News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज डन न्यूज खोज प्रमुख समाचार

नुभिव हत्या-काण्ड अझै रहस्यमय !

'प्रहरी अनुसन्धान फितलो, घटनामा संलग्न अन्यलाई किन पक्राउ गरिएन ?'

न्यायको पर्खाईमा : नयाँ वर्षमा पोखरा घुम्न आएका नुभिव उप्रेती जसको वैशाख ३ गते राती हत्या भयो । यस घटनामा प्रहरी अनुसन्धान शुरुबाट नै फितलो हुँदा उनले न्याय पूर्ण रुपमा पाउँदैनन् कि भन्ने आशंका उब्जिएको छ ।

नुभिवको हत्यासँग धेरै प्रश्नहरु रहस्यमय छन् । नुभिवको हत्यालाई शुरुमा नै आत्महत्या भनेर प्रहरीले अनुसन्धान नै नगरी केस बन्द गराउन खोज्नु नै सबैभन्दा गम्भिर र शंकास्पद विषय नै यहीँ हो । जब कि त्यही बैदाम प्रहरीसँग हत्या हुनुभन्दा केही समय अगाडि नुभिव हारगुहार गर्दै  सुरक्षा मागिरहेका थिए । जुन दृश्य ट्रेजर लाउञ्ज अगाडि प्राप्त सिसिक्यामेराका फुटेजहरुमा प्रष्ट रुपमा देख्न सकिन्छ । उति बेला नै ती कुटपिट गर्ने युवाहरुलाई पक्राउ गरी सोधपुछ गर्नुको साटो प्रहरीले घटनाप्रति कुनै संवदेनशिलता नै देखाएन । जसले गर्दा पटक–पटक प्रहरीसँग गुहार मागिरहेको एक किशोरको त्यहीँ रातमा हत्या भयो ।

“वैशाख ४ गते नै मृतककी आमा भगवती उप्रेतीले ट्रेजर लाउञ्जको अरु फुटेजहरु सुरक्षित राखिदिनु भनेर वैदाम प्रहरीलाई भन्दा किन फुटेज संकलन गरिएन र किन डिलेट गरियो ? हत्या भईसकेपछि र अघिल्लो दिनको झैझगडा थाहा पाएको प्रहरीले आवश्यक प्रमाणहरु सुरक्षित गर्नुपर्छ कि पर्दैन ? हत्यामा संलग्न एक नाबालकले ट्रेजर लाउञ्जका बाउन्सरसँग झैझगडा भएको भन्दै अदालतमा बयान दिएका छन् । ती बाउन्सरलाई प्रहरीले पक्राउ गर्नुपर्छ कि पर्दैन ? यो विषयमा प्रहरी किन मौन छ ?

पोखरा । ललितपुर महानगरपालिका वडा नं. १५, खुमलटारका नुभिव उप्रेतीको हत्या–काण्ड झन् झन् रहस्यमय बन्दैछ । प्रहरीले ३ जना हत्या आरोपी पत्ता लगाए पनि अनुसन्धानका धेरै पाटाहरु रहस्यमय बन्दै गईरहेका छन् । के हत्यामा ३ जनामात्र संलग्न थिए त ? यो प्रश्न गम्भिर रुपमा उठिरहेको छ । हत्यामा संलग्न एक नाबालकले ट्रेजर लाउञ्जका बाउन्सरसँग झैझगडा भएको भन्दै अदालतमा बयान दिएका छन् । यो विषयमा प्रहरी किन मौन छ ?  खोई ट्रेजर लाउञ्ज भित्रको सिसिक्यामेरा फुटेज अनि नुभिवको मोवाइल सेट ?

किनभने प्रहरीले शुरुमा नै नुभिवको हत्यालाई आत्महत्यामा परिणत गर्न खोजेको थियो । हत्या भएको शवको कुनै पनि निरिक्षण र परीक्षण नगरिकन वैदाम प्रहरीले आत्महत्या नै हो भनेर दुईपटक जाहेरी दिन जाँदा लिन समेत मानेन । तर बैदाम प्रहरीले आत्महत्या भनेको घटना अन्ततः हत्या नै भएको पुष्टि भयो र प्रहरीले नै हत्यारा खोज्न बाध्य हुनुपर्यो । बैदाम प्रहरीले मुद्दा दर्ता नै नगरेपछि हारगुहार गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा मृतकका आफन्त पुग्दा यता धेरै प्रमाणहरु नष्ट भईसकेका थिए । जुन प्रमाणहरु आजसम्म पनि प्रहरीले जुटाउन सकिरहेको छैन ।

जब कि अघिल्लो दिन ट्रेजर लाउञ्ज बाहिर र भित्र केटाहरुले कुटपिट गरेपछि नुभिवले प्रहरीसँग गुहार मागिरहेका थिए ? किन प्रहरीले ट्रेजर लाउञ्जको फुटेज सार्वजनिक गर्न सक्दैन ? कसरी नुभिवको शव भेटिने बित्तिकै बैदाम प्रहरीका इन्सपेक्टर बुद्धिसागर पुरीले मृतककी आमालाई फोन गरे ? कसले दियो इन्सपेक्टर पुरीलाई नुभिवको आमाको नम्बर ? खोई नुभिवको मोवाईल ? यस्ता धेरै प्रश्नहरुले यो हत्यामा अन्य दोषीहरुलाई जोगाउन वैदाम प्रहरीले नै प्रमाणहरु नष्ट गरेको वा गर्न सहयोग पु¥याएको त होइन भन्ने आशंकाहरु उब्जिएका छन् ।

यस घटनामा पक्राउ परेका ३ जना बाहेक अन्य व्यक्तिको पनि संलग्नता छ भन्ने प्रष्ट देखिन्छ । यस घटनामा सुधारगृहमा पुगेका आशिष राईले ट्रेजर लाउञ्जमा ब्राउन्सरसँग नुभिवको झगडा भएको बयान दिईसकेका छन् । तर प्रहरीले ट्रेजर लाउञ्चको सिसिटिभी फुटेज सार्वजनिक गर्न चाहेकै छैन । यसले गर्दा पनि धेरै आशंकाहरु उब्जिएका छन् । वैशाख ३ गते नयाँ वर्ष मनाउन पोखरा आएका ललितपुर महानगरपालिका वडा नं. १५, खुमलटारका १८ वर्षीय नुभिवको हत्या भएको थियो । उनको शव वैशाख ४ गते फेवाताल किनारमा भेटिएका थियो । पोष्टमार्टम रिपोर्ट अनुसार मृतक नुभिवको फेवातालमा डुबेर वा आत्महत्या नभई हत्या नै गरिएको पुष्टि भएको छ ।

नुभिवको हत्या अभियोगमा प्रहरीले स्याङ्जा फेदीखोला वडा नं. २ घर भई पोखरा महानगरपालिका वडा नं. ७, घारीपाटन बस्दै आएका १९ वर्षीय विगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी वडा नं. ६ घर भई सोही स्थानमा बस्दै आएका १९ वर्षीय वासुदेव गुरुङलाई जेल चलान गरेको छ । खोटाङ ऐंसेलुखर्क गाउँपालिका वडा नं. २ घर भई पोखरा महानगरपालिका वडा नं. ७, घारीपाटन बस्दै आएका १८ वर्षीय आशिष राईलाई भने पोखराको सराङकोटस्थित बाल सुधारगृहमा पठाईएको छ । जिल्ला अदालतका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बिहीबार कोरोना महामारी भएकोले भर्चुअल बयानमार्फत जिल्ला अदालत कास्कीले सो आदेश दिएको हो ।

शुरुमा वडा प्रहरी कार्यालय बैदामले हत्या नभई आत्महत्या भएको भन्दै यो घटनामा दुई दुईपटकसम्म जाहेरी लिन मानेन । तर मृतकका आफन्तले हारगुहार गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्ने क्रममा ३ जना युवाहरु पक्राउ परेका थिए । वैदाम प्रहरीको यस घटनामा भूमिका शंकास्पद देखिएको छ । हत्यालाई आत्महत्या सावित गर्न खोज्ने प्रहरी कैं गतिविधि र नाईट क्बल ट्रेजर लाउञ्जको सिसिक्यामेरा फुटेज नै नष्ट गर्नुले हत्यामा संलग्न अन्य व्यक्तिहरुको पहिचान हुन सकिरहेको छैन ।

अदालतमा दायर मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता रुद्रप्रसाद सुवेदी, सहन्यायाधिवक्ता मदन शर्मा, जाहेरवालातर्फबाट अधिवक्ता इन्द्रप्रसाद शर्मा, भीमप्रसाद धिमाल, वसन्त जोशी, शालिकराम सापकोटाले बहस पैरवी गरेका छन् । प्रतिवादी तीनै जनाको तर्फबाट हरिप्रसाद सुवेदीले बहस गरेका छन् ।

वैशाख ४ गते नुभिवको शव सनाखत गर्न पोखरा आएका आफन्तले पोखरा–६ लेकसाईडमा रहेको ट्रेजर लाउञ्जको सिसिक्यामेरा फुटेज सुरक्षित गर्न सोही दिन बैदाम प्रहरीलाई अनुरोध गरेका थिए । तर वैदाम प्रहरी कैं लापरवाहीका कारण नाईट क्लब ट्रेजर लाउञ्जको फुटेज गायव पारिएको छ । यस घटनामा प्रहरीले राजनीतिक दवाव र प्रभावका कारण ट्रेजर लाउञ्जका सञ्चालक शिवजी गुरुङ उर्फ महेन्द्रे भोटेलाई पक्राउ गर्न सकिरहेको छैन ।

सुरुमा प्रहरीले नै ट्रेजर लाउञ्जमा नुभिव नगएको बताई रहँदा त्यहाँ बसेर खाएको पैसा ईसेवाबाट त्यस नाईट क्लबमा तिरेको बैकिङ रेकर्डबाट खुलेको थियो । प्रचलित कानुन अनुसार १८ वर्ष भन्दा कम उमेरका किशोरलाई यस्ता नाईट क्लबमा प्रवेश गराउन पाईदैन । तर नुभिवको हत्यामा संलग्न तीनजना मध्ये एकजना नाबालक हत्यासम्ममा संलग्न छन् । के यस घटनामा ट्रेजर लाउञ्जका सञ्चालकलाई प्रहरीले कारवाही गर्न पर्दैन र ?

नुभिव हत्याकाण्डमा धेरै प्रश्नहरु रहस्यमय छन् :
नुभिवको हत्यालाई शुरुमा नै आत्महत्या भनेर प्रहरीले अनुसन्धान नै नगरी केस बन्द गराउन खोज्नु नै सबैभन्दा गम्भिर र शंकास्पद विषय नै यहीँ हो । जब कि त्यही बैदाम प्रहरीसँग हत्या हुनुभन्दा केही समय अगाडि नुभिव हारगुहार गर्दै  सुरक्षा मागिरहेका थिए । जुन दृश्य ट्रेजर लाउञ्ज अगाडि प्राप्त सिसिक्यामेराका फुटेजहरुमा प्रष्ट रुपमा देख्न सकिन्छ । उति बेला नै ती कुटपिट गर्ने युवाहरुलाई पक्राउ गरी सोधपुछ गर्नुको साटो प्रहरीले घटनाप्रति कुनै संवदेनशिलता नै देखाएन । जसले गर्दा पटक–पटक प्रहरीसँग गुहार मागिरहेको एक किशोरको त्यहीँ रातमा हत्या भयो । उति बेला नै ती युवाहरुलाई पक्राउ गरी सोधपुछ गर्नुको साटो प्रहरीले घटनाप्रति कुनै संवदेनशिलता नै देखाएन ।

पर्यटकीय क्षेत्रमा आन्तरिक वा वाह्य पर्यटकहरुको सुरक्षा दिने काम प्रहरीको हो कि होइन ? पर्यटकहरुमाथि यदि कसैले भौतिक आक्रमण गर्छ भने त्यसलाई कारवाही गर्नु र पाहुनालाई जोगाउनु प्रहरीको कर्तव्य हो कि होइन ? हत्या भएको शव भेटिए लगत्तै ७ बजे नै वैदाम प्रहरी इन्सपेक्टर बुद्धिसागर पुरीलाई नुभिवकी आमाको मोवाईल नम्बर कसले दियो ? त्यो नम्बर दिने व्यक्ति को हो ? अनि हत्या गरिएका नुभिवको मोवाईल खोई कहाँ छ ? जब कि हत्या भए पछि त्यही मोवाईलबाट नुभिवका साथीलाई फोन गरिएको छ । कसले गर्यो फोन ? यसको खोजी सुक्ष्म रुपले प्रहरीले गर्नुपर्छ कि पर्दैन ?

किन प्रहरी नुभिवको हत्यासँग लागूऔषध जोडेर मुद्दालाई फितलो बनाउन खोज्दैछ ? जब कि भिसेरा रिपोर्टमा कुनै पनि लागूपदार्थ सेवन नगरेको देखाएको छ । एकातिर सन्तान गुमाउनुको पिडा अर्कोतिर प्रहरीले लगाएका झुट्टा आरोपहरुले परिवारमा झन् पिडा थप्ने काम भईरहेको छ ।

वैशाख ४ गते नै मृतककी आमा भगवती उप्रेतीले ट्रेजर लाउञ्जको अरु फुटेजहरु सुरक्षित राखिदिनु भनेर वैदाम प्रहरीलाई भन्दा किन फुटेज संकलन गरिएन र किन डिलेट गरियो ? हत्या भईसकेपछि र अघिल्लो दिनको झैझगडा थाहा पाएको प्रहरीले आवश्यक प्रमाणहरु सुरक्षित गर्नुपर्छ कि पर्दैन ? अनि १८ वर्ष भन्दा कम उमेरका युवाहरुलाई ट्रेजर लाउञ्ज भित्र मदिरा लगायतका अन्य लागूऔषध सेवन गर्न कसले छुट दियो ? यो विषयमा प्रहरी सजग हुनुपर्छ कि पर्दैन ?

यस घटनाका सबै पाटाहरुलाई एक-एक गरी सुक्ष्म रुपमा अनुसन्धान नगरेसम्म फेरि अर्को नुभिवको हत्या नहोला भन्न सकिन्न ? ‘बुढि मरी भन्दा पनि काल पल्क्यो’ भन्ने चिन्ता सबैभन्दा बढि आमपोखरेलीहरुलाई छ । यस घटनाले आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि पोखरा  कति असुरक्षित छ भन्ने मात्र सन्देश प्रवाह भएको छैन कि हत्या हुँदासम्म यहाँको प्रहरी प्रशासन अनुसन्धान गर्न कति निकम्मा र कमजोर छ भन्ने सन्देश पनि प्रवाह भईरहेको छ । कास्की प्रहरीले आफ्नो गुमेको साख फिर्ता ल्याउन पनि नुभिव हत्याकाण्डमा संलग्न सबै अपराधीहरुलाई कारवाहीको दायरामा ल्याउन र योसँग जोडिएका सबै पाटाहरुलाई छर्लङ्ग पार्न जरुरी छ ।

प्रतिक्रिया