News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

नक्कली पीसीआर रिपोर्ट बनाई दिने गिरोह पक्राउ

'प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिई एक–दुई घण्टामै नक्कली रिपोर्ट बनाईदिने धन्दा'

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिले अत्याधिक रकम लिई स्वाबको नमुना समेत नलिईकन पिसिआर रिपोर्ट दिने गरेको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिकाका सञ्चालक र कर्मचारी गरी ८ जनालाई पक्राउ गरेको हो ।

सुरिया हेल्थकेयरका सञ्चालक डा.सि.पी श्रीकुमार र मेरिट मल्टी केयरका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र रायमाझीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्यधिक रकम लिई स्वाबको नमुना समेत नलिई दिने गरेको भेटिएको प्रहरीले जनाएको छ ।

यो गिरोहले स्वाबको नमुनासमेत नलिई एक–दुई घण्टामै नक्कली रिपोर्ट बेच्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले त्यस ठाउँमा निगरानी बढाएको थियो । प्रारम्भिक अनुसन्धानबाट मेरिट मल्टी केयर मेडिकल सेन्टरका ऐजेन्टहरुले सेवाग्राहीसँग पीसीआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिई सुरिया हेल्थकेयरसँगको मिलेमतोमा विना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाइदिने गरेको प्रहरीले भेटेको थियो ।

डनन्यूज ट्रेन्डिङ