News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

मेयरले नसकेपछि फोहरमैला व्यवस्थापनको जिम्मा वडाध्यक्षद्वयलाई, फोहर उठ्न शुरु

पोखरा, २४ साउन । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फोहरमैला व्यवस्थापन गर्न नसकेपछि त्यसको जिम्मा वडाध्यक्षहरुलाई दिएका छन् । ‘गफाडी मेयर’ भन्दैं स्थानीयले मेयर आचार्य कैं अगाडि कालो ब्यानर लिएर विरोधमा उत्रिदैं १३ दिनदेखि फोहरमैला फाल्न नदिएपछि मेयरले वडा नं. २६ र ३३ का वडाध्यक्षलाई जिम्मेवारी थमाएका हुन् ।

साउन १८ गते मेयर आचार्यले पत्र लेख्दैं वडा नं. २६ र ३३ का वडाध्यक्षद्वयलाई फोहरमैला व्यवस्थापनमा अवरोध सिर्जना भएको सन्दर्भमा समस्या समाधानको पहल गर्न जिम्मेवारी दिने निर्णय गरिएको भन्दैं तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न अनुरोध गरेका थिए ।

विगत १३ दिन देखि अवरुद्ध रहेको फोहरमैला व्यवस्थापन कार्य दुई वडाध्यक्षले सहजीकरण गरेपछि अस्थायी रुपमा पुनः त्यहीं ठाउँमा फाल्ने काम भएको छ । हिजोमात्र महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साईडमा फोहरमैला व्यवस्थापन गरिएको थियो ।

फोहोर व्यबस्थापनका लागि मेयर आचार्यनै संघर्ष समितिसँग वार्ता गर्न पोखरा ३२ पुगेपनि सफल हुन सकेका थिएनन् । आचार्य र संघर्ष समितिसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरु पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा र पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई संयोजन गर्ने गरी तोकेको थियो । आफुहरुले जिम्मेवारी पाए लगत्तै थापा र अधिकारीले संघर्षसमितीसँग वार्ता र सम्वादको प्रक्रिया अगाडी बढाएका थिए ।

समस्या समाधानका लागि वडाध्यक्ष थापा र अधिकारीले स्थानिय सरोकारवालासँग महानगरले पटकपटक गरि विगतमा गरेको गल्तीको क्षमा याचना गर्दै, त्यसलाई सच्च्याएर नयाँ सम्झौता गरि अगाडी बढ्नका लागि आग्रह गरेका थिए ।

अध्यक्ष थापा र अधिकारीले उच्च अदालत पोखराको आदेशलाई शिरोधार्य गर्दै अर्को फैसला नआउन्जेल सम्मको लागि फोहोर व्यबस्थापनको बातारण तयार गरिदिन सरकोरवालाहरुसँग आग्रह गरेका थिए । महानगरबाट संयोजनको भूमिका पाएका अध्यक्ष थापा र अधिकारीले सरोकारवालाहरुसँग पटकपटक सहजिकरण र वार्ता गरिरहेका थिए । विगतमा पनि महानगरले सम्झौता गरेर कार्यन्वयन नगरेको भन्दै आक्रोशित स्थानियलाई थापा र अधिकारीले अबका दिनमा सम्झौता कार्यन्वयन गराउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता राखेका थिए ।

सोमबार स्थानियसँग बसेको बैठक सहमति नजिक पुगेपनि अन्तिममा केहि स्थानियले बिरोध जनाएपछि पुनः बस्ने गरि वार्ता सकिएको थियो । स्थानियलाई थापा र अधिकारीले वार्ता र सम्वाद पनि जारी रहने र फोहोर मैला व्यबस्थापनको वाताबरण पनि तयार गरिदिन आग्रह गरेसँगै फोहोर व्यबस्थापन कार्य सहज भएको हो ।

केहि दिनबाट व्यवस्थापन हुन नसकेको फोहोर व्यवस्थापन भएपनि वार्ता र संवादको प्रक्रिया भने नरोकिएको पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य नरेन्द्र थापाले बताए । थापाका अनुसार फोहोर व्यबस्थापन गर्नु भनेको स्थानियलाई वेवास्ता गर्नु होईन बरु जनताको समस्याहरुको सुनुवाईको लागि झन बढि जिम्मेबार भएर समस्या समाधान गर्न लाग्नु हो । थापाले भने –‘हामी आज पनि स्थानियहरुसँग छलफल गर्ने बातावरण गरिरहेका छौँ । बिभिन्न चरणको छलफलमा नै छौँ । हामी स्थानियहरुको समस्या समाधान गर्न गम्भिर छौँ ।

महानगरले बिगतमा गरेका गल्तिहरुबारे माफि मागिरहेका छौँ । आगामी दिनमा यस्ता गल्ति नगर्ने प्रतिबद्धता गरेका छौँ । हामी जनताको समस्या समाधानका लागि लचिलो छौँ । संसारमा ठुलाठुला समस्याहरु त सम्वादको मार्फत् हल भएका छन् । यो समस्या हल नहुने कुरा नै भएन । फोहोर व्यवस्थापन गर्दा कुनै अप्रिय घटना नहोस भनेर हामीेले प्रशासनसँग सहकार्य गरिरहेका छौँ । यसले आगामी दिनमा समस्याको गाँठो फुकाउन सहयोग गर्ने कुरामा ढुक्क छु । यहाँ कसैको हारजितको बिषय नै छैन । स्थानिय जनताको पनि समस्या हल हुने र फोहोर पनि व्यबस्थापन हुने गरि समस्याको हल हुनेका कुरामा म ढुक्क छु ।’

अध्यक्ष थापाले मंगलबार २९ वटा गाडीबाट फोहर व्यवस्थापन भएको र स्थानीयहरुको शालिनता र सुजबुझले झडप हुनबाट जोगिएको उल्लेख गरे । उनले भने-‘उहाँहरुले संघर्ष पनि गरिरहनु भएको छ, तर फोहर फाल्न बल प्रयोग गर्ने अवस्था सिर्जना गर्नु भएको छैन, यसले वार्ता सकरात्मक हुन्छ भन्नेमा विश्वस्त छौं ।’