
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
रोल्पा, ३० साउन । रोल्पाको पूर्वी क्षेत्रमा गएको पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। थबाङ र सुनछहरी गाउँपालिका शोकमा डुबेका छन्।
गत २७ गते बुधबार थबाङ गाउँपालिका–५ कोटलबारामा आएको पहिरोले एउटा बस्ती नै बगाएको थियो। उक्त घटनामा ११ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। घाइते दुई जनाको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
मृतकहरूमा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ८५ वर्षीया हस्तकला रोकामगर, ७ वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर, ८० वर्षीय बलबहादुर पुनमगर र ६१ वर्षीय लिलबहादुर पुनमगर रहेका छन्।
९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर बेपत्ता छन्। घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको उपचार जारी छ।
मृतक ७ वर्षीय अशोक पुनमगरका काका कृष्णले घटनाको पीडा यसरी सुनाए, “घर बाहिर अविरल वर्षा भइरहेको थियो। कोही खाना खाँदै थिए, कोही खाने तयारीमा थिए, कोही सुतिरहेका थिए। अचानक पहिरो आयो र अकालमै ज्यान गुमाउनुप¥यो। मनभरि पीडाको भारी छ। यो घटना हाम्रो मानसिकताबाट कहिल्यै मेटिने छैन।”
थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले भने, ‘यति ठूलो मानवीय र भौतिक क्षति हुन्छ भनेर हामीले कल्पनासमेत गरेका थिएनौं। दुःखद घटना घट्यो। मृतकप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।’
थबाङमा मात्रै पहिरोले ९ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्चसहित १३ वटा संरचना बगाएको थियो।
त्यसैगरी सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पनि पहिरो गएर चार जनाको मृत्यु भएको छ। मृतकहरूमा फलबाङका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र गिट्ठेका ६४ वर्षीय लामी घर्तीमगर रहेका छन्।
सुनछहरीका अध्यक्ष धनबहादुर पुनमगरले भने, ‘प्रकृतिले कहिले धोका दिन्छ, कसैलाई थाहा हुँदैन। यस घटनाले गाउँपालिकालाई मर्माहत बनाएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’ रोल्पामा बुधबार र बिहीबार गरी पहिरोमा परेर कुल १५ जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन् भने दुई जना घाइतेको उपचार भइरहेको छ। यस दुःखद घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गरी समवेदना व्यक्त गरेको छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय