News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

अवैध असुलीमा पक्राउ पुर्जी जारी भएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार

काठमाडौं, ४ मंसिर। मलेसिया जाने कामदारमाथि भएको ठगी र सो रकम विदेश पठाउन अनुमति दिइएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा आएका छन्। प्रहरीले उनलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको छ। अनुमति जारी भएपछि अर्याल भने फरार छन्।

अर्याल ०७९/८० मा श्रम मन्त्रालयका सचिव थिए। ०७९ मा शेरबहादुर कुँवर श्रममन्त्री हुँदा उनी मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए। त्यसबेला सहसचिव, सचिव हुँदै मन्त्रीसमक्ष प्रस्ताव पेस गरी बेस्टिनेट कम्पनीलाई पैसा पठाउन अनुमति दिने निर्णय भएको थियो। सोही आधारमा उनी पनि अनुसन्धानमा तानिएका हुन्।

अर्याल ०८१ मा मुख्यसचिव बनेका थिए र गत वर्ष अवकाश पाएका थिए। यसअघि ०७६ मा मन्त्री रहेका रामेश्वर राय यादवको कार्यकालका सचिव विनोद केसी र सहसचिव उमेश ढुंगाना पनि पक्राउ परिसकेका छन्।

त्यस्तै, शेरबहादुर कुँवर मन्त्री हुँदा ०७९ मा एकनारायण अर्याल सचिव र राजीव पोखरेल रोजगार व्यवस्थापन महाशाखाका प्रमुख थिए।

डनन्यूज ट्रेन्डिङ