
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
२४ साउन, काठमाडौं । शुक्रबार बिहान स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा पुग्दा नियमित छलफल चलिरहेको थियो। इडीसीडीका निर्देशक डाक्टर वासुदेव पाण्डे कर्मचारीहरुबाट कामको विवरण सुनिरहेका थिए। कर्मचारीहरुले नियमित अपडेटका साथसाथै आफ्ना समस्याहरु सुनाइरहेका थिए।
बैठकको मुख्य विषय थियो, ‘सम्पर्कविहीन भएका संक्रमितलाई कसरी खोज्ने ?’
बैठकमा उपस्थित कर्मचारीहरुले आ-आफ्नो सुझाव प्रस्तुत गरिरहेका थिए। कोही- कोही कर्मचारी भने ‘सुझाव कार्यfन्वयन हुने हैन, के बोल्नु व्यर्थै’ भन्ने भावमा चुपचाप सुनिरहेका थिए।
आधा घण्टापछि मिटिङ सकियो। कर्मचारीहरु तितर-बितर भए।
मिटिङ रुम नजिकैको एउटा कोठामा केही कर्मचारीहरु जम्मा भए। त्यहाँ यही साता एकजना संक्रमितले गरेको लापरवाहीको चर्चा सुरु भयो।
भारतको विहारबाट यही साता एकजना २९ वर्षीय युवक काठमाडौं छिरे। नागढुंगा नाकामा पोजेटिभ हुन सक्ने आशंका गर्दै उनको स्वाब झिकियो। २ दिनपछि ती युवकको पोजेटिभ रिपोर्ट आयो। उनले फर्म भर्दा टिपाएको नम्बरमा डायल गर्दा फोन अफ भन्यो। अन्य संक्रमितजस्तै ती युवक पनि सम्पर्कविहीनको सूचिमा थपिए।
दुई दिनपछि ती युवकको फोन लाग्यो। उनी ललितपुरको एक स्थानीय तहमा कवाडी बटुल्न साइकलमा हिँडिरहेका थिए। इडीसीडीले एम्बुलेन्स लिएर आउँछौं भन्दा ‘म ट्याक्सीमा आउँछु’ भनेर जवाफ दिए। इडीसीडीको टोली ढुक्क मान्दै बसे। परीक्षणका बेला उनी सार्वजानिक यातायात चढेर अस्पताल गएका थिए।
त्यो घटना इडीसीडीको लागि पहिलो थिएन, न त अन्तिम नै।
इडीसीडीका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘आफूलाई लिन टोलमा एम्बुलेन्स पुग्दा समाजमा पछि फर्किन गाह्रो हुन्छ भनेर संक्रमण पुष्टि भएका मानिसहरु लुकिरहेका छन्, त्यसले झन् समस्या निम्त्याएको छ।’
‘पछिल्लो साता त ५० जनाभन्दा बढी संक्रमित सम्पर्कविहीन भएका छन्, उनीहरुलाई खोज्दैछौँ,’ कुरै कुरैमा एक कर्मचारीले सूचना चुहाए।
‘५० जना अझै भेटिएका छैनन् …? कुन दिन, कति जना सम्पर्कविहीन भएका हुन् रे.. ?’ प्रश्न सकिनासाथ रेडिमेड जवाफ आयो, ‘सम्पर्कविहीन भएकामध्ये केही संक्रमित दुई/तीन दिनपछि सम्पर्कमा आए, अझै ५० जनाभन्दा बढी संक्रमित भेटिएकै छैनन्।’
इडीसीडीका अनुसार बुधबार मात्र १६ जना संक्रमित सम्पर्कविहीन भएका थिए। तीमध्ये १० जना शुक्रबार सम्पर्कमा आए। बाँकी अझै बेपत्तै छन्। त्यसैगरी विहीबार सम्पर्कविहीन भएका ५ जना अझै भेटिएका छैनन्। यसैगरी यसअघि सम्पर्कविहीन भएका मध्येबाट ५० जना अझै भेटिएका छैनन्।
‘५० जना सम्पर्कविहीन हुनु भनेको त सानो कुरा होइन नि ?’ हाम्रो प्रश्नलाई बेवास्ता गर्दै एक कर्मचारी बोले, ‘हामीले मात्र के गर्न सक्छौँ त, फोन अफ गरेर गलत ठेगाना टिपाएपछि हामीले कसरी भेट्नु ?’
ती कर्मचारीका अनुसार शुक्रबार इडीसीडीको बैठक यही विषयमा केन्द्रित थियो। सम्पर्कविहीन भएका संक्रमितलाई खोज्नका लागि नेपाल प्रहरी, टेलिकम र सम्बन्धित वडासँग समन्वय गर्ने छलफलको निष्कर्ष छ, कन्ट्याक ट्रेसिङमा अझै प्रभावकारी भएर खटिन हाकिमको निर्देशन।
त्यहीबेला त्यही रहेका एक कर्मचारीलाई फोन आयो। फोन होम आइसोलेसनमा बसेकी एक महिलाको थियो। उनी उताबाट ‘सास फेर्न गाह्रो भयो, अस्पतालमा लगिदिनुपर्यो’ भनिरहेकी थिइन्।
‘हस्, म एकछिनमा फोन गर्छु’ भनेर कर्मचारीले फोन राखे। लगत्तै तीन/चारवटा अस्पतालमा फोन गरे। सुत्केरी महिलालाई राख्न मिल्ने बेड कुनै अस्पतालमा खाली थिएन। त्यसपछि त्यो समस्या उनले स्वास्थ्य मन्त्रालयमा टिपाए।
लगत्तै अर्को फोन आयो। ‘संक्रमण पुष्टि भएको २ दिन भयो कोही लिन आएनन्,’ फोनमा आत्तिएको आवाज सुनिएको थियो। ‘वडा अध्यक्षलाई फोन गर्नू,’ ती कर्मचारीले जवाफ दिए।
उताबाट जे सोधे पनि उनी भन्थे, ‘अहिले अस्पताल पुर्याउने काम स्थानीय तहको हो, उतै भन्नुस्।’
भनाभन हुँदाहुँदै फोन काटियो। ती कर्मचारी हैरान हुँदै बोले, ‘अस्पताल खाली भए पो लिन जान्छन् ? सबै अस्पताल भरिइसके, कहाँ लगेर राख्नु ?’
एकछिनमा माहोल शान्त भयो। हामीले अनलाइनखबरको टोली इडीसीडी जानुको उद्देश्य बतायौं।
कन्ट्याक ट्रेसिङ, केस म्यानेजमेण्ट, डाटा म्यानेजमेन्ट लगायत अरु केही विभागका कर्मचारीहरु अन्तर्वाताका लागि तयार भए। उनीहरु प्रत्येकको हातमा ल्यापटप थियो। टेबलमा फाइलको चाङ।
हामी लकडाउन खुलेपछि काठमाण्डौंमा थपिएका संक्रमितमध्ये उपत्यकाका र ट्राभल गरेर आएका कति हुन्, कति जनामा लक्षण छ, कतिमा छैन ? कतिजना होम आइसोलेसनमा छन्, कतिजना आइसीयूमा ? लगायतका तथ्यांकहरु जान्न चाहन्थ्यौं।
इडीसिडीको तथ्यांकअनुसार साउन २२ गतेसम्ममा काठमाण्डौमा ६०७, भक्तपुरमा ७८ र ललितपुरमा १ सय जना संक्रमित भेटिएका छन्।
‘यीमध्ये कति यहीँको स्थानीय र कतिजना बाहिर ट्राभल गरेर आएका ?’ हाम्रो प्रश्नमा इडीसीडीका एक अधिकारीले भने, ‘लगभग ८५ प्रतिशत उपत्यका बाहिरबाट ट्राभल गरेर आएका हुन्।’
हामीले फेरि सोध्यौं, ‘सङ्ख्या भन्न सकिँदैन सर, त्यसो गर्दा विष्लेषण गर्न सजिलो हुन्थ्यो।’
‘हामीसँग दिनहुँ धेरै केसहरु आउँछन्, हामीले त्यसरी डाटा छुट्याएर राख्न भ्याउदैनौँ,’ बेवास्ताको भावमा एकजना कर्मचारीले भने, ‘हामीसँग त कुल संक्रमितको डाटा पो हुन्छ त, कहाँ हरेक मानिसले खोजेजस्तो डाटा हुन्छ ।’
‘हरेक दिन आउने तथ्यांकलाई स्थानीय, ट्राभल गरेर आएका, लक्षण भएका/ नभएका शीर्षक बनाएर कम्प्युटरमा हाल्दिएपछि त जम्मा तथ्यांक त जुनसुकै शीर्षकको पनि देखाहाल्छ नि सर’ हामीले आग्रह गर्यौ, ‘तपाईहरुले प्रत्येक दिन उपत्यकामा देखिएका उपत्यका बाहिरको र स्थानीयको डाटा दिनुस्, हामी आफैं जोड्छौं।’
‘यति धेरै फाइलहरु छ, सबै फाइल पल्टाएर हेर्दा त दिन जान्छ नि’ टेबुलमा रहेको फाइल देखाउँदै एक कर्मचारीले सोधे, ‘तपाईलाई डाटा दिएर बस्नु कि अरु काम गर्नु ?’
संक्रमितको ग्राफ बढिरहेका बेला महामारी नियन्त्रणमा खटिएका कर्मचारीहरुलाई भुल्याउने हाम्रो उद्देश्य र नियत थिएन। तर, उनीहरुको प्रस्तुति हेर्दा अर्को प्रश्न जरुरी थियो, सोध्यौँ, ‘तपाईहरुले तथ्यांक नै उपलब्ध गराउनुभएन भने संक्रमण स्थानीयमा फैलिएको छ/छैन, बाहिरबाट आउनेहरु कुन ठाउँका बढी छन् र लक्षण भएका संक्रमित छन्, कि छैनन् भन्ने थाहा नपाई सरकारले कसरी रणनीति बनाउँछ ?’
प्रश्न पूरा हुन नपाउँदै अर्को कर्मचारी टाउको कन्याउँदै बोले, ‘हामी संक्रमित व्यवस्थापन गर्नु कि यो डाटा म्यानेज गरेर बस्नु ?’
त्यो रेडिमेड जवाफ थियो, तै पनि फेरि सोध्यौं, ‘दिनहुँ आएका डाटालाई कम्युटरमा अपडेट गर्ने त हो सर ।’
उनीहरु डाटा अपडेट गर्ने काम सजिलो छ भन्ने स्वीकार गर्ने पक्षमा थिएनन्।
जनस्वास्थ्य विज्ञहरुका अनुसार तथ्यांकहरुको विश्लेषण गर्दा महामारी कुन हदसम्म कसरी जाँदैछ भन्ने आकलन गर्न सजिलो हुन्छ। जस्तो कि काठमाण्डौमा देखिएका संक्रमितमध्ये अधिकांश बाहिरबाट आएका हुन् भने नाकाबाट आउनेलाई कडाइ गरेर टेस्ट गर्दा महामारीको जोखिम कम हुन्छ।
त्यसैगरी धेरै संक्रमितमा लक्षण देखिएको छ भने महामारी भयावह अवस्थामा जाँदैछ भन्ने संकेत मिल्छ। अस्पताल आइसोलेसनमा भन्दा बढी होम आइसोलेसनमा मानिस बसेका रहेछन् भने सामान्य संक्रमितहरु पनि रहेछन् भन्ने किसिमले रणनीति बनाउन सयोग पुग्छ।
तर, इडिसीडीले सरकारले रणनिति बनाउनलायक हुने गरी तथ्यांक राखेको थिएन। त्यसको प्रमाण जताततै देखिइरहेको थियो। कम्प्युटरको जमानामा फाइल पल्टाएपछि व्यवस्थित तथ्यांकको के अपेक्षा गर्नु ?
धेरैबेर फाइलमा नजर लाइसकेपछि एक कर्मचारीले भने ‘लू २१ गते र २२ गतेको डाटा टिप्नुस्।’
पाना पल्टाउँदै उनी बोले, ‘२२ गते ८१ जना संक्रमितमध्ये ३२ जना संक्रमितमा लक्षण थियो भने २१ गते १०२ संक्रमितमध्ये ३७ जनामा लक्षण थियो।’
फाइल पल्टाउँदै ती कर्मचारीले थपे, ‘२२ गते उपत्यकामा देखिएका संक्रमितमध्ये १७ जना तराईका जिल्लाबाट ट्राभल गरेर आएका थिए भने २१ गते ३६ जना संक्रमित उपत्यकाबाहिरबाट आएका थिए।’
इडिसीडीको कर्मचारीहरुको कुरा सुन्दा र त्यहाँको परिदृश्यहरु हेर्दा तथ्यांक भद्रगोल रहेको भन्ने प्रष्ट हुन्थ्यो। प्रश्न स्वाभाविक उठ्छ, ‘यति थोरै संक्रमित हुँदा त डाटाको यत्रो भद्रगोल छ, पछि संक्रमित थपिए के हाल होला ?’
जवाफ उनीहरुसँगै थिएन।
तर, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले हरेक दिन भेटिने संक्रमितको तथ्याकंलाई व्यवस्थित गरेको छ। ललितपुरमा देखिएका संक्रमित कुन जिल्लाबाट आएका, कति जनामा लक्षण छन्, कति जना होम आइसोलेसनमा छन् ? उनीहरुले हरेक तथ्यांक व्यवस्थित राखेका छन्।
त्यही डाटा इडीसीडीमा पठाउने गरेको स्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन उपेन्द्र अर्याल बताउँछन्। उनी भन्छन्, ‘हामी फरक-फरक शीर्षकमा डाटा बनाएर इडीसीडीलाई पठाउँछौ, अरु जिल्ला पनि त्यसै गर्छन्, त्यहाँ अपडेट गर्यो भने हुन्छ।’
‘एउटा जिल्लाको जनस्वास्थ्य कार्यालयले गर्ने काम इडीसीडीले गर्न किन सक्दैन ?’
इडीसीडीका कर्मचारी भन्छन्, ‘नसक्ने भन्ने होइन्, हाम्रो पहिलो प्राथमिकता ‘डाटा म्यानेज’ गर्नुभन्दा संक्रमितलाई अस्पतालमा म्यानेज गर्नु हुन्छ। अहिले यत्ति बुझ्नु, उपत्यकामा हरेक दिन देखिने कुल संक्रमितको ५० प्रतिशत त बाहिरबाट ट्राभल गरेर आएकै छन्।’
काम छ भन्दै ती कर्मचारी त्यहाँबाट बाटो लागे।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता