
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौं । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेकी छिन् ।
सुरभीले बीबीसीसँगको कुराकानीमा भनेकी छिन्, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेसन जारी छ । यस विषयमा अहिले हामी यति मात्र बताउन सक्छौं ।’
दैनिक भास्करका नेशनल इडिटर लक्ष्मीप्रसाद पन्तले भने, ‘जयपुर कार्यालयमा केही प्रहरीको टोली पुगेको छ । उनीहरुले के अनुसन्धान गरिरहेका छन् भन्ने हामीलाई थाहा छैन । म कार्यालय जाँदैछु ।’
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार पत्रिकाका प्रमोटर्सहरुको घर तथा कार्यालयमा छुट्टाछुटै टोलीले छापा मारेको हो । मध्यप्रदेशको भारतीय कांग्रेस पार्टीका नेता दिग्विजय सिंहले सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै आधा दर्जनभन्दा धेरै स्थानमा छापा मारिएको बताएका छन् ।
दैनिक भास्कर भारतको चर्चित हिन्दी पत्रिका हो । दैनिक भास्करले कोरोना महामारीको क्रममा धेरै खोजमूलक समाचार प्रकाशित गरेको छ । जसमा सरकारले कोरोना नियन्त्रणको लागि चालेको कदमबारे प्रश्न उठाइएको थियो ।
भारत सरकारले अक्सिजन अभावको कारण मृत्यु हुनेको संख्या शून्य बताइरहेको समयमा उसले गत अप्रिलमा मध्यप्रदेशमा मात्र अक्सिजन अभावको कारण ६० जनाको मृत्यु भएको समाचार सार्वजनिक गरेको थियो ।
त्यस्तै कोरोनाको दोस्रो लहर आउनुमा पनि सरकारले चरम लापरबाही गरेको खोजमूलक समाचारहरु दैनिक भास्करले श्रृङ्खलाबद्धरुपमा प्रकाशित गरेको थियो । त्यस्तै उसले गंगा नदी किनारमा भेटिएका शवहरूका विषयमा खोजमुलक रिपोर्ट प्रकाशित गरेको थियो । केन्द्र सरकारले फैलाएको गलत समाचार वा लुकाएको तथ्यांकको पनि फ्याक्ट चेक दिँदै आएको थियो ।
भारतका विपक्षी दलहरुले सरकारले दैनिक भास्करमाथि उसको कमजोरी उजागर गरेको प्रतिरोध साँध्न छापा मारेको बताएका छन् । मध्यप्रदेशका पूर्व मुख्यमन्त्री कमल नाथले मोदी सरकार राज्यको चौथो अंगलाई दबाउने र सत्यलाई लुकाउने प्रयासमा लागेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत् उनले पेगाससको निशानामा धेरै मिडिया र त्यसमा काम गर्ने मानिसहरु रहेकोमा अब सरकारले पनि निरन्तर आफ्नो पोल खोलिरहेको बताएका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक भास्करको कार्यालयमा छापा मार्नु मिडियालाई डर देखाउने प्रयास भएको बताएका छन् । सरकारविरुद्ध बोल्नेलाई नछाड्ने नीतिमा अहिले सरकार रहेको केजरीवालको बुझाइ छ ।
यसअघि गत फेब्रुअरीमा भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेटले न्युजक्लिक डट इनसँग जोडिएका पत्रकारहरु र अधिकारीहरुको घरमा छापा मारेको थियो ।
–अनलाईन खबर (एजेन्सीहरुको सहयोगमा)
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !