News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार राजनीति

ठगी आरोपमा युवा संघका केन्द्रीय सदस्य पक्राउ

कटुवालसहित ठगीमा संलग्न मोरङ केराबारी घर भएका धीरजकुमार दाहाल भने फरार

काठमाडौं, ३० भदौं । ठगी गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । युवा संघका केन्द्रीय सदस्य कटुवालसहित ठगीमा संलग्न मोरङ केराबारी घर भएका धीरजकुमार दाहाल भने फरार छन् ।

प्रहरीले कटुवाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिएका छन् । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिएर सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् ।

मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्रसाद अधिकारीसँग ६८ लाख ९० हजार बैना लिएका कटुवालले जग्गा र बैना रकम नदिएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । फरक व्यक्तिलाई पास गरेर बैना फिर्ता नगरी सम्पर्कविहीन भएका कटुवाल केही समय अदालतबाट ‘पक्राउ नगर्नु’ भन्ने अन्तरिम आदेश लिएर बसेका फरार भएका थिए ।

उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यो घटना बाहेक अन्य यस्तै ठगीमा युवा संघका केन्द्रीय सदस्य कटवाल समूहको संलग्नता छ कि छैन भन्ने विषयमा पनि प्रहरीले सोधपुछ अगाडि बढाएको छ ।

डनन्यूज ट्रेन्डिङ