
१चुनावी मैदानमा विप्लव
२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
३पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
४जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
८माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
९रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१०प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन् । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएका बेँसीशहर नगरपालिका-११ स्याउत गाउँका सुरेशबाबु पाण्डेका सुन्तलाको बोटले केही वर्षदेखि फल दिन छाडेको छ । पन्ध्रसोह्र वर्षअघिदेखि चार सय रोपनीमा तीन सयभन्दा बढी बोटले फल दिँदै आएका थिए । त्यसबाट वर्षेनी रु तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेको थियो ।
केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भन्नुभयो, “अहिले त परिवारले खाने पनि सुन्तला छैन । सुन्तला सखाप भए पनि धान, मकैखेती गर्न थालिएको छ ।” गाउँमै सबैभन्दा पहिला करीब ४० वर्ष अघिदेखि नौ रोपनी क्षेत्रफलमा पाँच सयभन्दा बढी सुन्तलाका बोट लगाएर फल दिन थालेपछि वर्षेनी रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै परिवारको खर्चमा टेवा पुग्दै आएको थियो ।
पाँच वर्ष अघिदेखि सुन्तलाका बोटमा लागेको रोगका कारण मासिँदै जाँदा यतिबेला १९५ बोट मात्र बाँकी छ । यस वर्ष रु एक लाख जति मात्रै आम्दानी हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
उहाँहरुको मात्रै नभई गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको र केहीको मात्रै अलिअलि बाँकी छन् । बाह्र वर्षका बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको किसान उत्तमराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो “ठीक यही समयमा सुन्तला बगैँचा हेर्दै खाँदै किसानहरु आफूले लगाएको बारीको सुन्तला यो साल त यति लाखमा बेच्छु र त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुशी भएर बसेका हुन्थे ।” सुन्तला किसानले व्यापारीसँग राम्रो मूल्यमा बिक्री गर्दै आए पनि केही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको छ ।
विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रु चार लाखसम्म आम्दानी गर्नुभएका रमेशराज पन्तको आम्दानी वार्षिक रु ५० हजार पनि मुश्किलले हुने गरेको छ । धेरै स्याहारसुसार र मलजल गरेर मुश्किलले ३० बोट जोगाएकाले अहिलेसम्म आम्दानी लिइरहेको उहाँको भनाइ छ । गाउँभरिका बगैँचाबाट केही वर्षअघिसम्म वार्षिक रु दुई करोडभन्दा बढी आम्दानी हुने गरे पनि पाँच वर्षदेखि रु १०÷१५ लाख मात्रै आम्दानी हुने गरेको सुन्तला कृषक कृष्णप्रसाद पन्तले बताउनुभयो । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन(उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोट जस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत साविक चितीको स्याउत गाउँबाहेक करापुटारको बेतिनी, तार्कुको गहते, भोर्लेटारका लामासोती र भोटेओडार, उदीपुरको धिमिरे, गाउँशहरलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंँचा मासिँदै गएको छ । छ हजार मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गरेको जिल्लामा यस वर्ष एक हजार मेट्रिक टन सुन्तला उत्पादनसमेत नहुने देखिएको रेग्मीको भनाइ छ । जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करीब दुई सय हेक्टर क्षेक्रफलमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । रासस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त