News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश क्राईम–न्यूज प्रमुख समाचार

सिभिल बैंकका अध्यक्ष, एमालेका पूर्वसभासद् इच्छाराज निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगीको आरोपमा पक्राउ

पोखरा, १९ असोज । सिभिल बैंकका अध्यक्ष, नेकपा एमालेका पूर्वसभासद् एवं घरजग्गा कारोबारी इच्छाराज तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार निक्षेपकर्ताको रकम हिनामिना र ठगी गरेको आरोपमा पक्राउ गरेको छ । सिभिल बैंकका अध्यक्ष तामाङसहित प्रहरीले सिभिल सहकारीका सञ्चालक र कर्मचारीसहित १२ जनालाई पक्राउ गरेको छ ।

चर्चित घरजग्गा कारोवारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ लगायतको टोली मिलेर निक्षेपकर्ताको करिब ४६ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेका थिए । सिभिल बैंकका अध्यक्ष तामाङमाथि गत वर्षदेखि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्दै आइरहेको छ । सिभिल बैंकका अध्यक्ष इच्छाराजले निक्षेपकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको तथ्य बाहिरिएपछि यतिबेला सिभिल बैंकमा रकम जम्मा गर्नेहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।

सिभिल बैंकका अध्यक्ष इच्छाराजले निक्षेपकर्ताको रकम मनोमानी रूपमा प्रयोग गरेका थिए । ऋण उठ्न नसकेपछि सहकारीले सर्वसाधारणको पैसा फिर्ता दिन सकेको थिएन । त्यसविरुद्ध पहिलेदेखि नै विभिन्न निकायमा उजुरी परे पनि तामाङले पैसा फिर्ता गर्ने आश्वासन दिँदै आएका थिए । तर, वर्षाैँसम्म पनि पैसा नपाएपछि सर्वसाधारण प्रहरीमा गएका हुन् ।

एकातिर सिभिल बैंकका संस्थापक इच्छाराजले सहकारीको रकम दुरुपयोग गर्दा केही वर्षयता आर्थिक समस्यामा परेका थिए । ‘सहकारीको नियमविपरीत तामाङलगायतले आफन्तको नाममा ठूलो रकम कर्जा प्रवाह गरेर अनियमितता भएको देखियो,’ सिआइबीका डिआइजी धीरजप्रताप सिंहले भने, ‘कर्जा अधिकृतलगायतलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ ।’

प्रतिक्रिया