News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

खुदीखोलाले बगाउँदा ६० बर्षीय वृद्धको मृत्यु

पोखरा, १८ भदौं । पोखरा वडा नं. ३२ स्थित खुदीखोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । बेगनास तालबाट आएको पानीको खोलाले सोही ठाउँ बस्ने ६० वर्षका रमेश मगरलाई आज गगनगौंडातर्फ जान लाग्दा बगाएको थियो ।

आज विहान ११ बजे खोला तर्दा बगेका मगर ३० मिटर तल रुखमा अड्किएको देखेपछि स्थानीयले उद्धार गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले उद्धार गरी तत्कालै प्रहरीको सहयोगमा शिशुवा अस्पतालमा लगिए पनि करिब डेढघण्टा पछि उपचार कंै क्रममा उनको मृत्यु भएको थियो ।