News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

शिशु हत्या आरोपमा आमा नै पक्राउ

'२२ वर्षकी गीतालाई आफ्नै नवजात शिशुको हत्या अभियोग'

पोखरा । एक आमालाई आफ्नै ४२ दिनको नवजात शिशुलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बागलुङ ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ नौडाँडा बस्ने २२ वर्षकी गीता कुँवर सुनारलाई आफ्नै नवजात शिशुको हत्या अभियोगमा प्रहरीले बिहीबार विहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गीतालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान सम्बन्धित कसुर अन्तरगत थप अनुसन्धानको लागि प्रक्रिया अगाडि बढाएको प्रवक्ता एवम् डीएसपी सुवास हमालले जानकारी दिए ।

डनन्यूज ट्रेन्डिङ