
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
पोखरा, २९ साउन । सहकारीको करोडौं रुपैयाँ ठगी गरेर विरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् । नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुँवरले ०७६/७७ सालमा आफू सहकारीको सचिव पदमा छँदा अघिल्लो स्थानीय निर्वाचनमा चुनावी खर्चका लागि जनताले बचत गरेको करोडौं रुपैयाँको दुरुपयोग गरेको तथ्य प्रमाणसहित भेट्टिएको हो ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्था स्याङ्जाका पूर्वसचिव समेत रहेका ५३ वर्षीय कुँवरसहितको समूहले करोडौं रुपैयाँ हिनामिना गरेको वित्तीय छानबिन र प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही छानबिनका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतबाट साउन २८ गते तीनजना विरुद्ध पक्राउ अनुमति लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ पूर्जी जारी गरेसँगैं विरुवा गाउँपालिका वडा नं. ८ मेथाभुरुङ स्थायी घर भएका विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर भागेर काठमाडौंमा लुकेर बसेको आशंका स्थानीयले गरेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विरुवा गाउँपालिकाका अध्यक्ष कुँवर फरार हुँदा उनको खोजी कार्य भईरहेको तर भेट्न नसकिएको जानकारी दिएको छ ।

सहकारीको करोडौं रुपैयाँ ठगी गरेर फरार विरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्यबहादुर कुँवर ।
पूर्वसचिव कुँवर र सहकारीका विरुवा सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक तारेन्द्रबहादुर केसीको मुख्य योजनामा सेवा केन्द्र प्रमुख जिवन वाग्लेसहितको मिलेमतोमा झण्डै ४ करोड रुपैयाँ हिनामिना भएको बित्तीय छानबिन र प्रहरी अनुसन्धानका क्रममा पुष्टि भएको हो ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले गरेको वित्तीय छानबिनका क्रममा विरुवा सेवा केन्द्रबाट ३ करोड ६६ लाख रुपैयाँ आर्थिक हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । स्याङ्जा प्रहरीले आज मंगलबार मात्र सहकारीका विरुवा सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक विरुवा गाउँपालिका वडा नं. ८ कार्कीडाँडाका ५८ वर्षीय तारेन्द्र बहादुर केसी र मुक्तिनाथ विकास बैंक विरुवा गाउँपालिका शाखाका कर्मचारी स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १४ लामागे बस्ने २१ वर्षीया सन्ध्या भण्डारीलाई पक्राउ गरेको छ ।
स्याङ्जा प्रहरीले १९ दिन अघि नैं सहकारीका विरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी एवम् प्रवक्ता इन्द्रबहादुर रानाले भने–‘सहकारी ठगीमा आज दुईजनालाई पक्राउ गरिएसँगैं १९ दिन अघि पक्राउ परेका गरेर ३ जना थुनामा छन् । विरुवा गाउँपालिकाका अध्यक्षको विषयमा भने अनुसन्धान चलिरहेको हुँदा अहिले केही पनि भन्न मिल्दैंन ।’
यता, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले उक्त सहकारीको बित्तीय छानबिनका लागि वित्तीय अनुसन्धानकर्ता निर्मल गौतमलाई जिम्मेवारी दिएको थियो । गौतमले गण्डकी प्रदेशका एकदर्जन भन्दा बढी सहकारीको आर्थिक अपचलनको मुद्दामा सफल अनुसन्धान गर्दै आईरहेका छन् । स्याङ्जा प्रहरीको तर्फबाट प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले अनुसन्धान गरिरहेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन