News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

नवजात शिशुको हत्या गरी फरार प्रेमबहादुर १८ वर्षपछि पक्राउ

तनहुँ । नवजात शिशुको हत्या गरेको आरोपमा जन्मकैंदको फरार तनहँ आँबुखैरेनी गाउँपालिका वडा नं. १ का ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । प्रेमबहादुरलाई तनहुँ जिल्ला अदालतले २०६० साल वैशाख ११ गते कर्तव्य ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाएको थियो ।

जबरजस्ती करणीबाट एक महिलाले गर्भधारण गरेपछि औषधी खुवाएर गर्भपतन गराउन खोज्दा खोज्दै पनि जिउँदै छोरी जन्मिएकी थिईन् । घटना लुकाउन सार्कीले खरबारीमा लगेर ती शिशुको हत्या गरेका थिए । हत्या आरोप पुष्टि भएपछि जिल्ला अदालतको जन्मकैदको आदेशलाई २०६० कार्तिक १८ गते तत्कालिन पुनरावेदन अदालत पोखराले पनि सदर गरेको थियो ।

तत्कालिन अवस्थामा प्रहरीले ती महिलालाई पक्राउ गरी सोधपुछ गर्दा बयानका क्रममा घटनाको रहस्य सार्वजनिक भएको थियो । पक्राउ परेका सार्कीलाई अदालतमा पेश गरिएकोमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।