News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

श्रीपेच चोरी गर्न खोजेको आरोपमा पक्राउ

काठमाडौँ, ८ असोज । नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँबस्ने खेमबहादुर घर्ती रहेका छन् । उनको मानसिक अवस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो ।

उनले भित्र रहेको सो–केस फुटाएर त्यहाँ रहेको श्रीपेच निकाल्न खोज्दा सुरक्षार्थ रहेका नेपाली सेनाले नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाएका छन् । सङ्ग्रहालयमा राजाले लगाएको श्रीपेच सङ्ग्रह गरेर राखिएको छ ।