
१पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
२अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
३श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
४भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
७पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
८पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
९आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
६वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१०‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
दाङ, ३ असोज । पुरुषलाई मोहजाल (हनिट्रयाप)मा पारेर अपराधिक तरिकाले रकम असुल गर्ने महिलाको समूहलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पुरुषलाई विभिन्न बहानामा सम्पर्कमा ल्याउने र ट्रयापमा पारेर लाखौं रकम असुल गर्ने दाङका तीन महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
पछिल्लो समय यो कार्य मौलाएको अनुमान भइरहेका बेला प्रहरीसम्म भने कमै मुद्धा जाने गरेको देखिएको छ। आन्तरिक रुपमा मिलाउने अवस्था भइरहेको बेला दाङ प्रहरीमा एक पुरुषले ठगिएको मुद्धा दर्ता गरे पछि यो गिरोह पक्राउ परेको दाङ प्रहरीले बताएको छ।
दाङ प्रहरीले अपराधिक लाभ (एक्सटर्सन) कसुरमा ३ जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो। कानुनी परामर्शको नाममा होटेलमा बोलाइ बियर र चिया खाएकै भरमा जबरजस्ती करणीको आरोप लगाएर महिलाहरुले ती पुरुष समक्ष बार्गेनिङ सुरु गरेको पाइएको छ। ५० लाखबाट बार्गेनिङ गरेर १८ लाखमा कुरा मिलाई अपराधिक रुपमा रकम असुल गरेको पाइएपछि तीन जना महिलालाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिएको दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए।
‘हनि ट्रयापमा पारेर पैसा असुल्ने ३ जना महिलालाई पक्राउ गरी कानुनी दायरमा ल्याएका छौं’, उनले भने। अनुसन्धानले उनीहरुले पैसा असुल गरेको पुष्टि पनि भएको छ। दाङका प्रहरी प्रवक्ता रिजालले पुरुषहरुलाई हनिट्रापमा पारेर रकम असुल गर्ने घोराही उपमहानगरपालीका १५ निवासी ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीय खुमा वली र घोराही ५ निवासी ३२ वर्षीया सुस्मा परियार रहेको बताए।
पक्राउ परेकामध्ये सितादेवी थापा बस्दै आएको कोठाबाट असार ७ गते पीडितलाई धम्की दिइ पीडितबाट लिएको १७ लाखको सिभिल बैंकको चेक एक थान बरामद भएको र नगद १ लाख थापाले व्याजमा लगाइ सकेको भनी प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। प्रहरीले पीडकको साथबाट चेक र तमसुक पनि बरामद गरेको छ।
उनीहरुलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको हुँदा सोही अनुसार अदालतमा मुद्धा दर्ता गरिएको रिजालले बताए। -अन्नपूर्ण पोष्ट
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ