
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ, ५ असोज । नेपाल प्रहरीले लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस, चरेस लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर घले, २८ वर्षीय सुनबहादुर गुरुङ, २८ वर्षीय जितबहादुर तामाङ, ३६ वर्षीय कृष्णबहादुर तामाङ, नुवाकोटका ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ र ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।
कतार एयरवेजबाट भदौ २१ गते बिहान दोहा जान लागेका श्यामप्रसाद रोका र वीरबहादुर रोकामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट चार किलोग्राम ३५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरी प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न दिलबहादुर रोका, अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ र कृष्णबहादुर तामाङ समेतलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साथै कतार पठाउन चरेस दिने उर्पा तामाङलाई काठमाडौँ सामाखुशीबाट पक्राउ गरी उनको कोठाबाट २३ थान हेन्डीक्राफ्ट र १६ थान डायरीमा लुकाई विदेश पठाउन तयारी राखेको चरेस तीन किलोग्राम ५७९ ग्राम, चरेसको पाता बनाउनको लागि प्रयोग गरिने औजारलगायतका सामानसमेत बरामद गरी उनीसँग चरेसको कारोबारमा संलग्न वीरबहादुर तामाङलाई भदौ ३० गते नुवाकोट विदुर नगरपालिका–९ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
उर्पा तामाङ र वीरबहादुर तामाङले भारतीय नागरिकको संलग्नतामा भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्कीलगायतका देशमा चरेस निकासी गर्दै आएको र पछिल्लो समय लागुऔषध मेथामफेटामाइनको धन्दासमेत गर्ने तयारी गरिरहेको तथा उर्पा तामाङ विसं २०५४ मा लागुऔषध हेरोइनसहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरी विसं २०७३ मा रिहा भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर