
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन् । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएका बेँसीशहर नगरपालिका-११ स्याउत गाउँका सुरेशबाबु पाण्डेका सुन्तलाको बोटले केही वर्षदेखि फल दिन छाडेको छ । पन्ध्रसोह्र वर्षअघिदेखि चार सय रोपनीमा तीन सयभन्दा बढी बोटले फल दिँदै आएका थिए । त्यसबाट वर्षेनी रु तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेको थियो ।
केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भन्नुभयो, “अहिले त परिवारले खाने पनि सुन्तला छैन । सुन्तला सखाप भए पनि धान, मकैखेती गर्न थालिएको छ ।” गाउँमै सबैभन्दा पहिला करीब ४० वर्ष अघिदेखि नौ रोपनी क्षेत्रफलमा पाँच सयभन्दा बढी सुन्तलाका बोट लगाएर फल दिन थालेपछि वर्षेनी रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै परिवारको खर्चमा टेवा पुग्दै आएको थियो ।
पाँच वर्ष अघिदेखि सुन्तलाका बोटमा लागेको रोगका कारण मासिँदै जाँदा यतिबेला १९५ बोट मात्र बाँकी छ । यस वर्ष रु एक लाख जति मात्रै आम्दानी हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
उहाँहरुको मात्रै नभई गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको र केहीको मात्रै अलिअलि बाँकी छन् । बाह्र वर्षका बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको किसान उत्तमराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो “ठीक यही समयमा सुन्तला बगैँचा हेर्दै खाँदै किसानहरु आफूले लगाएको बारीको सुन्तला यो साल त यति लाखमा बेच्छु र त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुशी भएर बसेका हुन्थे ।” सुन्तला किसानले व्यापारीसँग राम्रो मूल्यमा बिक्री गर्दै आए पनि केही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको छ ।
विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रु चार लाखसम्म आम्दानी गर्नुभएका रमेशराज पन्तको आम्दानी वार्षिक रु ५० हजार पनि मुश्किलले हुने गरेको छ । धेरै स्याहारसुसार र मलजल गरेर मुश्किलले ३० बोट जोगाएकाले अहिलेसम्म आम्दानी लिइरहेको उहाँको भनाइ छ । गाउँभरिका बगैँचाबाट केही वर्षअघिसम्म वार्षिक रु दुई करोडभन्दा बढी आम्दानी हुने गरे पनि पाँच वर्षदेखि रु १०÷१५ लाख मात्रै आम्दानी हुने गरेको सुन्तला कृषक कृष्णप्रसाद पन्तले बताउनुभयो । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन(उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोट जस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत साविक चितीको स्याउत गाउँबाहेक करापुटारको बेतिनी, तार्कुको गहते, भोर्लेटारका लामासोती र भोटेओडार, उदीपुरको धिमिरे, गाउँशहरलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंँचा मासिँदै गएको छ । छ हजार मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गरेको जिल्लामा यस वर्ष एक हजार मेट्रिक टन सुन्तला उत्पादनसमेत नहुने देखिएको रेग्मीको भनाइ छ । जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करीब दुई सय हेक्टर क्षेक्रफलमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । रासस
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ