News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बागलुङमा युवाहरु बिच झडप हुँदा दुईजनाको मृत्यु

'झडपमा परी निसीखोला वडा नं. ७ का अन्दाजी ३७ वर्षीय प्रकाश र २९ वर्षीय दीपकको मृत्यु भएको थियो'

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० स्थित बल्देधूरीमा युवाहरु बिच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बनभोज खान गएका दुई गाउँका युवाहरु बिच विवाद चर्किदा भएको झडपमा परी दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इकवाल हवारीले जानकारी दिए ।

झडपमा परी निसीखोला वडा नं. ७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो । प्रहरीले यी दुईजनाको शव गोरेटोभन्दा पाँचसय मिटर तल भेटेर बुर्तिबाङ ल्याइएको डीएसपी हवारीले बताए । झडप लगत्तै तितरवितर भएका युवाहरु सबैजना यतिबेला परिवारको सम्पर्कमा आईपुगेको पनि प्रहरीले जानकारी दिएको छ ।

डनन्यूज ट्रेन्डिङ