
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
वडाध्यक्ष : तपाईले हामीलाई आदेश दिने हो ?
प्रहरी : मैले आदेश दिने होइन ……
वडाध्यक्ष : तँ मुँ….. को होस् ? भन्न त मुँ……. ? को होस् ? तँ …….. मुँ…… को जागिर सागिर …… मुँ …… भन्न त ? तँ मुँ… को होस् भन्न त ? मुँ….. ? के ख्याँस्छस् जाँ…. त ……
प्रहरी : त्यसरी मुख नछाड्नुस्, भन्न पर्ने ठाउँमा म पनि भन्छु ।
वडाध्यक्ष: तँ मुँ… खुपी छ जाँ…. त…… तँ को होस् भन् त मुँ…., को होस् ?
प्रहरी: त्यहाँका मानिससँग बुझ्नु के भनेको छुँ मैले ?
वडाध्यक्ष: गाउँपालिकाले काम गर्न लागेको छ । तँ मुँ….ले सिकाउने ……
पोखरा । माथिको संवाद जनप्रतिनिधि र प्रहरी बीचकोे हो । कास्कीको मादी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सत्यराज सापकोटाले ईकाला प्रहरी कार्यालय मादीका प्रहरी प्रमुख असई टिकाराम न्यौपानेलाई मोवाईलमा फोन गरेर थर्काउँदै प्रयोग गरेको भाषा हो । आज पाँच दिन बितिसक्यो यो घटना भएको पनि ।
न त जिल्ला प्रहरी कार्यालय कास्कीले जनप्रतिनिधिलाई कारवाही गर्न सक्यो, न त ड्युटीमा भएका प्रहरीको साख नै जोगाउन सक्यो । उल्टै ती धम्की खाने प्रहरीको आत्मबल नैं कमजोर बनाउने गरी उनलाई त्यस ठाउँबाट नै हटाईयो । कारण, धम्की दिने जनप्रतिनिधि विपक्षी दलको नभई सत्तारुढ दलका भएका कारण कास्की प्रहरी प्रमुखले उनलाई पक्राउ गर्ने आँटसम्म पनि गर्न सकेनन् ।
घटनाको शुरुवात, मापदण्ड विपरित खोलाको पुलमुनी ढुङ्गा झिकिरहेको देखेपछि रोक्न पुगेका प्रहरी नै जनप्रतिनिधिको तारो बन्न पुगे । उल्टै ढुङ्गागिटी किन झिक्नलाई रोकिस् भन्दै तल्लोस्तरको खाली खाएका प्रहरीले त्यस घटनाका कारण ठाउँ नै छोड्न प¥र्यो ।
मादी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सत्यराज सापकोटाले फोन गरेर असई न्यौपानेलाई मनपरी गाली गरेका थिए । १२ गतेको यो घटना आज पाँचदिन हुँदा मनपरी गाली गलौंज गर्ने अध्यक्ष सापकोटालाई प्रहरीले पक्राउ गर्नुको साटो राजनीतिक दवावमा परी उल्टै असईलाई त्यहाँबाट हटाईएको छ ।
सत्तासिन दलका जनप्रतिनिधि भएका कारण गल्ती नहुँदा नहुँदै पनि असई न्यौपानेलाई हटाईएकोमा स्थानीयवासीहरुले गुनासो गरेका छन् । ‘मनपरी मुख छाडेर बोल्ने जनप्रतिनिधिलाइ र्नैं पक्राउ गर्न हिम्मत नभएपछि आदेशको पालना गर्ने सानो पदका कर्मचारीलाई नै दोषी बनाउने काम गरियो?’, मादी गाउँपालिकाका एक स्थानीयले भने–‘दलको दवावका कारण सुन्न नसक्ने गरी बर्दीमा रहेको प्रहरीलाई गाली गलौंज र मनपरी गर्दा पनि माथिल्लो निकायले त्यस्ता जनप्रतिनिधिलाई केही गर्न नसक्दो रहेछ ।’
यस विषयमा जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले यो विषयमा जानकारी भएको बताए । कसैले पनि ड्यूटीमा भएको प्रहरीलाई थर्काउने र काममा बाधा पु¥याउन पाईदैन, तर भाको के हो कुरा बुझ्न त पाउनु प¥र्यो ।’
जनप्रतिनिधिले थर्काउने प्रहरीले असई न्यौपानेलाई डाँडाको नाक प्रहरी चौंकीमा तान्नुले प्रहरीको मनोबल गिर्दैन भन्ने प्रश्नमा एसपी श्रेष्ठले सरुवा बढुवा नियमित प्रक्रिया भएकोले त्यस्तो नहुने बताए । ‘हाम्रो कर्मचारीलाई किन त्यस्तो गरियो भन्ने कुराहरु हामी सोधपुछ गर्दैछौं र बुझ्दैछौं’, एसपी श्रेष्ठले भने–‘ यस विषयमा हामी संस्थागत पनि कुरा गछौं र सम्बन्धित व्यक्तिसँग पनि किन यस्तो भयो भने खोजबिन गछौं ।’
यस विषयमा प्रश्न गर्दा मादी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सत्यराज सापकोटाले आवेशमा आउन हुँदैनथ्यो जनप्रतिनिधिका नाताले पनि, परिस्थिति नै त्यस्तै बन्यो र मैले बोल्न पुगे भनेर स्वीकार गरेका छन् । उनले कुनै पनि गलत नियत र पूर्वाग्राही ढंगले गाली गलौंज नगरेको तर परिस्थिति नै त्यस्तै बनेपछि आफू पनि सम्हालिन नसकेको डन न्यूजलाई बताए ।
(जनप्रतिनिधि र प्रहरी बीच भएको वार्तालाप हामीसँग सुरक्षित छ ।)
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो