
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएपछि गाउँ नैं शोंकमा डुबेको छ । पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको सोमबार राति चट्याङ लागेर मृत्यु भएपछि अस्पतालमा पोष्टमार्टमका लागि ल्याउँदै गर्दा जिप दुर्घटनामा परेर थप ६ जनाको ज्यान गएको हो ।
बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय खेमसिंह भण्डारीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ । जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
घाइते मध्ये तीनजनाको अवस्था अझै गम्भीर रहेको छ । ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा भएको हो । मृतक वडा सदस्यको शवसहित ११ जना सवार रहेको जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ज १८३ नंको जिप मङ्गलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार साँघुरो घुम्तीमा मोड्न नमिलेपछि ब्याक गर्दा जिप सडकबाट खस्दा दुर्घटना हुन पुगेको थियो ।
यसअघि पञ्चेश्वर–६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिपचालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका
घर नजिकै काम गर्दै थिए वडासदस्य गोविन्द
बैतडी । यतिबेला बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं. ६ शोकमा डुबेको छ । वैशाख २० गते राती साढे ८ बजे परेको चट्याङका कारण गोविन्द सिंह भण्डारीले ज्यान गुमाएपछि शुरु हुन पुग्यो शोकको श्रृंखला ।

चट्याङ लागेर मृत्यु भएका बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं. ६ का वडासदस्य गोविन्दसिंह भण्डारी ।
घर नजिकैको अन्न पिध्ने मिलमा राती काम गरिरहेका वडा सदस्य भण्डारीमाथि चट्याङ परेपछि उनले घटनास्थलमा नै ज्यान गुमाउन पुगेका थिए । भण्डारीको मृत्यु भएपछि उनका आफन्तहरु मिलेर उनलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउँदै थिए । सोही क्रममा जिप दुर्घटना हुन पुग्यो र, थप मानवीय क्षति भयो । जसले गर्दा यतिबेला सिंगो गाउँ नै शोकमा डुबेको छ ।
जिप दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका थिए भने उपचारका क्रममा थप एकको मृत्यु हुन पुग्यो । अझै पनि तीनजनाको अवस्था गम्भिर छ । जिप दुर्घटना हुँदा यसमा सवार पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवल बस्ने ३० वर्षीय डम्मर सिंह भण्डारी, ५० वर्षीय जित सिंह भण्डारी, ४० वर्षीय दिपक सिंह भण्डारी, २७ वर्षीय हिक्मत सिंह भण्डारी र दशरथचन्द नगरपालिका–४ बस्ने जिप चालक ४५ वर्षीय तेज बहादुर बोहराको मृत्यु हुन पुगेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेहरु मध्ये हामीलाई प्राप्त भएका तस्विरहरु यहाँ राखेका छौं ।-सम्पादक