News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

स्याङ्जाका राजु भनिने ख्याम घर्ती बलात्कार आरोपमा पक्राउ

पोखरा । २६ वर्षे महिलालाई डर, त्रास, धाक र धम्की दिई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज सोमबार पोखरा–१७, विरौटा बस्ने स्याङ्जाका राजु भन्ने ख्यामबहादुर घर्तीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको विज्ञप्तिमा स्याङ्जा जिल्ला अर्जुन चौपारी स्थायी घर भएका राजुले पोखरा वडा नं. ६ खहरेस्थित एक होटलमा लगेर ती महिलालाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरेको उल्लेख छ ।

विरौंटाबाट पक्राउ परेका राजुलाई जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय वार्गेनिङ गर्दा कुरा नमिलेपछि जबरजस्ती करणीको आरोपमा फसाउने क्रम पनि बढेको छ । प्रहरीले झुटो आरोप लगाउँदै आफैंले होटलसम्म बोलाएर भिडियो खिचेर वार्गेनिङ गर्ने र रकम नदिनेलाई बलात्कारको आरोपमा फसाउने ‘हनि ट्रयाप’मा संलग्न केही महिलालाई उल्टै पक्राउ गरी कारवाही समेत गरिसकेको छ । यस घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।