News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

सिरहामा गोली हानेर सुनचाँदी व्यवसायीको हत्या

आक्रमणबाट प्रदीपकुमारकी श्रीमती ३५ वर्षीय अनिता घाइते

जनकपुरधाम । लुटेराको समूहले गोली प्रहार गरी सुनचाँदी व्यवसायीको हत्या गरेको छ । लाहान नगरपालिका वडा नं. २३ गड्डाचोेक डेरा गरी बस्ने सुनचाँदी व्यवसायी अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको धारिलो हतियार र गोली प्रहारबाट राती मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी सुदीपराज भण्डारीका अनुसार लुटेराको समूहले राति साढे १२ बजे सुतिरहेका बेलामा विक दम्पतीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट प्रदीपकुमारकी श्रीमती ३५ वर्षीय अनिता पनि घाइते भएकी छिन् । उनको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा लहान नगरपालिका वडा नं. ७ का नारायण चौधरीलाई पक्राउ गरेको छ । उक्त लुटेरा समूहको प्रतिकारका क्रममा व्यवसायी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली हानी हत्या गरिएका व्यवसायीको वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदीको पसल थियो । श्रीमतीसँग त्यहीँ बसेका बेला लुटेरा समूहले गोली चलाएको हो ।

डनन्यूज ट्रेन्डिङ