
१मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
२रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
३नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
४फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
५बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
६अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
७स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
८कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
९उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१०रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
११कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
प्रहरी स्रोतका अनुसार दावासहित पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, पूर्वसभामुख महराका छोरा राहुलसहितको सञ्जालसँग भण्डारीको कनेक्सन देखिएको छ । भण्डारीले राहुल र दीपेशसँग आफू मन्त्रालयमा कार्यरत रहँदा चिनेको दाबी गरे ।
काठमाडौँ — भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारी सुन तस्करी प्रकरणमा पनि जोडिएका छन् । सत्तारूढ माओवादीसँग नजिक रहेका भण्डारी चिनियाँ सुन तस्करसँग ‘अस्वाभाविक सम्पर्क’ मा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।
सुन तस्करीका नाइके तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीले मोबाइल सम्पर्क र सन्देश आदानप्रदान गरेको तथ्य सीआईबीले फेला पारेको हो ।
अनुसन्धान स्रोतका अनुसार दावासँग भण्डारीले पटक–पटक ‘दाइ’ सम्बोधन गरेर फोन सम्पर्क र सन्देश आदानप्रदान गर्ने गरेको देखिन्छ । दावा हाल सीआईबीको नियन्त्रणमा छन् । हङकङबाट असार २९ मा गाडी र स्कुटरका ब्रेक सुमा लुकाएर ल्याएको ६१ केजी सुन प्रकरणमा दावा पक्राउ परेका थिए । त्यस्तै, गत पुस १० मा दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर ९ केजी सुन ल्याउने तस्करका अर्का नाइके दावाजिन वाङ भने फरार छन् ।
वाङसहित सुन तस्करीको नेटवर्कमा देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि सीआईबीकै नियन्त्रणमा छन् । दावा जोडिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत अनुसन्धानको दायरामा छन् । त्यसकै अनुसन्धान गर्ने क्रममा बिधका सञ्चालक भण्डारी जोडिएका हुन् ।

‘गलतधन्दा गर्नेहरुलाई नै बढि चाहिन्छ शक्तिशालीहरुसँगको निकटता’: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादी नेता वर्षमान पुनसँग गुल्मीका तस्कर अनि भ्रष्ट भीमकान्त भण्डारी । यस्ता पात्रहरुले नै बढि चाहिन्छ शक्तिशाली नेताहरुसँगको निकटता र सम्बन्ध । यसैंको आडमा गलत धन्दाहरु भईरहेका छन् ।
‘सुन तस्करसँग भण्डारीको सम्पर्क र सन्देश आदानप्रदान पटक–पटक भएको देखिन्छ, हाल सीआईबीको नियन्त्रणमा रहेका दावासँग त दाजु–भाइ साइनो लगाएर संवाद भएको अनुसन्धानका क्रममा भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘एकातिर सुन तस्करसँग अस्वाभाविक सम्पर्क/संवाद, अर्कातिर यही प्रकरणमा अनुसन्धानका क्रममा रहेका राहुल र दीपेशलगायत व्यक्तिसँग उस्तै निकटता देखिन्छ । त्यही भएर उनलाई अनुसन्धानको दायरामा राखेर हेरिरहेका छौं ।’
भण्डारीले दावा र उनकी पत्नी भनिएकी अमला रोकासँग आफ्नो चिनजान र सम्पर्क रहेको पुष्टि गरे । ‘कोभिड महामारीका बेला ल्याब सञ्चालन गरिएको हो, त्यही बेला दावासँग कुराकानी भएको हो । भ्याक्सिन खरिद गर्ने सन्दर्भमा दावाले ‘सिनोभ्याक’ का सञ्चालकसँग सम्पर्क गराइदिएका हुन्,’ भण्डारीले कान्तिपुरसँग भने, ‘नागढुंगा–नौबिसे सडकको ठेक्काका क्रममा पनि हाम्रो सम्पर्क भएको हो । ठेक्का प्रतिस्पर्धामा चिनियाँ कम्पनी पनि सामेल थियो, कम्पनीका प्रतिनिधिसँग पनि दावाले नै भेट गराइदिएका हुन् । यी सबै भेटघाट मेरो व्यापारिक प्रयोजनका लागि मात्रै हुन् ।’ दावासँग पछिल्लो पटक १८ महिनाअघि मात्रै सम्पर्क भएको भण्डारीको जिकिर छ ।
प्रहरी स्रोतका अनुसार दावासहित पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, पूर्वसभामुख महराका छोरा राहुलसहितको सञ्जालसँग भण्डारीको कनेक्सन देखिएको छ । भण्डारीले राहुल र दीपेशसँग आफू मन्त्रालयमा कार्यरत रहँदा चिनेको दाबी गरे ।
२०७३ असोज २१ मा नासुबाट सार्वजनिक सेवा प्रवेश गरेका भण्डारी ४ वर्षपछि २०७७ साउन १ मा राजीनामा दिएर सेवाबाट बाहिरिएका थिए । सेवा प्रवेशको केही वर्षमै अस्वाभाविक सम्पत्ति जोडेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०७९ असार ३ मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा विशेषमा अझै विचाराधीन छ । पछिल्लो पटक सुन तस्करी प्रकरणमा जोडिएपछि स्रोत नखुलेको सम्पत्ति तस्करीबाट भित्रिएको सुनसँग त जोडिएको छैन भन्ने आशंका उब्जाएको अनुसन्धान स्रोतको भनाइ छ ।
सरकारी सेवामा रहँदा भण्डारी माओवादीबाट मन्त्री बनेका चार जनाको सचिवालयमा बसेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका महरा, पूर्वऊर्जामन्त्री वर्षमान पुन, पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र पूर्वसमाज कल्याणमन्त्री आशा कोइरालाको स्वकीय सचिवालयमा बसेर काम गरेका भण्डारीले राजीनामा दिएर कोभिड महामारीका बेला बिध ल्याब सञ्चालन गरेका थिए । ल्याबलाई सरकारले अस्वाभाविक रूपमा कोभिड परीक्षण गर्न अनुमति दिनुका साथै स्वास्थ्य सामग्री खरिदमा पनि सामेल गराएको आरोप लागेको थियो ।
यस्तै, चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको कसुरमा बाराका सुनचाँदी व्यवसायी शिव सर्राफ पक्राउ परेका छन्, अर्का व्यापारी भोला सर्राफ फरार छन् । बारा कलैयाका दुवैको चिनियाँ सुन तस्कर दावा छिरिङ र दावाजिन वाङसँग सम्पर्क देखिएको हो । दुवै व्यापारीसँग हालै नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका रूपन्देहीका सुमन खरेलको पनि सम्पर्क खुलेको छ । ‘तस्करीबाट भित्रिएको सुन व्यवस्थापन गर्नेदेखि भारतसम्म पुर्याउने भूमिकामा भोला र शिव सर्राफको भूमिका हुन सक्छ,’ प्रहरी स्रोतले भन्यो ।
६१ केजी सुन तस्करीमा २८ पक्राउ परिसकेका छन् । त्यसमध्ये राहुल महरा भने भेप प्रकरणमा समातिएका हुन् । भेप प्रकरणको अनुसन्धान गर्न अझै डेढ महिना समय बाँकी रहेको आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप