुमारी गुरुङ (पोखरा–१४), रेशम प्रसाद रेग्मी (पोखरा–२७), जीवन सार्की (पोखरा–३), विरबहादुर थापा (पोखरा–४), कमला घले गुरुङ (पोखरा–१६), उदय बहादुर पराजुली (स्याङ्जा, वालिङ नगरपालिका वडा न.–११), दिपेन्द्र ढकाल (पोखरा–६), कुमार गोतामे (चितवन, रत्ननगर नगरपालिका वडा नं.–२), मनकुमारी सुनार (पोखरा–२९), केशरमाया विक (पोखरा–२९), रुपा विक (पोखरा–२९), केदार उप्रेती (धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.–१), अशोक भन्ने एकबहादुर थापा (पोखरा–१७), कृष्णबहादुर थापा (पोखरा–१७), राजकुमार अर्याल (पोखरा–१७), अग्निधर पौडेल (पोखरा–१७), सन्देशप्रसाद जोशी( बझाङ, जयपृथ्बी नगरपालिका वडा नं.–११), गंगाराम शर्मा (पोखरा–५), सन्दिप अर्याल (पोखरा–१७), अनन्त नागिला (पोखरा–१४) पार्वती कुमारी खड्का (पोखरा–१५), सुजन जोशी श्रेष्ठ (पोखरा–९), गणेशमोहन भट्टराई (पोखरा–२६), सिता कुमारी गुरुङ (पोखरा–८), स्वेता सापकोटा (पोखरा–१०), हुकुम पहाडी (भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं.–७), कमला श्रेष्ठ (पोखरा–१७), बद्रीनाथ अधिकारी (पोखरा–२६), चन्द्र बहादुर ठकुरी (काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं.–३), बालकृष्ण सुवेदी (पोखरा–२१), भोजनाथ सापकोटा (पोखरा–४), दिपा कोइराला (पोखरा–४), रामजी धजु (पोखरा–४), मनबहादुर गुरुङ ‘माने’ (पोखरा–८), रोशन महर्जन (पोखरा–१४), सन्तोषकुमार श्रेष्ठ (पोखरा–८), रविना जोशी (काठमाडौं, बुढानिलकण्ठ नगरपालिका वडा नं.-११), राजन परियार (पोखरा–३०), सूर्यप्रसाद बास्तोला (पोखरा–१), बाबुलाल पाण्डे (पोखरा–९), ईश्वरी ज्ञवाली (गुल्मी, छत्रकोट गाउँपालिका वडा नं.४), लक्ष्मी विक (पोखरा–२९), यामकुमारी मगर (पोखरा–२९), शंकरनारायण श्रेष्ठ (तनहुँ, व्यास नगरपालिका वडा नं.–१०), कृष्णबहादुर कार्की (पोखरा–१०), कमल पोखरेल (स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं.–८), सुरेन्द्रमणी पौडेल (पोखरा–२७), निरु थापा केसी (पोखरा–११), निदेशप्रसाद कोइराला (पोखरा–४), शंकर कार्की (पोखरा–१४), ईन्द्रप्रसाद बराल (पोखरा–१२), सुनिल थापा (पोखर–३०), उत्तम मगर (पोखरा–२९), कुलदिप भट्टराई (पोखरा–३०), सन्तोष घिमिरे (कास्की, रुपा गाउँपालिका वडा नं.–५), अनिल जोशी (पोखरा–१७) र सुकुर दिन मिया (पोखरा–१३) सहित ६६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता गरेको हो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ