
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा, ५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताहरुले जिल्ला अदालत कास्की र वडा प्रहरी कार्यालय बैदामको परिसर नजिक सहकारी ठगहरुको बचाऊमा प्रायोजित समाचार लेखेको भन्दैं पोखराको लोकल पत्रिका समाधान दैनिक जलाएका छन् ।
जिल्ला अदालत कास्कीमा सहकारीका पूर्वसचिव अनुज नकर्मीको थुनछेक बहस चलिरहेको बेलामा भेला भएका पीडित बचतकर्ताहरुले मुद्दालाई प्रभावित पार्ने गरी सुनियोजित रुपमा पटक–पटक समाचार लेखिएको भन्दैं समाधान दैनिक पत्रिका र सञ्चालकहरुको विरोध गरेका हुन् । पत्रिकाको समाचारलाई प्रमुख प्रमाणको रुपमा पेश गरिए पनि अदालतले नकर्मीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।
सूर्यदर्शन सहकारीको करोडौं रुपैयाँ ठगी गर्ने गिरोह र समाधान दैनिक पत्रिका सञ्चालन गर्ने समूह एकापसमा व्यवसायिक साझेदार समेत हुन् । जसले गर्दा यसको नकारात्मक प्रभाव उक्त पत्रिकाले प्रकाशित गर्ने समाचारमा देखिन थालेको भन्दैं सहकारी पीडित बचतकर्ताहरुले खुलेरै यसको विरोध गरिरहेका छन् ।

फेवाताल नजिक सेदी डाँडामा निर्माणाधिन पाँचतारे होटल सेदी लक्जरीको प्रचारप्रसारका लागि हङकङ र सिंगापुर जाँदैं व्यवसायिक साझेदारहरु रामकृष्ण ज्ञवाली र शिवबहादुर गुरुङ (महेन्द्र भोटे)
पोखराबाट प्रकाशित हुने यस समाधान दैनिक पत्रिकाका सञ्चालक रामकृष्ण ज्ञवाली र विप्लव पौडेल उक्त सहकारी ठगीमा कास्की कारागारमा रहेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का व्यवसायिक साझेदारहरु हुन् । यहीं समूहले फेवाताल नजिक सेदी डाँडामा पाँच तारे सेदी लक्जरी होटल समेत निर्माण गरिरहेका छन् ।

सूर्यदर्शन सहकारीको झण्डैं ३० करोड रुपैयाँ ठगीमा संलग्न शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का साथमा अनुज नकर्मी । सहकारीका पूर्वसचिव नकर्मीको बचाऊका लागि समाधानमा प्रायोजित समाचार छापिएपछि पीडितहरुले पत्रिका नैं जलाएका थिए ।
केही महिना अघि समाधान दैनिकका सम्पादक ज्ञवाली र सहकारी ठगीमा कारागारमा रहेका महेन्द्र भोटे सेदी लक्जरी होटलको शेयर बिक्रीका लागि प्रचारप्रसार गर्न हङकङ, मलेशिया लगायत देशहरुमा समेत पुगेका थिए । विदेशमा भएका विभिन्न गतिविधिहरुका बारेमा ज्ञवाली र महेन्द्र भोटेले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न तस्विरहरु समेत पोष्ट गरेका छन् । पछिल्लो समय भएको छानबिन प्रतिवेदनले महेन्द्र भोटेले सहकारीको झण्डैं ३० करोड रुपैयाँ भन्दा बढि रकम हिनामिना गरेको देखाएको छ ।
सहकारी ठगीमा संलग्नहरुलाई बचाउन समाधान दैनिकका सम्पादक ज्ञवाली, नेकपा एमालेका नेता महेश बस्नेत, नेता राजिव पहारी लगायतको समूहले अहिले पनि निकै दौडधुप गरिरहेको छ । यस अघि यो समूहले सहकारी ठगीमा संलग्न महेन्द्र भोटेसहित प्रहरी प्रशासनका प्रमुख र पोखरा महानगरपालिकाका केही कर्मचारीहरुसँग बसेर फिस्टेल लजमा गरेको गोप्य डिलको समेत डन न्यूजले पर्दाफास गरेको थियो ।

सूर्यदर्शन सहकारी ठगीमा संलग्नहरुलाई बचाउन फिस्टेल लजमा भएको गोप्य डिलपछि बाहिरिदैं समाधान दैनिकका सञ्चालक रामकृष्ण ज्ञवाली र एमाले नेता राजिव पहारीसहित (सिसिटिभि फुटेजको एक दृश्य) ।
सहकारी ठगीमा संलग्न जीबी राई (गितेन्द्रबाबु) र महेन्द्र भोटे लगायतको समूहसँग मिलेर समाधान दैनिकका सञ्चालक तथा सम्पादक ज्ञवाली र अर्का नेता राजिव पहारीले सहकारीका विभिन्न कार्यक्रमहरुमा प्रमुख अतिथि र अतिथि बनेर पटक–पटक जाने र जनतालाई झुक्याउने काम गरेको सूर्यदर्शन बचत पीडित संघर्ष समितिका पूर्वसंयोजक तथा सल्लाहकार कृष्ण जैसीले बताए ।

सहकारी ठगहरुका साझेदारले सञ्चालन गरेको समाधान र प्रकाशित प्रायोजित समाचार विरुद्ध आक्रोशित सहकारी पीडित जनताले जलाएको समाधान दैनिक ।।
पत्रिका जलाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘सहकारीमा अतिथि भएर, भोज भतेरमा संलग्न भएर बस्ने तर आज सूर्यदर्शनका पीडकहरुको पक्षमा समाचार लेख्ने र अदालतलाई प्रभाव पार्ने जस्तो गतिविधिमा संलग्न भएको रामकृष्ण ज्ञवालीको पत्रिकाप्रति सूर्यदर्शन बचतकर्ताहरुको गम्भिर आपत्ति र ध्यानाकर्षण गराउन चाहन्छौं ।’
‘यो समाचार सच्चिएन भने हामी समाधान पत्रिकाको सम्पादकको कार्यालय घेर्न तयार हुनेछौं,’ संघर्ष समितिका पूर्वसंयोजक जैसीले भने–‘होइन भने अदालतमा प्रमाणको रुपमा आजभन्दा पाँचदिन अघि पक्राउ भएको अभियुक्तका बारेमा आजकैं दिनमा पत्रिकामा छापेर कहीं वितरण नगरेर अदालतमा मात्र ल्याएर मुख्य प्रमाणको रुपमा पेश गर्नुको उद्देश्य गलत छ । यसप्रति हाम्रो घोर आपत्ति छ ।’
‘पोखरेलीहरुले समाधान पत्रिकालाई अब बहिष्कार गरौं । यो निन्दनीय घटना हो । पोखरेलीहरुलाई अन्याय गर्न मिडियाका केही माफियाहरु यसरी आउँछन् भन्ने नजिर हो,’ संघर्ष समितिका पूर्वसंयोजक जैसीले भने–‘यो पत्रिका आजबाट हामी बहिष्कार गर्नेछौं र यो पत्रिकालाई हामी जलाउनेछौं ।’
उक्त कार्यक्रममा पीडित बचतकर्ताहरुले मिडियाका नाममा कलंक रामकृष्ण ज्ञवाली मुर्दावाद, माफियाको पत्रिका बन्द गर, माफियाहरुलाई प्रश्रय गर्ने पत्रिका बन्द गर, देशका माफियाहरु होशियार, सहकारी ठग्न प्रोत्साहन गर्ने सहकारी ठगहरु होशियार, सहकारी ठगहरु होशियार, पत्रपत्रिका जगतलाई बदनाम गर्ने माफियाहरु होशियार, मिडियाद्वारा अदालतमा भएको मुद्दालाई प्रभाव पार्ने माफिया पत्रकार होशियार भन्दैं नाराबाजी गरेका थिए ।

सेदी लक्जरी होटलको आईपीओ निष्कासन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेडबीच सम्झौंता पत्रमा हस्ताक्षर गर्दै समाधान दैनिकका समेत सञ्चालक रहेका विप्लव पौडेलसहितको टोली ।
यता, पत्रिका जलाईएको विषयमा नेपाल पत्रकार महासंघ कास्की, गण्डकी प्रदेश र प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै समाचार संकलन गर्न सहज वातावरण बनाउनका लागि सम्बन्धित पक्षसँग माग गरेका छन् ।

धन्दामा पत्रकारसहित टोले गुन्डाको सहकार्य: पाँच तारे होटल सेदी लक्जरीको प्रचारप्रसारका लागि कार्यक्रम सञ्चालन गर्दै महेन्द्र भोटे र साथमा समाधान दैनिकका रामकृष्ण ज्ञवाली ।

सहकारी ठगीमा यतिबेला कास्की कारागारमा रहेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सेदी लक्जरी होटलको आईपिओ बेचबिखनका लागि हङकङ र मलेशियामा प्रचारप्रसार गर्दै ।

सूर्यदर्शन सहकारीको कार्यक्रमहरुमा बारम्बार प्रमुख अतिथिका रुपमा जाने एमाले नेता राजिव पाहारी । जसले लाखौं रुपैयाँ जनताको बचतको रकम चुनावी खर्च भन्दैं जीवी राईसँग लैजाने गरेका थिए ।

सूर्यदर्शन सहकारीको होटल बाराहीमा आयोजित कार्यक्रममा बोल्दैं एमाले नेता राजिव पाहारी ।

सूर्यदर्शन सहकारीको झण्डैं ३० करोड रकम हिनामिना गरेका महेन्द्र भोटे र समाधानका रामकृष्ण ज्ञवाली (रातो घेरामा) पाँच तारे सेदी लक्जरी होटलको प्रचारप्रसारमा क्रममा विदेशमा नेपाली राजदुतसहित खिचिएको तस्विर ।

सहकारी ठगहरुलाई बचाउन र सहकारी पीडितहरुलाई विभाजित गराउन अनेकन् समाचार प्रकाशित गरिरहेको समाधान दैनिकका विरुद्धमा उत्रिएका सहकारी पीडित बचतकर्ताहरु ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने