News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

एम्बुलेन्स चालक लालबहादुर कुटिए

'कुटपिटबाट घाईते चालक खत्रीको टाउकोमा गम्भीर चोट लागेको छ'

गुल्मी । एम्बुलेन्स चालकमाथि गुल्मीमा कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न व्यक्तिको खोजी भएको र घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

कुटपिटबाट घाईते चालक खत्रीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको गुल्मी अस्पतालमा सामान्य उपचार गरिए पछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा भर्ना गरिएको छ ।

एम्बुलेन्स चालक खत्रीलाई रेसुंगा नगरपालिका वडा नं. १ धागिथुममा अन्दाजी ३० वर्षीय सागर बोहोराले कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवम् डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया