
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
काठमाडौं । अवैध रुपमा विदेश पठाउने भन्दै लाखौं रुपैयाँ असुल्ने दुई कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभाग काठमाडौंले छापा मारेको छ । विभागमा उजुरी परेपछि ग्लोबल इन्फो एजुकेसनल भिसा सर्भिस प्रा.लि. बानेश्वर र नेक्ट हव फर्दरिङ एजुकेसनल कन्सल्टेन्सी डिल्लीबजारमा छापा मारिएको विभागका अनुसन्धान अधिकृत मातृका सापकोटाले जानकारी दिए ।
वैदेशिक रोजगारीमा पठाउनको लागि स्वीकृति नलिएका यी दुई कन्सल्टेन्सीले अवैध रुपमा पैसा उठाउने काम गरेको उजुरी विभागमा परेको थियो । अनुसन्धान अधिकृत सापकोटाका अनुसार युरोपलगायतका विभिन्न देशमा पठाउने भनी पैसा उठाईएको उजुरीका आधारमा छापा मारेका हौं । यी दुई कन्सल्टेन्सी एजुकेसनल कन्सल्टेन्सीमात्र हुन् । यिनीहरुले वैदेशिक रोजगारीमा पठाउनका लागि स्वीकृति समेत लिएका छैनन् । यी अवैध हुन् ।
छापा मार्न आउने सुइँको पाएपछि सञ्चालक नै कार्यालय बन्द गरेर भागेपछि ग्लोबल इन्फो एजुकेसनलमा विभागले सिल गरिदिएको छ । उक्त कन्सल्टेन्सीले युरोप लगायत १०० भन्दा बढी देशमा पठाउने भन्दै लाखौं रुपैयाँ उठाउँदै आईरहेको छ ।
त्यसैगरी, विभागको टोलीले नेक्ट हव फर्दरिङमा विदेश पठाउने भन्दै रकम बुझेको भेटेको थियो । उक्त कन्सल्टेन्सीले लिथुवानिया पठाउने भन्दै ७० हजार रुपैयाँ अग्रिम बुझेको प्रमाण विभागले भेटेको हो । विभागले विभिन्न कन्सल्टेन्सीबाट तीनथान पासपोर्ट, एकथान कम्प्युटरको सीपीयु र केही कागजात बरामद गरेको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण