News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

म्याग्दीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

'हिजो राती आठ बजेर २० मिनेट जाँदा ग१ज ७६५२ नम्बरको बोलेरो जीप दुर्घटनाग्रस्त'

म्याग्दी । म्याग्दीमा भएको जीप दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । मंगला गाउँपालिका वडा नं. २ सिमलचौर मिठौंला भन्ने स्थानमा हिजो राती आठ बजेर २० मिनेट जाँदा ग१ज ७६५२ नम्बरको बोलेरो जीप दुर्घटनाग्रस्त भएको थियो ।

उकालो बाटोबाट अन्दाजी दुई/तीनसय मिटर तल जीप खस्न पुग्दा त्यहाँ भएका ८ जना मध्ये घटनास्थलमा नै दुईजनाको मृत्यु भएको थियो । यसरी दुर्घटनामा परेर मृत्यु हुनेमा बेनी नगरपालिका वडा नं. ५ पुलाचौर बस्ने वर्ष २० की सबिना भण्डारी, मंगला गाँउपालिका वडा नं. १ बस्ने वर्ष १३ को विमल विक रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार घाईते ६ जनाको उपचार भईरहेको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।