
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, २९ साउन । सहकारीको करोडौं रुपैयाँ ठगी गरेर विरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् । नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुँवरले ०७६/७७ सालमा आफू सहकारीको सचिव पदमा छँदा अघिल्लो स्थानीय निर्वाचनमा चुनावी खर्चका लागि जनताले बचत गरेको करोडौं रुपैयाँको दुरुपयोग गरेको तथ्य प्रमाणसहित भेट्टिएको हो ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्था स्याङ्जाका पूर्वसचिव समेत रहेका ५३ वर्षीय कुँवरसहितको समूहले करोडौं रुपैयाँ हिनामिना गरेको वित्तीय छानबिन र प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही छानबिनका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतबाट साउन २८ गते तीनजना विरुद्ध पक्राउ अनुमति लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ पूर्जी जारी गरेसँगैं विरुवा गाउँपालिका वडा नं. ८ मेथाभुरुङ स्थायी घर भएका विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर भागेर काठमाडौंमा लुकेर बसेको आशंका स्थानीयले गरेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विरुवा गाउँपालिकाका अध्यक्ष कुँवर फरार हुँदा उनको खोजी कार्य भईरहेको तर भेट्न नसकिएको जानकारी दिएको छ ।

सहकारीको करोडौं रुपैयाँ ठगी गरेर फरार विरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्यबहादुर कुँवर ।
पूर्वसचिव कुँवर र सहकारीका विरुवा सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक तारेन्द्रबहादुर केसीको मुख्य योजनामा सेवा केन्द्र प्रमुख जिवन वाग्लेसहितको मिलेमतोमा झण्डै ४ करोड रुपैयाँ हिनामिना भएको बित्तीय छानबिन र प्रहरी अनुसन्धानका क्रममा पुष्टि भएको हो ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले गरेको वित्तीय छानबिनका क्रममा विरुवा सेवा केन्द्रबाट ३ करोड ६६ लाख रुपैयाँ आर्थिक हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । स्याङ्जा प्रहरीले आज मंगलबार मात्र सहकारीका विरुवा सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक विरुवा गाउँपालिका वडा नं. ८ कार्कीडाँडाका ५८ वर्षीय तारेन्द्र बहादुर केसी र मुक्तिनाथ विकास बैंक विरुवा गाउँपालिका शाखाका कर्मचारी स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १४ लामागे बस्ने २१ वर्षीया सन्ध्या भण्डारीलाई पक्राउ गरेको छ ।
स्याङ्जा प्रहरीले १९ दिन अघि नैं सहकारीका विरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी एवम् प्रवक्ता इन्द्रबहादुर रानाले भने–‘सहकारी ठगीमा आज दुईजनालाई पक्राउ गरिएसँगैं १९ दिन अघि पक्राउ परेका गरेर ३ जना थुनामा छन् । विरुवा गाउँपालिकाका अध्यक्षको विषयमा भने अनुसन्धान चलिरहेको हुँदा अहिले केही पनि भन्न मिल्दैंन ।’
यता, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले उक्त सहकारीको बित्तीय छानबिनका लागि वित्तीय अनुसन्धानकर्ता निर्मल गौतमलाई जिम्मेवारी दिएको थियो । गौतमले गण्डकी प्रदेशका एकदर्जन भन्दा बढी सहकारीको आर्थिक अपचलनको मुद्दामा सफल अनुसन्धान गर्दै आईरहेका छन् । स्याङ्जा प्रहरीको तर्फबाट प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले अनुसन्धान गरिरहेका छन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु